सौराहामा नेपाल टेलिकमको एफटीटीएच सेवा शुभारम्भ

<p>काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले चितवनको सौराहामा नेपाल टेलिकमको एफटीटीएच सेवाको शुभारम्भ गरेका छन् । दूरसञ्चार कार्यालय सौराहामा आयोजित सो कार्यक्रममा मन्त्री बाँकोस्टाले एफटीटीएच सेवामार्फत उपलब्ध भ्वाइस सुविधा प्रयोग गरी रत्ननगर नगरपालिकाका मेयर नारायण बनलाई टेलिफोन कल गरी सेवाको औपचारिक शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले यो वर्ष [&hellip;]</p>


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले चितवनको सौराहामा नेपाल टेलिकमको एफटीटीएच सेवाको शुभारम्भ गरेका छन् । दूरसञ्चार कार्यालय सौराहामा आयोजित सो कार्यक्रममा मन्त्री बाँकोस्टाले एफटीटीएच सेवामार्फत उपलब्ध भ्वाइस सुविधा प्रयोग गरी रत्ननगर नगरपालिकाका मेयर नारायण बनलाई टेलिफोन कल गरी सेवाको औपचारिक शुभारम्भ गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले यो वर्ष धेरै आयोजनाहरु कार्यान्वयनको क्रममा रहेकाले नेपाल टेलिकमका लागि समृद्धिको वर्ष हुने बताए । उनले सरकारको डिजिटल नेपालको लक्ष्यलाई साकार बनाउनका लागि कम्पनीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने र कम नाफा हुने स्थानमा समेत कम्पनीका सेवा सुविधा उपलब्ध गराउनु पर्ने बताए ।

सो शुभारम्भ कार्यक्रमका अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सरकारको सामाजिक, आर्थिक, शैक्षिक, प्राविधिक आदि क्षेत्रका नीतिलाई साकार बनाउन कम्पनीले पहल गरिरहेको र आगामी दिनमा समेत यो क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्दै ग्रामीण क्षेत्रमा समेत सूचना प्रविधिको पहुँच पु¥याउनका लागि सदैव अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा प्रदेश सभा सदस्य कृष्ण खनालले प्रविधिलाई जनतासँग जोड्न टेलिकमले खेलेको भूमिकाको सराहना गरे । सोही अवसरमा नेपाल टेलिकम, वीरगन्ज क्षेत्रीय निर्देशनालयका निर्देशक अमलेन्दु नारायण सिंहले सेवालाई चुस्त दुरुस्त रुपमा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत मटुकआनन्द वैद्य लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति थियो । सौराहामा हाल जडित एफटीटीएचको क्षमता १ हजार २४ लाइनको रहेको छ र निकट भविष्यमा आवश्यकता बमोजिम क्षमता अभिवृद्धि गरी वितरण गर्ने कार्यक्रम रहेको छ ।

Share News