काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब ४९ करोड रुपैंया खुद मुनाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही समयको तुलनामा करिब ४९ करोडले बढी हो । टेलिकमको उक्त नाफाको आधारमा प्रतिशेयर आम्दानी ११९ रुपैंया ७५ पैसा कायम भएको छ ।
टेलिकमले उक्त अवधिमा कुल १० अर्ब ८५ करोड रुपैंया आम्दानी गरेकोमा ९ अर्ब ४९ करोड सेवा शुल्कबापत र बाँकी १ अर्ब ३६ करोड अन्य लगानीबाट कमाएको छ । कम्पनीको उक्त अवधिको कुल खर्च भने अर्ब ९५ करोड रुपैंया भएको विवरणमा उल्लेख छ ।
कम्पनीको मूल्य आम्दानी अनुपात ६.५१ गुणा र प्रतिशेयर नेटवर्थ ६८६.६० रुपैंया छ ।