बैंकमा काम गर्ने अवसर, नेपाल बैंकले माग्यो ४६ जना कर्मचारी
काठमाडौं । जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । नेपाल बैंकले विभिन्न पदहरुमा कर्मचारीको माग गरेको छ । बैंकले चौथो तहदेखि छैटौंतहसम्मका पदहरुका लागि कर्मचारी माग गरेको हो । बैंकले ४६ जना कर्मचारी माग गरेको हो । बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्न लागेको हो । बैंकले सहायक प्रबन्धक छैटौं तह र सहायक चौथो पदका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्य नेपाली नागरिकले आज १ असारदेखि २१ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । दोब्बर दस्तुर तिरेर थप एक साता असार २८ गतेसम्म आवेदन दिन सकिनेछ ।
स्वाभिमान लघुवित्तमा आर्कषक रोजगारीको अवसर
काठमाडौं । रोजगारी खोज्नेहरुको लागि खुसिको खबर छ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि ११ जना कर्मचारी माग गरेको हो । कम्पनीले प्रबन्धकमा २ जना, कनिष्ठ अधिकृतमा २ जना, बरिष्ठ सहायकमा २ जना र सहायकमा ५ जना गरी कुल ११ जना कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्रविणता प्रमाणपत्र तहदेखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले आवश्यक कागजात संकलन गरी असार ११ गतेसम्म आवेदन दिन सकिनेछ ।
नेपाल वन सेवाले माग्यो २२९ जना कर्मचारी, रुख चढ्न जान्नेलाई अवसर
काठमाडौं । जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । नेपाल वन सेवामा विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । नेपाल वन सेवाले विभिन्न पदमा २२९ जनाका लागि कर्मचारीको माग गरेको हो । लोक सेवा आयोगले बुधबार एक सूचना प्रकाशित गर्दै नेपाल वन सेवाको श्रेणीविहीन पदहरुका लागि खुला र समावेशी प्रतियोगितात्मक परीक्षामार्फत विभिन्न पद पूर्तिका लागि विज्ञापन खुलाएको हो । आयोगले वन सेवा अन्तर्गत गेम स्काउट, वन रक्षक तथा माहुत पदका लागि रोजगार खुलाएको सूचनामा उल्लेख गरेको छ । आयोगको धनकुटा कार्यालयबाट ११ जना, खोटाङ कार्यालयबाट १७ जना, काठमाडौं कार्यालयबाट ३२ जना, हेटौंडा कार्यालयबाट ४५ जना, पोखरा कार्यालयबाट २ जना, बागलुङ कार्यालयबाट १३ जना, दाङ कार्यालयबाट ४४ जना, जुम्ला कार्यालयबाट २७ जना, दिपायल कार्यालयबाट ७ जना र महेन्द्रनगर कार्यालयबाट ३१ जनाका लागि रोजगारी खुलाएको हो । आयोगका अनुसार शारीरिक परीक्षण, तन्दुरुस्ती परिक्षा, प्रयोगात्मक परिक्षा तथा लिखित र अन्तर्वार्तामार्फत रोजगारी दिइनेछ । इच्छुक आवेदकले नियमित दस्तुरमा असार १९ गतेसम्म र दोब्बर दस्तुरमा असार २६ गतेसम्म आवेदन दिन सक्ने आयोगले जनाएको छ ।