नेपाल टेलिकमको मोवाइल सेवा: ‘ताप्लेजुङदेखि मुस्ताङसम्म पुग्यो टेलिकमको नेटवर्क’
काठमाडौँ । नेपाल टेलिकमले रसुवा, ताप्लेजुङ, डोल्पा र मुस्ताङका विभिन्न दूर्गम र विकट भेगहरुमा मोवाइल सेवा बिस्तार गरेको छ । हालसम्म मोबाइल तथा टेलिफोन जस्ता सञ्चार सेवाबाट वञ्चित भौगोलिक रुपले अति विकट यी स्थानहरुमा हालै कम्पनीले सञ्चार सेवा पु¥याउन सफल भएको जनाएको छ । कम्पनीले ४ हजार २९० मिटर उचाईमा अवस्थित रसुवाको पाङसाङ डाँडामा बीटीएस राखेर सेवा प्रदान गरेको छ । यसबाट लाङटाङ ट्रेकिङ रुट, गोसाइकुन्ड ट्रेकिङ रुटको केही भाग, ठूलो स्याफ्रु, भिम्सा, सिंगवा, नागथली, ग्यात्लाङ, शेर्पा गाउँ, लामा होटल, घोडा तबेला, मुन्टु, सिङडुङ, खाङजिम आदि स्थानमा मोवाइल सेवा उपलब्ध हुनेछ । सो क्षेत्रका ५ सय घरधुरीका करिब २ हजार जनसंख्यालाई सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ । रसुवाकै ३ हजार २४२ मिटर उचाईमा अवस्थित लाङटाङ पदमार्गमा पनि अर्को बीटीएस टावर स्थापना गरिएको छ । यसबाट लाङटाङ उपत्यकाका २ सय घरधुरीका करिब ७ सय जनसंख्याले सञ्चार सेवा उपभोग गर्न पाउने छन् । यता, ताप्लेजुङको विकट स्थान घुन्सामा पनि सेवा उपलब्ध गराइएको छ । ३ हजार ८२५ मिटर उचाईमा अवस्थित टावरमार्फत घुन्सा, थामे, ज्याल्पा र कन्चनजंघा बेसक्याम्प आदि स्थानमा सेवा उपलब्ध हुनेछ । यसबाट ८० घरधुरीका करिब ३ सय जनसंख्या लाभान्वित हुने नेपाल टेलिकमले जनाएको छ । यसैगरी डोल्पाको मुकोट र शे फोक्सुन्डोमा पनि हालै बीटीएस सञ्चालनमा आएका छन् । ३ हजार ३१६ मिटर उचाईको मुकोटमा अवस्थित टावरमार्फत छार्का तान्सुङ गाउँपालिकाका दुई वडा र काइके गाउँपालिकाका दुई वडा तान्छिन र खानीगाउँमा सेवा उपलब्ध हुनेछ । त्यसैगरी ३ हजार ७०४ मिटरको से फोक्सोन्डुमा अवस्थित टावरमार्फत से फोक्सुन्डोका दुई वडा र्याती र पुग्मा तथा रिग्मो, रिखे, ताप्रिजा र फोक्सुन्डो तालसम्म सेवा प्रयोग गर्न सकिने छ । दुवै टावरमार्फत करिब २ हजार सेवाग्राहीले सेवा पाउने कम्पनीद्वारा प्रकाशित विज्ञप्तीमा उल्लेख छ । कम्पनीले हालै मुस्ताङको घमी र छोसेरमा समेत सेवा उपलब्ध गराएको छ । घमी ३ हजार ८ सय मिटर र छोसेर ४ हजार २ सय ७० मिटर उचाईमा अवस्थित छन् । यसबाट याराघारा, घमी, ढाकमर, गर्थु, न्याम्दो, चुङजुङ र कोरला जाने रुटसम्म सेवा उपलब्ध हुनेछ । त्यसैगरी उपल्लो मुस्ताङको छुसाङमा पनि थ्रीजी मोबाइल सेवाको शुरुवात भएको छ । यहाँस्थित बीटीएसले त्यहाँका छुसाङ, जेताङ र चैले गाउँका वासिन्दालाई मोबाइल र इन्टरनेट सुविधा उपलब्ध गराउने छ । प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने कम्पनीको नीति रहेको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जनाएकी छन् ।
सौराहामा नेपाल टेलिकमको एफटीटीएच सेवा शुभारम्भ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले चितवनको सौराहामा नेपाल टेलिकमको एफटीटीएच सेवाको शुभारम्भ गरेका छन् । दूरसञ्चार कार्यालय सौराहामा आयोजित सो कार्यक्रममा मन्त्री बाँकोस्टाले एफटीटीएच सेवामार्फत उपलब्ध भ्वाइस सुविधा प्रयोग गरी रत्ननगर नगरपालिकाका मेयर नारायण बनलाई टेलिफोन कल गरी सेवाको औपचारिक शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले यो वर्ष धेरै आयोजनाहरु कार्यान्वयनको क्रममा रहेकाले नेपाल टेलिकमका लागि समृद्धिको वर्ष हुने बताए । उनले सरकारको डिजिटल नेपालको लक्ष्यलाई साकार बनाउनका लागि कम्पनीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने र कम नाफा हुने स्थानमा समेत कम्पनीका सेवा सुविधा उपलब्ध गराउनु पर्ने बताए । सो शुभारम्भ कार्यक्रमका अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सरकारको सामाजिक, आर्थिक, शैक्षिक, प्राविधिक आदि क्षेत्रका नीतिलाई साकार बनाउन कम्पनीले पहल गरिरहेको र आगामी दिनमा समेत यो क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्दै ग्रामीण क्षेत्रमा समेत सूचना प्रविधिको पहुँच पु¥याउनका लागि सदैव अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा प्रदेश सभा सदस्य कृष्ण खनालले प्रविधिलाई जनतासँग जोड्न टेलिकमले खेलेको भूमिकाको सराहना गरे । सोही अवसरमा नेपाल टेलिकम, वीरगन्ज क्षेत्रीय निर्देशनालयका निर्देशक अमलेन्दु नारायण सिंहले सेवालाई चुस्त दुरुस्त रुपमा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत मटुकआनन्द वैद्य लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति थियो । सौराहामा हाल जडित एफटीटीएचको क्षमता १ हजार २४ लाइनको रहेको छ र निकट भविष्यमा आवश्यकता बमोजिम क्षमता अभिवृद्धि गरी वितरण गर्ने कार्यक्रम रहेको छ ।
नेपाल टेलिकमको नाफा १ अर्ब ८७ कराेडले घट्यो
काठमाडौं । सर्वाधिक बजार पुँजीकरण भएको बहुसंख्यक सरकारी लगानी रहेको नेपाल टेलिकमको नाफामा करिब २ अर्बले गिरावट आएको छ । अघिल्लो वर्षको ९ महिनामा रहेको ११ अर्ब ८५ करोड ६४ लाख रुपैंया नाफाबाट घटेर ९ अर्ब ९८ करोड रुपैंयामा झरेको छ । यो भनेको करिब १ अर्ब ८७ करोड रुपैंयाको गिरावट हो । उक्त नाफाको गिरावटमा टेलिकमको कोर बिजिनेसमा भएको गिरावट कारकको रुपमा रहेको छ । अघिल्लो वर्ष ९ महिनामा यो आम्दानी २९ अर्ब ३९ करोड थियो तर यो वर्षको सोही समयमा आम्दानी घटेर २७ अर्ब ५० करोडमा झरेको छ । अन्य आम्दानी भने २३ करोडले बढाएर ४ अर्ब ६९ करोड पुर्याएको छ । आम्दानी घटेको टेलिकमले कर्मचारी तथा अन्य प्रशासनिक खर्चलाई यो वर्ष प्रभावकारी बनाएर त्यस्ता खर्चहरुको वृद्धि भने रोकेको छ । टेलिकमले कमाएको नाफामा आधारमा प्रतिशेयर आम्दानी ८८.७५ रुपैंया हुँदा मूल्य आम्दानी अनुपात ८.९९ गुणा छ ।
नेपाल टेलिकमकाे सीमकार्ड सित्तैमा, साथमा ५० रूपैयाँ बाेनस पनि
काठमाडौँ । नेपाल टेलिकमले सीमकार्ड सित्तैमा दिने र साथमा ५० रूपैयाँ बाेनस पनि दिने याेजना सार्बजनिक गरेकाे छ । नेपाल टेलिकमले एसईई दिएका र अन्य विद्यार्थीहरुका लागि लक्ष्यित गरी ल्याएकाे ‘विद्यार्थी अफर’ उक्त सुविधा रहेकाे छ । सो ‘विद्यार्थी अफर’ अन्तर्गत विद्यार्थीहरुलाई ५० रुपैयाँ टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराइएको छ । सो रकम मध्ये १० रुपैयाँबाट कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न सकिने सुविधा छ । बाँकी ४० रुपैयाँबाट ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध गराइएको छ । यी सबै सुविधा ३० दिनभित्र उपभोग गरिसक्नु पर्ने व्यवस्था गरिएको छ । यसका साथै ‘विद्यार्थी अफर’ अन्तर्गतको सिम लिएका विद्यार्थीलाई ६ महिनासम्म बोनसको रुपमा प्रतिमहिना ४० मिनेट भ्वाइस कल गर्ने, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस पठाउने सुविधा समेत उपलब्ध गराउने व्यवस्था छ । यो सुविधा उपभोग गर्ने समयावधि ७ दिनको हुनेछ । त्यसैगरी सो अफर अन्तर्गत रजिष्टर गरिएका सिममा ५० रुपैयाँ वा सो भन्दा बढी रकम रिचार्ज गर्दा समेत १ वर्षसम्म प्रत्येक रिचार्जमा बोनस उपलब्ध गराउने व्यवस्था गरिएको छ । ५० रुपैयाँ रिचार्ज गर्दा बोनस अन्तर्गत १० मिनेट भ्वाइस कल गर्न र ५० एमबी डाटा खरिद गर्न सकिने छ । रिचार्ज गरिसके पछि यो सुविधा ३ दिन भित्र उपभोग गरिसक्नु पर्नेछ । निःशुल्क सिम उपलब्ध गराइने यो ‘विद्यार्थी अफर’ अन्तर्गत विविध सहुलियत एवं सुविधा तथा वोनस उपहारसमेत भएकोले यो अफर विद्यार्थीहरुबीच लोकप्रिय भइरहेको छ । यस अफर अन्तर्गत उपलब्ध सुरुको १० रुपैयाँबाहेक अन्य रकमबाट नेपाल टेलिकमकै नेटवर्क भित्रका नम्बरमा मात्र भ्वाइस कल गर्न र एसएमएस पठाउन सकिने कम्पनीले जनाएको छ । यो अफर २०७६ असार २६ गतेसम्म उपलब्ध गराइनेछ । अफर अन्तर्गत प्राप्त प्याकेज भने सिम एक्टिभ भएको ६ महिनासम्म उपलब्ध हुनेछ भने रिचार्जमा प्राप्त बोनस एक बर्ष सम्म उपलब्ध हुनेछ । एसईई, उच्च मावि र सोभन्दा माथिल्लो तहका बिद्यार्थीहरुलाई बिद्यार्थी अफरको सिम उपलब्ध गराउने व्यवस्था गरिएको छ । एसईई दिएका विद्यार्थीहरुले सो सिम लिनका लागि विद्यालयको आईडी कार्ड वा परीक्षाको एडमिट कार्ड, फोटो र आफ्नो अभिभावकको नागरिकताको प्रतिलिपी उपलब्ध गराउनु पर्नेछ । त्यसैगरी उच्च मावि र सोभन्दा माथिल्लो तहका विद्यार्थीहरुले आफ्नो नागरिकताको प्रमाणपत्र, फोटो र उच्च मावि वा कलेजको परिचय पत्रको प्रतिलिपी उपलब्ध गराउनु पर्नेछ । कम्पनीले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि उपलब्ध गराएको यो आकर्षक ‘विद्यार्थी अफर’ विद्यार्थीमाझ लोकप्रिय भएको जनाएको छ । पहिले देखि नै उपलब्ध सो अफरलाई विद्यार्थीहरुको सुविधा र मागलाई विचार गरी हाल पनि निरन्तरता दिइएको हो ।
नेपाल टेलिकमको ‘स्प्रिङ अफर’, कति रुपैयाँमा कस्तो प्याक ?
काठमाडौँ । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक स्प्रिङ अफर उपलब्ध गराएको छ । उक्त अफर अन्तर्गतको सेवा २०७५ चैत ३० गते देखि ९० दिनसम्म लिन सकिने व्यवस्था गरिएको नेपाल टेलिकमले जनाएको छ । यसअघि उपलब्ध विन्टर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित स्प्रिङ अफर ल्याइएको जनाइएको छ । स्प्रिङ अफरका प्याकेज यस्ता छन् : १. एक घण्टा अनलिमिटेड प्याक यस प्याक अन्तर्गत कम्पनीकै नेटवर्कमा जीएसएम/सीडीएमएका ग्राहकले २० रुपैयाँमा प्याक एक्टिभ भएपश्चात् १ घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असीमित रुपमा प्रयोग गर्न सक्ने छन् । यसका अलावा दश मिनेटको थप बोनस गरी जम्मा ७० मिनेटसम्म असिमित भ्वाइस÷डाटा÷एसएमएस प्रयोग गर्न सकिनेछ । २. अल टाइम डाटा प्याक जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ । अल टाइम डाटा प्याक अन्तर्गत १२ रुपैयाँ देखि ९९० रुपैयाँसम्मका प्याक उपलब्ध छन् । यस अन्तर्गत २८ एमबी देखि १२ जीबीसम्मका प्याकेज खरिद गर्न सकिने छ । यी प्याकेज प्रयोग गर्न सकिने समयावधि पनि १ दिन देखि ४२ दिनसम्म हुनेछ । साथै इकोनोमी प्याकको रुपमा एक दिनका लागि २५ रुपैयाँको १०० एमबी, ७ दिनका लागि १०० रुपैयाँको ५०० एमबी र २८ दिनका लागि ५०० रुपैयाँको ४५०० एमबी भोल्युमको इको प्याक समेत उपलब्ध गराइएको छ । ३. डे डाटा प्याक डे डाटा प्याक अन्तर्गत ९ रुपैयाँमा विहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिनका लागि ५५ एमबी डाटा चलाउन सकिने छ । ४. १ जीबी पर डे डाटा प्याक यस प्याक अन्तर्गत ४५ रुपैयाँमा १ दिनका लागि १ जीबी डाटा भोल्युम उपलब्ध हुनेछ । साथै २५० रुपैयाँमा ७ दिनका लागि ७ जीबी र ८५० रुपैयाँमा २८ दिनका लागि २८ जीबी डाटा भोल्युम उपलब्ध हुनेछ । ५. नाइट डाटा प्याक नाइट डाटा प्याक अन्तर्गत एक रातका लागि ९ रुपैयाँमा १२५ एमबी र ७ रातका लागि ४५ रुपैयाँमा ६३० एमबी डाटा प्रयोग गर्न सकिने छ । यो प्याक राती ११ बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिने छ । ६. अनलिमिटेड नाइट डाटा प्याक अनलिमिटेड नाइट डाटा प्याक अन्तर्गत १ रातका लागि १५ रुपैयाँमा र ७ रातका लागि ८५ रुपैयाँमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिन्छ । सो प्याक अन्तर्गतको डाटा राती ११ बजेदेखि विहान ६ बजेसम्म अनलिमिटेड चलाउन सकिन्छ । ७. सोसियल मिडिया प्याक सोसियल मिडिया डाटा प्याक अन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिने छ । यस अन्तर्गत ६ रुपैयाँमा ३६ एमबी डाटा १ दिन, ३० रुपैयाँमा १५० एमबी डाटा ३ दिन र ६० रुपैयाँमा ३२५ एमबी डाटा ७ दिनका लागि चौवीसै घण्टा उपलब्ध हुनेछ । ८. डाटा स्ट्रिमिङ प्याक डाटा स्ट्रिमिङ प्याक अन्तर्गत १२ रुपैयाँमा १५० एमबी डाटा १ दिनका लागि, ३० रुपैयाँमा ४०० एमबी डाटा ३ दिनका लागि र ६० रुपैयाँमा ९०० एमबी डाटा ७ दिनका लागि चौवीसै घण्टा उपलब्ध हुने छ । ९. अल टाइम भ्वाइस प्याक अल टाइम भ्वाइस प्याक अन्तर्गत १२ रुपैयाँ देखि ५०० रुपैयाँसम्मका प्याक उपलब्ध छन् । यस अन्तर्गत १४ मिनेट देखि ११०० मिनेट सम्मका भ्वाइस प्याक खरिद गर्न सकिने छ । यी प्याकेज प्रयोग गर्न सकिने समयावधि १ दिन देखि ४२ दिन सम्म हुनेछ । भ्वाइस प्याकको रुपमा एक दिनका लागि १२ रुपैयाँको १४ मिनेट, ३ दिनका लागि ३० रुपैयाँको ४० मिनेट, ७ दिनका लागि ६० रुपैयाँको ७५ मिनेट, २८ दिनका लागि २४० रुपैयाँको ४९० मिनेट र ४२ दिनका लागि ५०० रुपैयाँको ११०० मिनेटको भ्वाइस प्याक उपलब्ध हुनेछ । त्यसैगरी २५ रुपैयाँमा १ दिनका लागि ४० मिनेट र १०० रुपैयाँमा ७ दिनका लागि १९० मिनेटको इकोनोमी प्याक समेत उपलब्ध गराइएको छ । १०. नाइट टाइम भ्वाइस प्याक नाइट टाइम भ्वाइस प्याक अन्तर्गत ९ रुपैयाँमा १ रातका लागि ६० मिनेट, १५ रुपैयाँमा ३ रातका लागि १७० मिनेट र ३० रुपैयाँमा ७ रातका लागि ३४० मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ । सो प्याक अन्तर्गत राती १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीकै नेटवर्क भित्र कल गर्न सकिने छ । ११. अनलिमिटेड नाइट भ्वाइस प्याक यस प्याक अन्तर्गत १२ रुपैयाँमा १ रातभर कम्पनीकै नेटवर्क भित्र जति पनि (असीमित) कल गर्न सकिने छ । सो कल राती १० बजेदेखि विहान ६ बजेसम्म गर्न सकिन्छ । १२. डे टाइम भ्वाइस प्याक डे टाइम भ्वाइस प्याक अन्तर्गत ९ रुपैयाँमा विहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म गरी ९० मिनेट कम्पनीकै नेटवर्कमा भ्वाइस कल गर्न सकिने छ । १३. एसएमएस प्याक एसएमएस प्याक अन्तर्गत ५ रुपैयाँमा १ दिनसम्म उपभोग गर्न पाउने गरी २० वटा एसएमएस उपलब्ध गराइने छ । त्यसैगरी १५ रुपैयाँमा ७ दिनसम्म ७० वटा एसएमएस र ६० रुपैयाँमा २८ दिनसम्म ३०० वटा एसएमएस गर्न सकिने छ । १४. एप डाउनलोड गर्दा निःशुल्क डाटा कम्पनीको एप ‘नेपाल टेलिकम’ पहिलो पटक डाउनलोड गरी प्रयोग गर्नेहरुका लागि १०० एमबी जीएसएम डाटा निःशुल्क उपलब्ध गराइने छ । साथै पहिले देखि नै विन्टर अफरका रुपमा उपलब्ध विद्यार्थी अफर, इन्डिया कल अफर, सीयूजी प्याक, एडीएसएल भोलुम बेस्ड प्याकेज, एडीएसएल अनलिमिटेड प्याकेज, एफटीटीएच ब्यक्तिगत प्याकेज, एफटीटीएच कर्पोरेट युजर प्याकेज, मिस्ड कल अलर्ट र एफटीटीएचमा निःशुल्क भ्वाइस सुविधालाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्ने प्रवक्ता प्रतिभा बैद्यले बताइन् ।
नेपाल टेलिकमका दुई कर्मचारी संगठन एक भए, संयोजकमा लोकबहादुर कटुवाल
काठमाडौ । नेपाल दुरसञ्चार कर्मचारी संंघ र नेपाल राष्ट्रिय कर्मचारी संगठनबीच बिहीबार एकता भएको छ । घोषणा सभा कार्यक्रम गरी संगठन एक भएका हुन् । दुई संगठन एक भएको संस्थाकोे नाम ‘नेपाल दुरसंञ्चार राष्ट्रिय कर्मचारी संगठन’ राखिएको छ । एकता पश्चात संगठनको संयोजकमा लोकबहादुर कटुवाल र सहसंयोजकमा दामोदर केसी चयन भएका छन् । बिहीबार राजधानीस्थित नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा एकता सभा सम्पन्न भएको हो । सोही कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने–‘अहिलेको युग विज्ञान प्रविधिको युग भएकाले प्रविधिमा पछि परियो भने समृद्धिमा नै पछि पर्ने अवस्था आउँछ ।’ दाहालले प्रविधिको प्रयोग संमृद्धि मापनको आधार भएकोमा जोड दिए । उनले विश्वव्यापी प्रतिस्पर्धामा खरो रुपमा उत्रन प्रविधिको प्रयोग अपरिहार्य भएको बताए । साथै, पहिलेदेखि जरा गाडेर बसेका विकृतिलाई आगामी दिनमा सबैले भुलेर सकारात्मक प्रभाव पर्ने किसिमले काम गर्न आवश्यक रहेको बताए । कार्यक्रमका विषेश अतिथि गोकुलप्रसाद बास्कोटाले चाईनिजको घोडा बर्ष, बाख्रा बर्ष भएजस्तै नेपाल टेलिकमको लागि भने यो बर्ष चितुवा वर्ष घोषणा गर्दा फरक नपर्ने बताए । उनले रोकिएका काम सहायक सिद्ध हुँदै गएकाले यस्तो भन्दा फरक नपर्ने तर्क गरेका थिए । उनले एकतामा नै बल हुन्छ, शक्ती मिल्नु आफैमा राम्रो कुरा भएको जानकारी दिए । साथै, कपाल सेतै फुलाएपनि प्रविधिले फड्को मारेको अवस्थामा अनुभवसँगै सिपपनि आवश्यक हुनेमा जोड दिए । उनले जो कोहीले आफू १ नम्बर हुने गरेर काम गर्नेु पर्छ, अर्काको प्रगतीमा धारे हात लगाएर कोही पनि सफलताको बाटोमा प्रवेश गर्न नसक्ने मत समेत जाहेर गरेका थिए । कार्यक्रमा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी, टिनका अध्यक्ष लोकबहादुर कटुवाल, पेशागत महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेल लगायतको उपस्थिती रहेको थियो ।
नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ता १ करोड ८८ लाख, भ्वाइस सेवा सस्तोदेखि निःशुल्कसम्म
काठमाडौँ । करिव २० वर्ष अघि नेपालमा सेलुलर मोबाइल फोन बोक्ने मानिस एकजना पनि थिएनन्, तर आज बाटोमा निस्केर सोध्ने हो भने मोबाइल नबोक्ने मानिस एक जना भेट्न पनि मुश्किल पर्ला । नेपाल टेलिकमले २०५६ साल बैशाखमा मुलुकमा नै पहिलोपटक जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको थियो । त्यसवेला मोबाइल सेवाको मुल्य तुलनात्मक रुपमा महंगो पर्ने भएकाले शुरुका केही वर्षसम्म यस सेवाका ग्राहकहरु पनि थोरै थिए । सेवाको विस्तार पनि सीमित थियो । २०६० सालसम्म पनि नेपाल टेलिकमका कुल ग्राहक आधार ४ लाख २२ हजार मात्र थिए । हाल दूरसञ्चार प्रविधिको विकाससँगै त्यसको मुल्यमा पनि कमी आएकाले प्राविधिक र आर्थिक रुपमा पनि यो सेवा आमउपभोक्ताको सहज पहुँचमा पुगेको छ । नेपाल टेलिकमले मुलुकका आर्थिक गतिविधि बढी हुने शहरी क्षेत्रदेखि अति दुर्गम पहाडी तथा हिमाली क्षेत्रसम्म सेवाको ब्यापक विस्तार गर्नुका साथै सेवाको मुल्य पनि सहुलियतपूर्ण गर्दै ल्याएपछि मोबाइल फोन सेवालगायत दूरसञ्चार सेवाको उपभोग गर्ने ग्राहकहरुको संख्या पनि ब्यापकरुपमा बृद्धि भएको छ । २०७५ पुस महिनाको अन्त्यसम्ममा नेपाल टेलिकमको टेलिफोन सेवाका ग्राहक आधार करिव २ करोड १३ लाख पुगेका छन् । यस मध्ये जीएसएम मोबाइल सेवाका ग्राहक मात्र १ करोड ८८ लाख रहेका छन् । यसबाहेक सीडीएमए सेवाका ग्राहक १७ लाख ५२ हजार र पीएसटीएन टेलिफोन सेवाका ग्राहक ६ लाख ७६ हजार रहेका छन् । २०५६ सालमा नेपालमा मोबाइल सेवा आरम्भ हुँदा यो सेवा विलासिताको वस्तुको रुपमा आएको थियो, जव कि त्यसवेला युरोप अमेरिकालगायतका विकसित मुलुकमा मोबाइल फोन आधारभूत आवश्यकताको बस्तुका रुपमा प्रयोग हुन थालिसकेको थियो । शुरुमा मोबाइल फोन लिनका लागि ५१ हजार रुपियाँ (मोबाईल सेटको रु.२० हजारसहित) भूक्तानी गर्नुपर्ने व्यवस्था थियो । नेपाल टेलिकमले उपभोक्ताहरुका लागि सकेसम्म सहुलियतपूर्ण र पारदर्शी दररेटमा सेवाहरु उपलब्ध गराइरहेको छ । साथै भ्वाइस सेवा उपयोग गर्ने ग्राहकहरुका लागि विभिन्न दरका प्याकेजहरु पनि उपलब्ध छन् । प्रविधिको विकाससँगै मोबाइल सेवाको मुल्यमा व्यापक कटौती भएको छ । हाल १ हजार ५ सय १० रुपियाँ (११३० स्वामित्व शुल्क र ३८० क्रेडिट लिमिट) मा पोष्ट पेड मोबाइल लिन सकिन्छ भने ५० रुपियाँ बराबरको टक भ्यालु भएको प्रिपेड सिम ९० रुपियाँमा नै लिन सकिन्छ । शुरुमा पोष्टपेड सेवा मात्र सञ्चालन गरेको टेलिकमले २०६० भाद्र देखि प्रिपेड मोबाइल सेवा सञ्चालनमा ल्याएको थियो । प्रिपेड सेवा वितरण गर्न थालेपछि मोबाइल सेवाको महसुल पनि सस्तो हुँदै आयो र सेवा पनि व्यापकरुपमा विस्तार भयो । नेपाल टेलिकमले २०६५ वैशाख महिना देखि नै जिएसएम मोबाइल सेवाको पहुँच मुलुकका ७५ वटै जिल्लामा पुर्याएको थियो । प्रविधिमा भइरहेको विकाससँगै नेपाल टेलिकमले २०६४ जेठदेखि परीक्षणका रूपमा तेस्रो पुस्ताको थ्री जी मोबाइल सेवा वितरण आरम्भ गरेको थियो । थ्री जी मोवाइल सेवा दक्षिण एशियामा नै पहिलो पटक नेपाल टेलिकमले सञ्चालनमा ल्याएको हो । २०७३ असोजमा यो सेवाको पहुँच पनि ७५ वटै जिल्लामा पुर्याइएको थियो । यसका साथै मुलुकमा पहिलोपटक फोर जी सेवा भित्र्याउने श्रेय पनि नेपाल टेलिकमलाई नै प्राप्त भएको छ । २०७३ पौष १७ गते देखि नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल फोर जी (एलटीई) सेवा पनि सञ्चालन आरम्भ गरिसकेको छ । अव एक वर्षभित्रमा मुलुकभर फोर जी (एलटीई) मोबाइल सेवा विस्तार गर्ने लक्ष्यका साथ विभिन्न सम्झौताहरु भइसकेका छन् । नेपाल टेलिकमले उपभोक्ताहरुका लागि सकेसम्म सहुलियतपूर्ण र पारदर्शी दररेटमा सेवाहरु उपलब्ध गराइरहेको छ । साथै भ्वाइस सेवा उपयोग गर्ने ग्राहकहरुका लागि विभिन्न दरका प्याकेजहरु पनि उपलब्ध छन् । कम्पनीको मोबाइल सेवा प्रयोग गर्ने ग्राहकहका लागि सस्तो दरको भ्वाइस सेवाका लागि अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक आदिको व्यवस्था गरिएको छ । साथै एक अर्कामा असीमित रुपमा निःशुल्क कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधा समेत प्रयोग गर्न सीयूजी प्याकेजको समेत व्यवस्था गरिएको छ । त्यसैगरी प्रत्येक रात मासिक २० रुपैयाँमा असीमित कल गर्नका लागि सीडीएमए स्काई रिम प्रयोग गर्न सकिन्छ । हाल कम्पनीका एफटीटीएच सेवाका ग्राहकहरुलाई समेत निःशुल्क भ्वाइस सेवा कम्पनीले प्रदान गरेको छ । अल टाइम भ्वाइस प्याक यस भ्वाइस प्याक अन्तर्गत जीएसएम तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा एक दिन देखि ६० दिन समयावधिसम्म प्रयोग गर्न सकिने प्याकेज प्राप्त गर्न सकिन्छ । यी प्याकेजहरु १० रुपैयाँ देखि ५५० रुपैयाँसम्ममा खरिद गर्न सकिन्छ । नाइट टाइम भ्वाइस प्याक जीएसएम तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा नाइट टाइम भ्वाइस प्याक अन्तर्गत ५ रुपैयाँमा १ दिनसम्म ३० मिनेट, १२ रुपैयाँमा १ रातसम्म असीमित (अनलिमिटेड) समय, २५ रुपैयाँमा ७ रातसम्म २४० मिनेट र १ सय रुपैयाँमा २८ रातसम्म ११ सय मिनेट कल गर्न सकिने छ । सो प्याक राती १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीको नेटवर्क भित्र प्रयोग गर्न सकिन्छ । प्रत्येक रात मासिक २० रुपैयाँमा असीमित कल गर्नका लागि सीडीएमए स्काई रिम प्रयोग गर्न सकिन्छ । हाल कम्पनीका एफटीटीएच सेवाका ग्राहकहरुलाई समेत निःशुल्क भ्वाइस सेवा कम्पनीले प्रदान गरेको छ । सीयूजी प्याकेज कम्पनीले कर्पोरेट ग्राहकहरुका लागि सीयूजी (कर्पोरेट युजर ग्रुप) प्याकेज उपलब्ध गराएको छ । जीएसएम÷सीडीएमएका प्रिपेड÷पोष्टपेड सबैमा यो सुविधा उपलब्ध छ । यो प्याकेज अन्तर्गत रहेका सदस्यहरुले एक अर्कामा असीमित कल गर्न सकिन्छ । यस अन्तर्गत जीएसएम/सीडीएमएका प्रिपेड ग्राहकले कम्पनीको नेटवर्कमा २०० रुपैयाँमा ६५ मिनेट भ्वाइस कल गर्न तथा १२५ एमबी डाटा चलाउन र २५ वटा एसएमएस पठाउन सक्ने सुविधा छ । यसैगरी जीएसएम/सीडीएमए पोष्टपेड/प्रिपेड ग्राहकका लागि ४ सय, ७ सय, १ हजार, १३ सय र १६ सय रुपैयाँ दरका विभिन्न ग्रुप बनाइएको छ । यो ग्रुपमा रहेका सदस्यहरुले एक अर्कामा असीमित कल गर्न बाहेक अन्य नम्बरमा विभिन्न दरको भ्वाइस कल गर्न, डाटा चलाउन र एसएमएस गर्न सकिन्छ । डे प्याक डे प्याक अन्तर्गत ६ रुपैयाँमा भ्वाइस र डाटा चलाउन मिल्ने छुट्टाछुट्टै प्याकेज लिन सकिन्छ । यस अन्तर्गत ६ रुपैयाँमा विहान ६ देखि बेलुकी ६ बजे सम्म ६० मिनेट कल गर्न वा ३६ एमबी डाटा चलाउन सकिन्छ । एफटीटीएचमा निःशुल्क भ्वाइस एफटीटीएच सेवा लिने नयाँ तथा पुराना ग्राहकले ९० दिनसम्म कम्पनीको नेटवर्कभित्र निःशुल्क भ्वाइस सेवा अर्थात सिप कल सेवा उपयोग गर्न सकिन्छ । नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत ब्यक्तिगत र कर्पोरेट ग्राहकका लागि विभिन्न प्याकेजको व्यवस्था गरेको छ । ब्यक्तिगत तर्फ ८ एमबीपीएस, १८ एमबीपीएस, ३५ एमबीपीएस र ५५ एमबीपीएसका प्याकेज उपलब्ध छन् । यी प्याकेज ८ सय देखि १८ हजार ४ सय रुपैयाँ सम्ममा खरिद गर्न सकिन्छ । त्यसैगरी कर्पोरेट तर्फ १० एमबीपीएस र २० एमबीपीएस गतिको प्याकेज उपलब्ध छ । यस श्रेणीमा १० हजार ३ सय देखि ६९ हजार रुपैयाँ सम्मको प्याकेज उपलब्ध छन् । सीडीएमए प्रिपेड स्काईबाट मासिक २० रुपैयाँ सीडीएमए प्रिपेड स्काई मोबाइलबाट राती १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीको नेटवर्कभित्र कल गर्दा ३० दिनसम्मका लागि करवाहेक २० रुपैयाँ मात्र तिरे पुग्छ । यो सेवा सुचारु गर्नका लागि सीडीएमए प्रिपेड सेवाका ग्राहकहरुले मोबाइलको म्यासेज बक्समा नाइट टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्छ । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्छ ।
नेपाल टेलिकमले बक्यौता बुझाउने ग्राहकलाई जरिवाना छुट दिने
काठमाडौँ । नेपाल टेलिकमले ल्याण्ड लाइन टेलिफोन तथा मोबाइल सेवाका ग्राहकहरुले ०७४ असार मसान्त सम्मको बक्यौता ०७५ फाल्गुण मसान्तसम्म बुझाएमा जरिवाना छुट दिने भएको छ । टेलिकमले बुधबार उक्त बक्यौतामा लाग्ने जरिवाना छुट गरिएको जनाएको हो । तोकिएको अवधि भित्र भुक्तानी गरी छुटको लाभ लिन हुन सबैलाई सुचित गरिन्छ–टेलिकमले सूचना उल्लेख गरेको छ ।
नेपाल टेलिकमको सापटी सेवा बन्द
काठमाडाैं । नेपाल टेलिकमको सापटी सेवा बन्द भएको छ । टेलिकमले सबै मोबाइल फोन प्रयोगकर्ताहरुलाई एसएमएस पठाएर सापटी सेवा बन्द भएको जानकारी गराएको हो । टेलिममका सहायक प्रवक्ता सोभन अधिकारीले सिस्टम मर्मत सम्भार गर्नुपर्ने भएकाले २ दिनका लागि सेवा अवरुद्ध गरिएको बताए । फागुन २ गतेदेखि परिमार्जित रुपमा सापटी सेवा उपलब्ध गराउने पनि उनले जानकारी दिए ।
माघ २८ गते लाइसेन्स नविकरण दस्तुर तिर्नै पर्ने बाध्यतामा नेपाल टेलिकम, २० अर्ब की कति ?
काठमाडौं । नेपाल टेलिकमको लाइसेन्स २०७६ बैशाख २८ गतेभित्र नविकरण गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । त्यसका लागि टेलिकमले माघ २८ गतेभित्र नविकरण दस्तुर तिरेर आवेदन गरिसक्नुपर्ने हो । तर अझैसम्म कति रकम तिरेर लाइसेन्स नविकरण गर्नुपर्ने हो, त्यसको एकिन भएको छैन् । तेश्रो पटक लाइसेन्स नविकरण गर्न लागेको टेलिकमसँग असुलिएकै रकमका आधारमा एनसेलसँग पनि दस्तुर असुल्नुपर्ने हुन्छ । यद्यपी एनसेलले दोश्रो पटक लाइसेन्स नविकरण गर्न लागेकाले उसका लागि १८ करोड ९० लाख नै नविकरण दस्तुर तिरे पुग्छ । किनकी नेपाल टेलिकमले पनि पाँच बर्ष अघि दोश्रो पटक लाइसेन्स नविकरण गर्दा १८ करोड ९० लाख रुपैंयाँ तिरेको थियो । तर तेश्रो पटक नविकरण दस्तुर असुल्नका लागि अहिले नेपाल टेलिकमसँग असुलिएकै दस्तुरलाई आधार बनाउनुपर्ने हुन्छ । एनसेलले २०७६ भदौ अगावै लाइसेन्स नविकरण गरिसक्नुपर्छ भने त्यसको ३ महिना अगावै नकिवरण दस्तुर तिरिसक्नुपर्ने व्यवस्था छ । तेश्रो पटक नविकरण दस्तुर कति हुने भन्ने कानुनी व्यवस्था नभएकाले नेपाल दुर सञ्चार प्राधिकरण सञ्चार मन्त्रालयको मुख ताकिरहेको छ । ‘ऐनमा स्पष्ट व्यवस्था छैन्, सरकारले जे निर्णय गर्छ हामीले त्यहि गर्ने हो, मन्त्रालयले मन्त्रिपरिषद बैठकबाट निर्णय गराउला’, प्राधिकरणका सहायक निर्देशक झलक थापा मगरले भने । नेपाल टेलिकमका सहायक प्रवक्ता शोभन अधिकारीले नविकरण दस्तुुरको अन्यौलता कायमै रहेको बताए ।‘हामी नविकरणका लागि तयारी अवस्थामा छौं, प्राधिकरणले दस्तुर तोकिदिएको छैन्, दस्तुर एकिन हुने वित्तिकै निवेदन हाल्छौं’, टेलिकमका सहायक प्रवक्ता अधिकारीले भने । प्राधिकरणले २०७३ असार १७ गते नै दुर सञ्चार सेवा प्रदायक कम्पनीहरु १६ औं बर्षमा लागेसँगै कुल आयको ४ प्रतिशत रकम लिने गरि नविकरण दस्तुर सिफारिस गरिएको पनि थापाले जानकारी दिए । अब सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नविकरण दस्तुर सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद पठाएर निर्णय गराउनुपर्ने प्राधिकरणका सहायक निर्देशक थापा मगरले बताए । दिर्घकालसम्म यस्ता समस्याहरुको समाधानका लागि भने दुर सञ्चार ऐनको संसोधन प्रक्रिया अघि बढाउनुपर्ने पनि उनले जानकारी दिए ।
नेपाल टेलिकमको ५५ रुपैयाँ नगद लाभांश पारित, माघ १ गतेदेखि नै वितरण गर्ने
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को प्रस्तावित ५५ रुपैयाँ नगद लाभांश पारित भएको छ । कम्पनीको पुस ३० गते सम्पन्न एघारौं वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव पारित गरेको हो । सभाले पारित गरेबमोजिम लगानीकर्ताले आर्थिक वर्ष २०७४।७५ को मुनाफा रकम मध्येबाट प्रतिसेयर ५५ रुपैयाँका दरले नगद लाभांश पाउने भएका छन् । उक्त लाभांश रकम माघ १ गते(भोलि)देखि एनएमबी बैंकमार्फत सेयरधनीहरुलाई वितरण गर्ने सभाले जानकारी दिएको छ । यसैैगरी, सभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ. व. २०७५/७६ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट अच्युतराज जोशी र प्रकाशजङ्ग थापालाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजको पारिश्रमिक समेत पारित गरेको छ । २०७५ असारसम्ममा मुलुकमा कम्पनीको भ्वाइस सेवामा बजार हिस्सा ५०.९ प्रतिशत र ब्रोडब्याण्ड डाटा सेवामा बजार हिस्सा ४३.६ प्रतिशत पुगेको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले जानकारी दिए ।
नेपाल टेलिकमले ल्यायो विन्टर अफर, यस्ता छन् सुविधा
काठमाडौँ । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर उपलब्ध गराएको छ । उक्त अफर अन्तर्गतको सेवा पुस २९ गतेदेखि लागू भई आगामी चैत २८ गतेसम्म लिन सकिने व्यवस्था गरिएको छ । यो भन्दा पहिले उपलब्ध अटम अफर अन्तर्गतका सेवाहरुमा केही थप सुविधा उपलब्ध गराएर विन्टर अफर ल्याइएको छ । १. ह्याप्पी विकेन्ड प्याक जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक प्रयोग गर्न सकिन्छ । ह्याप्पी विकेन्ड प्याक अन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जीबी डाटा प्रयोग गर्न सकिने छ । सो प्याक एक सय रुपैयाँमा प्राप्त हुनेछ र सात दिनसम्म यसको समयावधि हुनेछ । २. अल टाइम डाटा प्याक जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ । यस अन्तर्गत कम्पनीले उपलब्ध गराएका विभिन्न प्याकेजमा ५० प्रतिशत थप बोनस डाटा उपलब्ध गराइने भएको छ । अल टाइम डाटा प्याक अन्तर्गत १० रुपैयाँ देखि ५ सय रुपैयाँसम्मका प्याक उपलब्ध छन् । यस अन्तर्गत बोनससहित २३ एमबी देखि ४ हजार ५ सय एमबी सम्मका प्याकेज खरिद गर्न सकिने छ । यी प्याकेज प्रयोग गर्न सकिने समयावधि पनि १ दिन देखि २८ दिन सम्म हुनेछ । ३. नाइट टाइम भोलुम बेस्ड डाटा प्याक जीएसएम प्रिपेड÷पोष्टपेड तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा नाइट टाइम भोलुम बेस्ड डाटा प्याक प्रयोग गर्न सकिन्छ । यसमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । थप बोनस समेत गरी नाइट टाइम भोलुम वेस्ड डाटा प्याक अन्तर्गत ५ रुपैयाँमा ६८ एमबी डाटा एक रात प्रयोग गर्न सकिने छ । त्यसैगरी ७ दिनसम्मको अवधिमा ४५ रुपैयाँमा ६३८ एमबी डाटा र २८ दिनसम्मको अवधिको ७६८० एमबी डाटा तीन सय रुपैयाँमा प्रयोग गर्न सकिने छ । यो प्याक राती १० बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिने छ । ४. अनलिमिटेड नाइट टाइम डाटा प्याक जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा अनलिमिटेड नाइट टाइम डाटा प्याक प्रयोग गर्न सकिन्छ । अनलिमिटेड जीएसएम/सीडीएमए नाइट डाटा प्याक अन्तर्गत १५ रुपैयाँमा अनलिमिटेड डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ । यसको अवधि डाटा खरिद गरेको एक दिनसम्म हुनेछ । त्यसैगरी ८५ रुपैयाँमा ७ दिनसम्म र २ सय ४० रुपैयाँमा २८ दिनसम्म अनलिमिटेड डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिन्छ । उपरोक्त सबै प्याकमा १ जीबी डाटासम्म थ्रिजी÷फोरजीको गतिमा चल्ने छ र त्यसपछि २५६ केबीपीएसको गतिमा अनलिमिटेड चल्ने छ । ५. अल टाइम सोसियल मिडिया डाटा प्याक अल टाइम सोसियल मिडिया डाटा प्याक अन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिने छ । यसमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । थप बोनस समेत गरी ५ रुपैयाँमा ३० एमबी डाटा १ दिन, २५ रुपैयाँमा १३५ एमबी डाटा ७ दिन र १०० रुपैयाँमा ६७५ एमबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी २०० रुपैयाँमा १५०० एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ । ६. अल टाइम डाटा स्ट्रिमिङ प्याक जीएसएम तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलका लागि अल टाइम स्ट्रिमिङ प्याक अन्तर्गत युट्युब र वाउटाइम एप्स चलाउन सकिने छ । यसमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । थप बोनस डाटा समेत गरी १० रुपैयाँमा १५० एमबी डाटा १ दिनका लागि, ४५ रुपैयाँमा ६०० एमबी डाटा ७ दिनका लागि र ११५ रुपैयाँमा १९५० एमबी डाटा २८ दिनका लागि उपलब्ध हुने छ । ७. अल टाइम फोरजी डाटा प्याक अल टाइम जीएसएम फोरजी डाटा प्याकमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । यस अन्तर्गत १२ रुपैयाँ देखि ५ सय रुपैयाँ सम्मका बोनससहित ३८ एमबी देखि ४६०८ एमबी सम्मको प्याकेज उपलब्ध हुन्छ । यी प्याकेज १ दिन देखि २८ दिन सम्म उपयोग गर्न सकिन्छ । ८. जीएसएम/सीडीएमए थ्रिजी/फोरजी एक जीबी प्रतिदिनको डाटा प्याक जीएसएम/सीडीएमए थ्रिजी÷फोरजी एक जीबी प्रति दिन डाटा प्याक अन्तर्गत ४५ रुपैयाँमा १ जीबी डाटा १ दिनका लागि, २५० रुपैयाँमा ७ जीबी डाटा ७ दिनका लागि र ८५० रुपैयाँमा २८ जीबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ । यसमा प्रतिदिन २० मिनेट स्ट्रिमिङ प्याक बोनसको रुपमा प्राप्त हुनेछ । ९. अल टाइम भ्वाइस प्याक जीएसएम तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा भ्वाइस प्याक अन्तर्गत एक दिन देखि ६० दिन समयावधि सम्म प्रयोग गर्न सकिने प्याकेज प्राप्त गर्न सकिने छ । यी प्याकेजहरु १० रुपैयाँ देखि ५५० रुपैयाँ सम्ममा खरिद गर्न सकिने छ । यसरी प्राप्त प्याकेजमार्फत गरिने कल नेपाल टेलिकमको नेटवर्कभित्रका लागि मात्र उपलब्ध हुनेछ । १०. नाइट टाइम भ्वाइस प्याक जीएसएम तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा नाइट टाइम भ्वाइस प्याक अन्तर्गत ५ रुपैयाँमा १ दिनसम्म ३० मिनेट, १२ रुपैयाँमा १ दिनसम्म असीमित (अनलिमिटेड) समय, २५ रुपैयाँमा ७ दिनसम्म २४० मिनेट र १०० रुपैयाँमा २८ दिनसम्म ११०० मिनेट कल गर्न सकिने छ । सो प्याक राती १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीकै नेटवर्क भित्र मात्र प्रयोग गर्न सकिने छ । ११. सीयूजी प्याकेज कम्पनीले कर्पोरेट ग्राहकहरुका लागि सीयूजी (कर्पोरेट युजर ग्रुप) प्याकेज उपलब्ध गराएको छ । जीएसएम÷सीडीएमएका प्रिपेड÷पोष्टपेड सबैमा यो सुविधा उपलब्ध हुनेछ । यस अन्तर्गत कम्पनीकै नेटवर्कमा जीएसएम/सीडीएमएका प्रिपेड ग्राहकले २०० रुपैयाँमा ६५ मिनेट भ्वाइस कल गर्न तथा १२५ एमबी डाटा चलाउन र २५ वटा एसएमएस पठाउन सक्ने छन् । त्यसैगरी कम्पनीकै नेटवर्कमा जीएसएम÷सीडीएमए पोष्टपेड प्रिपेडका ग्राहकले ४०० रुपैयाँमा १५० मिनेट भ्वाइस कल गर्न, ३०० एमबी डाटा चलाउन र ५० वटा एसएमएस पठाउन सक्ने छन् । यो वाहेक ७०० रुपैयाँमा ३०० मिनेट भ्वाइस कल गर्न, ८०० एमबी डाटा चलाउन र १०० वटा एसएमएस पठाउन सकिने छ । १००० रुपैयाँमा ४५० मिनेट भ्वाइस कल गर्न, १५०० एमबी डाटा चलाउन र १५० वटा एसएमएस पठाउन, १३०० रुपैयाँमा ६०० मिनेट भ्वाइस कल गर्न, २१०० एमबी डाटा चलाउन र २०० वटा एसएमएस पठाउन तथा १६०० रुपैयाँमा ७५० मिनेट भ्वाइस कल गर्न, २७०० एमबी डाटा चलाउन र २५० वटा एसएमएस पठाउन सकिने छ । १२. डे प्याक डे प्याक अन्तर्गत ६ रुपैयाँमा भ्वाइस र डाटा चलाउन मिल्ने छुट्टाछुट्टै प्याकेज लिन सकिने छ । यस अन्तर्गत ६ रुपैयाँमा विहान ६ देखि बेलुकी ६ बजे सम्म ६० मिनेट कल गर्न वा ३६ एमबी डाटा चलाउन सकिने छ । १३. एसएमएस प्याक जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा एसएमएस प्याक प्रयोग गर्न सकिने छ । यो प्याक अन्तर्गत ५ रुपैयाँमा १ दिनसम्म उपभोग गर्न पाउने गरी २० वटा एसएमएस र थप २५ प्रतिशत बोनस एसएमएस समेत उपलब्ध गराइएको छ । यसरी १५ रुपैयाँमा ७ दिनसम्म उपभोग गर्न पाउने गरी ७० वटा एसएमएस र ६० रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी ३०० वटा एसएमएस गर्न सकिने छ र यसमा पनि थप २५ प्रतिशत बोनस एसएमएस उपलब्ध गराइएको छ । १४. एफटीटीएच ब्यक्तिगत प्याकेज नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत ब्यक्तिगत ग्राहकका लागि विभिन्न प्याकेजको व्यवस्था गरेको छ । ब्यक्तिगत तर्फ ८ एमबीपीएस, १८ एमबीपीएस, ३५ एमबीपीएस र ५५ एमबीपीएसका प्याकेज उपलब्ध छन् । यी प्याकेज ८ सय देखि १८ हजार ४ सय रुपैयाँ सम्ममा खरिद गर्न सकिन्छ । १५. एफटीटीएच कर्पोरेट युजर प्याकेज नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत कर्पोरेट ग्राहकका लागि विभिन्न प्याकेजको व्यवस्था पनि गरेको छ । कर्पोरेट तर्फ १० एमबीपीएस गतिको एफटीटीएच प्याकेज ३ महिनाका लागि १०,३०० रुपैयाँ, ६ महिनाका लागि १८,४०० रुपैयाँ र १ वर्षका लागि ३४,५०० रुपैयाँमा उपलब्ध गराइएको छ । त्यसैगरी २० एमबीपीएस गतिको एफटीटीएच प्याकेज ३ महिनाका लागि १९,५०० रुपैयाँ, ६ महिनाका लागि ३६,८०० रुपैयाँ र १ वर्षका लागि ६९,००० रुपैयाँमा उपलब्ध गराइएको छ । १६. एडीएसएल भोलुम बेस्ड प्याकेज नेपाल टेलिकमले भोलुम बेस्ड एडीएसएल इन्टरनेट प्याकेज ५ एमबीपीएस सम्मको गतिमा १५ जीबी डाटा २०० रुपैयाँमा ३० दिनसम्मका लागि उपलब्ध गराएको छ । त्यसैगरी ५ एमबीपीएस सम्मको गतिमा २५ जीबी डाटा ३०० रुपैयाँमा र ४० जीबी डाटा ४०० रुपैयाँमा ३० दिनसम्मका लागि उपलब्ध गराएको छ । १७. एडीएसएल अनलिमिटेड प्याकेज अनलिमिटेड एडीएसएल इन्टरनेट प्याक ५ एमबीपीएससम्मको गतिमा ८०० रुपैयाँमा ३० दिनसम्मका लागि उपलब्ध गराएको छ । त्यसैगरी ५ एमबीपीएससम्मको गतिमा ४३०० रुपैयाँमा १८० दिनसम्म र ८००० रुपैयाँमा ३६० दिनसम्मका लागि उपलब्ध गराइएको छ । १८. एक घण्टा अनलिमिटेड प्याक यस प्याक अन्तर्गत कम्पनीकै नेटवर्कमा जीएसएम÷सीडीएमएका ग्राहकले १८ रुपैयाँमा प्याक एक्टिभ भए पश्चात १ घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असिमित रुपमा प्रयोग गर्न सक्ने छन् । १९. विद्यार्थी अफर यस अफर अन्तर्गतको सिम लिए पछि नयाँ सिममा उपलब्ध हुने ५० रुपैयाँ मध्ये कम्पनीकै नेटवर्कमा विद्यार्थीहरुले १० रुपैयाँ बराबर कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न वा यी सबै सेवा प्रयोग गर्न सक्ने छन । त्यसैगरी बाँकी ४० रुपैयाँमा ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस गर्न सकिने छ । यी सबै सुविधा ३० दिनभित्र उपभोग गरिसक्नु पर्नेछ । साथै बोनसको रुपमा कम्पनीकै नेटवर्कमा विद्यार्थीहरुले प्रति महिना ४० मिनेट भ्वाइस कल गर्न, ६० एमबी डाटा चलाउन र २० वटा एसएमएस पठाउन सक्ने छन । यो सुविधा उपभोग गर्ने समयावधि ७ दिनको हुनेछ । प्रति महिना प्राप्त हुने उपरोक्त बोनस ६ महिनासम्म उपलब्ध हुनेछ । साथै विद्यार्थीहरुलाई ५० रुपैयाँको रिचार्जमा १० मिनेटको भ्वाइस र ५० एमबी डाटा बोनस उपलब्ध हुनेछ । यो सुविधा उपभोग गर्ने समयावधि ३ दिनको हुनेछ । रिचार्ज बोनस ५० रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा उपलब्ध हुनेछ । रिचार्जमा प्राप्त हुने उपरोक्त बोनस एक वर्षसम्म उपलब्ध गराइने छ । २०. इन्डिया कल अफर नेपालबाट भारतमा कल गर्नका लागि सस्तो दरको प्याकेज लिन सकिने छ । यसका लागि कम्पनीले डेली प्याक, विक्ली प्याक र मन्थ्ली प्याक गरी तिन प्रकारको प्याक अफर ल्याएको छ । डेली प्याक अन्तर्गत ३५ रुपैयाँमा १५ मिनेट कल गर्न सकिने छ । सो प्याक १ दिनका लागि मात्र उपलब्ध हुनेछ । त्यसैगरी विक्ली प्याक अन्तर्गत १५० रुपैयाँमा ६५ मिनेट र मन्थ्ली प्याक अन्तर्गत ५०० रुपैयाँमा २१५ मिनेट कल गर्न सकिने छ । यी प्याक क्रमशः ७ दिन र एक महिनासम्म प्रयोग गर्न सकिने छ । २१ . मिस्ड कल अलर्ट यो सेवाबाट सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको अवस्थामा र स्वीच अफ भएको अवस्थामा कसैको कल आएमा पछि त्यसको बारेमा एसएमएस मार्फत नोटिफिकेसन आउनेछ । यो सेवा लिन मासिक ६ रुपैयाँ शुल्क लाग्ने छ । यो सुविधाको समयावधि ३० दिनको हुनेछ । यो सुविधा लिनका लागि *1400# डायल गर्नु पर्छ । २२. एफटीटीएचमा निःशुल्क भ्वाइस एफटीटीएच सेवा लिने नयाँ तथा पुराना ग्राहकले ९० दिनसम्म कम्पनीकै नेटवर्कभित्र निःशुल्क भ्वाइस सेवा अर्थात सिप कल सेवा उपयोग गर्न सक्ने छन् । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1400# मा डायल गर्नु पर्ने छ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन् ।
यी तीन मध्ये नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कस्ले मार्ला बाजी ?
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूर सञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को प्रबन्ध निर्देशक पदका लागि ३ जनाको नाम सिफारिस गरेको छ । मन्त्रालयले संगीता पहाडी (अर्याल), डिल्लीराम अधिकारी, र बुद्धिप्रसाद आचार्यको नाम मन्त्रिपरिषदमा सिफरिस गरेको हो । मन्त्रालयले ९ जनाको व्यवसायिक योजना र अन्तरवार्ताबाट उत्कृष्ट ३ जना छनोट गरी मन्त्रिपरिषद पठाएको हो । छनोट समितीले सोमबार ५ जना र मंगलबार ४ जनाको अन्तरवार्ता लिएको थियो । प्रबन्ध निर्देशकका लागि पूर्व प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य, डा बिमल आचार्य, सनाउल्लाह खान, गोकर्णप्रसाद सिटौला, डिल्लीराम अधिकारी, नगेन्द्रकुमार दास, चन्द्रमोहन झा, प्रदीपराज उपाध्यय र संगिता पहाडी (आचार्य) गरी ११ जनाले निवेदन दिएका थिए । यी मध्ये ३ जनाको नाम मन्त्री परिषद्मा पेश भएको हो–मन्त्रालयको प्रवक्ता ऋषिराम तिवारीले बताए । मन्त्रालयले प्रबन्ध निर्देशक नियुक्तिको लागि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । समितिमा विज्ञको रुपमा उमाकान्त पराजुलीलाई राखिएको छ भने मन्त्रालय प्रशासन महाशाखाकी प्रमुख राधिका अर्याल सदस्य रहेकी थिइन् । समितिले आवेदकको योजना, शैक्षिक योग्यता, व्यवसायिक अनुभवलाई आधार मानेर ३ उत्कृष्ट व्यक्तिको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो । सिफारिस भएका तीन जनामध्ये एकलाई मन्त्रीपरिषदले प्रबन्ध निर्देशकको रुपमा नियुक्त गर्नेछ । समितिलाई प्राप्त अधिकार अनुसार प्रक्रिया शुरु भएको २१ दिन भित्रैमा ३ जनाको नाम मन्त्रिपरिषदमा पठाएको हो । गत साउन २९ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेपछि सो पद रिक्त रहको छ । राजभण्डारीले आफ्नो बर्खास्तीको निर्णय गैरकानूनी भएको भन्दै पुनर्बहालीका लागि सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । उक्त रिटविरुद्ध सरकारले अन्तरिम आदेश नदिएपछि सरकारलाई नयाँ प्रबन्ध निर्देशक नियुक्तिका लागि बाटो खुलेको थियो । नेपाल दूरसञ्चार प्रधिकरणको तथ्याङ्क अनुसार हाल टेलिकमका १ करोड ९५ लाख प्रयोगकर्ता छन्, जुन कूल प्रयोगकर्ताको ४० प्रतिशत हो । कूल १५ अर्ब चुक्ता पूँजी भएको उक्त कम्पनीमा जनताको समेत लगानी छ । टेलिकमको बजार पूँजीकरण १ खर्ब १५ अर्ब भन्दा बढी छ, जुन सूचिकृत कम्पनीहरुमध्ये सबैभन्दा धेरै हो । हाल सूर्यभक्त पोखरेलले कामु प्रबन्ध निर्देशकको भूमिका निर्वाह गरिरहेका छन् । लामो समयदेखि नेपाल दूर सञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) प्रमुख कार्यकारी नहुँदा दैनिक प्रशासनिक कार्यमा समेत असर परेको स्रोतको दाबी छ ।
नेपाल टेलिकमले तोक्यो साधारणसभाको मिति, बुक क्लोज कहिले ?
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले साधारणसभा बोलाएको छ । टेलिकमको आइतबार बसेको सञ्चालक समितिको ८०३ औं बैठकको निर्णयअनुुसार कम्पनीले आफ्नो ११ औं साधारणसभा पुस ३० गते भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा दिउँसो ३ बजे बस्नेगरी तयारी गरेको टेलिकमले जनाएको छ । साधारणसभामा सञ्चालक समितिको प्रतिवेदन र अघिल्लो आर्थिक वर्षको आर्थिक प्रतिवेदन पारित गर्नुको साथै आगामी आवको लागि लेखापरीक्षक नियुक्त गर्नुबाहेक सञ्चालक समितिले तनेकेको प्रतिकित्ता ५५ रुपैंया बराबरको जगद लाभांश बाँड्ने प्रस्ताव पारित गर्ने भएको छ । उक्त प्रयोजनका लागि पुस १२ गतेदेखि साधारणसभाको दिनसम्म बुक क्लोज हुनेछ । जसअनुसार पुस ११ गतेसम्म शेयर स्वामित्व भएका शेयरधनीहरुले मात्र लाभांश र साधारणसभामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।
नेपाल टेलिकमले ५५ रुपैयाँ नगद लाभांश दिने
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५५ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । समितिको निर्णयलाई नेपाल सरकारले स्वीकृति तथा कम्पनीको आगामी ११औँ वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।
नेपाल टेलिकमले ३ महिनामा कमायो ४ अर्ब ४९ करोड, ईपीएस ११९ रुपैंया
काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब ४९ करोड रुपैंया खुद मुनाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही समयको तुलनामा करिब ४९ करोडले बढी हो । टेलिकमको उक्त नाफाको आधारमा प्रतिशेयर आम्दानी ११९ रुपैंया ७५ पैसा कायम भएको छ । टेलिकमले उक्त अवधिमा कुल १० अर्ब ८५ करोड रुपैंया आम्दानी गरेकोमा ९ अर्ब ४९ करोड सेवा शुल्कबापत र बाँकी १ अर्ब ३६ करोड अन्य लगानीबाट कमाएको छ । कम्पनीको उक्त अवधिको कुल खर्च भने अर्ब ९५ करोड रुपैंया भएको विवरणमा उल्लेख छ । कम्पनीको मूल्य आम्दानी अनुपात ६.५१ गुणा र प्रतिशेयर नेटवर्थ ६८६.६० रुपैंया छ ।
नेपाल टेलिकमले ल्यायो नयाँ एप, गुगल प्ले र एप्पल स्टोरबाट सेवा लिन सकिने
काठमाडौँ । नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडीएसएललगायतका सेवाको बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले बताए । पछिल्लो समयमा विभिन्न प्रकारका प्याकेज खरीद गरी सेवा उपभोग गर्ने प्रचलन बढ्दै गएकाले विशेष गरी त्यस्ता प्याकेज खरीद गर्नका लागि यो एपबाट सहज हुने टेलिकमले जानकारी दिएको छ । यो एपमा लग इन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा नेपाल टेलिकमको प्याकेज खरीद गरेको भए सोबारे जानकारी प्राप्त गर्न सकिने भएको छ । विभिन्न सेवाको लागि आवश्यक रकम रिचार्ज गर्न र जिएसएम प्रिपेडबाट ब्यालेन्स ट्रान्सफर गर्नसमेत यसबाट सहज हुने भएको छ । पिनकोड राखेर वा रिचार्ज कार्ड स्क्यान गरेर पनि यसबाट रिचार्ज गर्न सकिन्छ ।यो एपमार्फत आफ्नो मोबाइलबाट नेपाल टेलिकमको कुनै अर्को मोबाइलमा विभिन्न प्याकेज गिफ्ट (उपहार) दिन पनि सक्ने साथै रिचार्ज कार्डबाट कम्पनीका विभिन्न सेवाको बिल भुक्तानी पनि यही एपमार्फत गर्न सकिनेछ । कम्पनीको फेसबुक लगायतका सोसल मिडियासमेत यहीबाट प्रयोग गर्न सकिने टेलिकमले जानकारी दिएको छ । प्रवक्ता वैद्यका अनुसार यस एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बर डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाका बारेमा सोधपुछ गर्न पाइने छ । उक्त एपमा कम्पनीले उपलब्ध गराउँदै आएका सम्पूर्ण सेवाको महशुलदरबारे जानकारी लिन पनि सकिने व्यवस्था गरिएको छ । गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट ‘नेपाल टेलिकम’ एप डाउनलोड गरी नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत रजिष्टर गरेपछि यो एप चलाउन जानकारी दिएको छ ।
नेपाल टेलिकम डुबाउने खेलमा मन्त्री बाँस्कोटा, दिगम्बरलाई काखा टेलिकमलाई पाखा
काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पद साउन २९ देखि खाली छ । कार्य सम्पादनमा चिक्त नबुझेपछि सरकारले तत्कालिन प्रबन्ध निर्देशक कामिनीराज भण्डारीलाई बर्खास्त गरेपछि टेलिकम नेतृत्व बिहिन छ । दुरसञ्चार सेवाको ५० प्रतिशत बजार हिस्सा र १५ अर्ब भन्दा बढि मुनाफा गर्दै आईरहेको सरकारी स्वामित्वको टेलिकममा नेतृत्व चयनको प्रक्रिया समेत आरम्भ गरिएको छैन् । नेपाल दुरसञ्चार प्राधिकरणमा दिगम्बर झालाई नियुक्त गर्न हतार हतार प्रक्रिया अघि बढाएका मन्त्री बास्कोटाले टेलिकममा भने अझै चासो देखाएका छैनन् । सरकारले बर्खास्त गरेका झाले अदालतबाट अन्तरिम आदेश ल्याएका थिए तर उनले राजीनामा गरे । मन्त्रालयले तुरुन्तै नियुक्तीको प्रक्रिया अघि बढायो र झाले पनि आवेदन दिए । अन्ततः झा ३ जनामा सिफारिस भए र मन्त्रीपरिषदले उनलाई नेपाल दुरसञ्चार प्राधिकरणको अध्यक्षमा पुनः नियुक्त गर्यो । तर साउन २९ गतेदेखि रिक्त रहेको टेलिकममा प्रबन्ध निर्देशक नियुक्त गर्ने तर्फ भने बास्कोटाले कुनै चासो देखाएका छैनन् । संसदको विकास तथा प्रबिधि समितिले असोज १८ गते टेलिकममा प्रबन्ध निर्देशकको नियुक्ती खुला प्रतिष्पर्धाबाट गर्न निर्देशन दिन लाग्दा मन्त्री बास्कोटाले आपत्ति जनाएका थिए । उनले खुला प्रतिष्पर्धाबाटै नियुक्त गर्ने कानुनी व्यवस्था रहेको र सोही अनुसार चाँडै नियुक्ती प्रक्रिया अघि बढाउने बताएका थिए । नेपाल दुरसञ्चार प्राधिकरणमा दिगम्बर झालाई नियुक्ती गर्न हतारिएका सञ्चार तथा सूचना प्रबिधि मन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकममा पुरै उदासिनता देखाईरहेका छन् । टेलिकमको सेवामा नागरिकहरुबाट गुनासाहरु आईरहेका छन् । फोरजीको विस्तारमा पनि टेलिकमले ढिलाई गरिरहेको छ । अप्टिकल फाइबर बिछ्याउने गरि टेलिकमले लिएको जिम्मेवारीको कामले पनि गति लिएको छैन । यस्तो अवस्थामा पनि टेलिकममा प्रबन्ध निर्देशक नियुक्तीको प्रक्रिया अघि बढाउन बास्कोटाले चासो देखाएका छैनन् । बैठकमा एनसेलको कर प्रकरणबारे प्रश्न उठ्यो तर मन्त्री बास्कोटाले कुनै जवाफ दिएनन् । नेपाल टेलिकमको सेवाको गुणस्तरबारे सांसदहरुले प्रश्न गरे तर मन्त्रीले उल्टै ‘कति टेलिकमको मात्रै कुरा गरेको अरु कम्पनीले पनि सेवा दिईरहेका छन् । तिनका बारेमा पनि बोल्नुस‘ भन्ने जवाफ दिएका थिए । मन्त्री बास्कोटाले दुरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तीमा जस्तै तदारुकता देखाएका थिए भने यतिबेला नेपाल टेलिकममा पनि प्रबन्ध निर्देशकले आफ्नो बिजनेश योजना अनुसार धमाधम काम गरिरहेका हुन्थे । टेलिकममा नेतृत्व चयनबारे चासो नदेखाएका मन्त्री बास्कोटामाथी टेलिकम डुबाउने खेलमा सामेल भएको आरोप लागेको छ । त्यसो त बास्कोटाले प्राधिकरणको नेतृत्व सुम्पिएका झाले पनि टेलिकम प्रति नकारात्मक सोँच राख्दै आएका छन् । लामो समयसम्म टेलिकमलाई नेतृत्व बिहिन बनाएर एनसेल, स्मार्ट सेल लगायतका कम्पनीहरुको बजार प्रवद्र्धनमा सघाउने षडयन्त्र भैरहेको आरोप पनि लागेको छ ।‘टेलिकममा नयाँ नेतृत्व नआउँदा बजार विस्तार, गुणस्तर सुधार, नयाँ प्रडक्ट ल्याउने काम रोकिन्छ, त्यतिञ्जेल प्रतिष्पर्धी कम्पनी धेरै अघि बढिसकेको हुन्छ, यस्तै षडयन्त्रमा नेपाल टेलिकम फसेको अनुभूति गरेका छौं’, श्रोतले भन्यो । नेपाल दुर सञ्चार प्राधिकरणमा दिगम्बर झाको नियुक्तीबारे प्रश्न उठ्यो तर उनले झाको पनि नाम उच्चारण गरेनन् । बरु नियुक्ती कानुन सम्बत भएको प्रष्टिकरण दिए । समितिले प्राधिकरणमा झालाई नियुक्त गर्नुको कारण १५ दिनभित्र पेश गर्न निर्देशन दिएको थियो । तर मन्त्रालयले अझै समितिलाई कारण सहितको जवाफ दिएको छैन् ।
स्याङ्जाको लल्याङमा नेपाल टेलिकमको सेवा विस्तार, ५० घरधुरी लाभान्वित
काठमाडौं । नेपाल टेलिकम, दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको लल्याङमा आफ्नो पिएसटिएन तथा एडिएसएल सेवाको विस्तार गरेको छ । विस्तार पश्चात अब लल्याङका करिब ५० घरधुरी प्रत्यक्ष रुपमा पिएसटिएन तथा एडिएसएल सेवाको उपभोगबाट लाभान्वित हुन सक्ने नेपाल टेलिकम गल्याङ्का कार्यालय प्रमुख रामराज उपाध्यायले जानकारी दिए । गल्याङस्थित नेपाल टेलिकमबाट मात्र करिब दुई किलोमिटरको दुरीमा रहेको लल्याङमा करिब पाँच वर्ष अघिदेखि उक्त सेवा विस्तारको प्रयास गरिएको थियो तथापी हाल आएर नयाँ नेटवर्किङ गरि सम्पन्न भएकोमा त्यहाँका वडा अध्यक्ष महेश भट्टराइले खुसी व्यक्त गरेका छन् । नेपाल टेलिकमको पिएसटिएन (पब्लिक स्विच्ड टेलिफोन नेटवर्क) फिक्ड ल्याण्डलाइन हो जस्बाट पाँच एमबीपिएससम्म स्पिड क्षमता भएको ब्रोडव्याण्ड एडिएसएल इन्टरनेट सस्तो दरमा चलाउन सकिन्छ ।
नेपाल टेलिकमले इन्टरनेटको मूल्य घटायो, प्रतिएमबीपीएस २ हजार ७०० रुपैयाँ
काठमाडौं । नेपाल टेलिकमले असोज १ गतेदेखि इन्टरनेट लिज सेवाको महसुल दर घटाएको छ । बजार अवस्था र सेवाग्राहीको मागलाई ध्यानमा राखी महसुल दरलाई कम गरी थप आकर्षक तथा समसामयिक बनाइएको टेलिकमले जनाएको छ । कम्पनीको अनुसार अनुसार ५१२ केबीपीएसको महसुल दरप्रति महिना १ हजार ६ सय रुपैयाँ कायम गरिएको छ । त्यसैगरी १ देखि १० एमबीपीएसको प्रति एमबीपीएस २ हजार ७ सय, ११ देखि १०० एमबीपीएसको प्रति एमबीपीएस २ हजार ४ सय र १०० एमबीपीएस भन्दा माथिको महसुल दर प्रति एमबीपीएस २ हजार १ सय रुपैयाँ तोकिएको छ । उल्लिखित दरमा थप कर लाग्ने छ । साथै कर्पोरेट ग्राहकहरुले नेपाल टेलिकमको आईपी नेटवर्क प्रयोग गरी आफ्नो मल्टिपल प्वाइन्टहरु कनेक्ट गर्नको लागि इन्टरनेट लिज सेवाको उपयोग गर्न सक्ने कम्पनीले जनाएको छ । पहिले न्यूनतम २५६ केबीपीएस ब्यान्डविथको इन्टरनेट लिज लाइन उपलब्ध गराइएकोमा अब न्यूनतम ५१२ केबीपीएस ब्यान्डविथको लिज लाइन उपलब्ध गराइने छ । हाल २५६ केबीपीएस ब्यान्डविथको लिज लाइन प्रयोग गरिरहेका ग्राहकहरुको समयावधि सकिएपछि स्वचालित रुपमा ५१२ केबीपीएसमा अपग्रेड हुनेछ र नयाँ महसुल दर पनि सोही मितिदेखि लागू हुने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । त्यसैगरी असोज १ देखि आगामी मंसिर २९ गते सम्म ९० दिन वाइम्याक्स सेवाको प्रमोसनल अफर अन्तर्गत अनलिमिटेड डाटा प्याकेज लगायत विभिन्न प्याकेज उपलब्ध गराइने भएको छ । यस अन्तर्गत अनलिमिटेड डाटामा थप कर लाग्ने छैन भने भोल्युम वेस्ड प्याकेजमा थप कर लाग्ने छ । सो अनुसार ब्यक्तिगत प्रयोगकर्ताहरुलाई ५१२ केबीपीएस स्पिडको अनलिमिटेड डाटा भोल्युम १५ सय रुपैयाँमा उपलब्ध गराइने छ । सो प्याकेज चलाउने समयावधि एक महिना हुनेछ । गाउँपालिकाहरुका लागि यही क्षमताको प्याकेज १ हजार रुपैयाँमा उपलब्ध गराइने छ । त्यसैगरी २ एमबीपीएस गति सम्मको वाइम्याक्सको विभिन्न भोल्युम बेस्ड प्याकेज उपलब्ध गराइने छ । यस अनुसार १५ दिनका लागि ५ सय रुपैयाँमा १० जीबी, १ महिनाका लागि १ हजार रुपैयाँमा २० जीबी, ३ महिनाका लागि ३ हजार रुपैयाँमा ७० जीबी र ६ महिनाका लागि ६ हजार रुपैयाँमा १७५ जीबी भोल्युम उपलब्ध गराइने छ । १ बर्षका लागि १२ हजार रुपैयाँमा ५०० जीबी र २० हजार रुपैयाँमा १ हजार जीबी प्याकेज तथा १ वर्षे कर्पोरेट प्याकको रुपमा ३५ हजार रुपैयाँमा २३०० जीबी प्याकेज उपलब्ध गराइने कम्पनीले जनाएको छ ।