ज्योति लाईफकाे प्रमुख कार्यकारी अधिकृतमा प्रकाश खत्रीकाे नाम स्वीकृत

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बीमा समितिले प्रकाश बिक्रम खत्रीकाे नाम स्वीकृत गरेकाे छ । कम्पनीकाे सञ्चालक समितिले खत्रीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने प्रस्ताव गर्दै बीमा समितिसँग स्वीकृत मागेकाे थियाे । कम्पनीकाे प्रस्तावअनुसार समितिले खत्रीकाे नाममा सहमति दिएकाे बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पाैडेलले जानकारी दिए । समितिले स्वीकृत गरेकाे जानकारी भएपनि नियुक्ति सम्बन्धि अन्तिम निर्णय कम्पनीकाे सञ्चालक समितिबाट हुन बाँकी रहेकाे खत्रीले बताए । आगामी साता बस्ने कम्पनीकाे सञ्चालक समितिले निर्णय लिने उनले बताए । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको स्थापना कालदेखि नै नायव प्रमुख कार्यकारी अधिकृत थिए । साथै, उनले विगत तीन वर्षदेखि कामु प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी समेत समालेका थिए । कम्प्युटर साईन्समा स्नातकोत्तर गरेका खत्रीसँग संसारकै ठूलो मानिने बाराक्लेज बैंकमा ५ बर्ष काम गरेकाे अनुभव छ । बेलायतको केन्द्रिय कार्यालयमा काम गरेका उनी नेपाल फर्किएर लक्ष्मी बैंकको मेनेजरका रुपमा ४ वर्ष थप जिम्मेवारीमा रहे । नेपाल लाइफ र एनआईसी एसिया बैंकको सञ्चालककाे समेत अनुभव हासिल गरेकाे छन् ।

डेढ महिनादेखि हप्ताको ५ लाख खर्च गरेर उद्योगमा मजदुर पालेका छौं, अब नसक्ने भयौं

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाईरसको जोखिम नियन्त्रण गर्न सरकारले देशभर लकडाउन जारी गरेकाे पनि १ महिना ९ दिन भइसक्यो । लकडाउनको प्रभाव दैनिक ज्यालादारी गरेर विहान बेलुका छाक टार्ने परिवारहरुमा बढी परेका छ । ईटा उद्याेगमा काम गर्नेहरू पनि यस्तै अवस्थाका मजदुर हुन् । लकडाउनको कारणले ५० प्रतिशत ईटा उत्पादनमा कमी आउने भएको छ । लकडाउनभन्दा पहिले १२ रुपैंया पर्ने ईटाकाे मूल्य अब १५ रुपयाँ पर्ने भएको छ । लकडाउनको कारणले उत्पादनमा कमी आएकाले मूल्य वृद्धि हुने भएको छ । अघिल्लो वर्षकाे तुलनामा यो वर्ष ईटाकाे मूल्य २५ प्रतिशत वृद्धि हुन्छ । लकडाउनको कारणले कच्चा पदार्थ ल्याउन समस्या परेको छ । मजदुरले काम गर्न पाएका छैनन् । उद्याेग बन्द छन् । सामान्य अवस्थाकाे तुलनामा ५० प्रतिशत उत्पादन कम हुँदा पनि निर्माण कार्यका लागि भने अभाव हुदैन । लकडाउनको कारणले गर्दा अघिल्लो वर्ष जस्तो धेरै भौतिक संरचनाहरु निर्माण हुदैन् । घर बनाउने सोचमा भएकाहरु पनि लकडाउनको कारणले घर निर्माण गर्ने योजनालाई केही वर्ष पछाडी सार्ने छन् । ईटाकाे वार्षिक बजार करिब ४० अर्ब रूपैयाँको छ । प्रतिवर्ष ३ अर्ब वटा ईटा उत्पादन गरेर बजारमा बिक्री हुने गरेको छ । लकडाउनका कारण उद्योगमा दैनिक ज्यालादारी गरि बिहान बेलुकाको छाक टार्नेहरु काम ठप्प हुदाँ न घर जान पाएका छन्, न काम नै गर्न पाएका छन् । देशभर संचालित ईटा उद्योगहरुमा प्रत्यक्ष रुपमा मात्रै झण्डै ३ लाख मजदुरले रोजगारी पाएका थिए । कडाउन सुरु भएपछि उद्योगमा रहेका मजदुरलाई दैनिक खाद्यान्नको व्यवस्था कसरी गर्ने भन्ने सबैभन्दा ठूलाे समस्या परेको छ । सरकारले लकडाउन गरे पनि मजदुर घर जान पाएनन् । उद्योगमा नै रहेक मजदुरहरुलाई १ हप्ताका लागि खाद्यान्नको व्यवास्था गर्न थोरैमा पनि ५ लाख रूपैयाँ लाग्छ । लकडाउनको घोषणाले सवारी साधनसँगै उद्योग बन्द छन् । अहिलेसम्म मजदुरको खाद्यान्नको व्यवस्था उद्योगका संचालकहरुले गरिदिएका छन् ।तर, यसकाे व्यवस्था गर्न पनि उद्याेगीलाई समस्या भएकाे छ । उद्योगमा काम गर्न अन्यत्रै बाट आएकाहरु घर फर्किन पाएका छैनन् । उद्योग बन्द हुदाँ समस्यामा परेका छन् । विशेषगरी महिला, बालबालिकाहरुलाई मध्यनजर गर्दै संचालकहरुले नै सबै व्यवस्था मिलाइदिएका छन् । मजदुरको खानपिनकाे व्यवस्थाकाे लागि सरकारसँग सहयाेग मागिरहेका छाैं । लकडाउनका कारण उद्योगहरु बन्द छन् । उद्योग बन्द भएको कारणले मजदुर काम विहीन भएका छन । उद्योगले उत्पाद गरेको इट्टा बिक्री भएको छैन । आर्थिक कारोबार नभए पछि उद्यागीहरुले मजदुरलाई खान र बस्नको व्यवस्था गर्न समस्या परिरहेकाे त्यसैले सरकारले सहयाेग गर्नुपर्छ भन्ने कुरा हाे । लकडाउनको कारणले विभिन्न उद्योग, कल–कारखाना लगायत विकास निर्माणका क्षेत्रमा मजदुरी गर्न आएकाहरुमध्ये काेही आफै पनि सकसपूर्ण तरिकाले फर्किए । नजिकका जिल्लाका  केहीमजदुरहरुलाई उद्योग आफैले नै सवारीपासको व्यवस्था मिलाएर घर पठाइदिएका छन् । सवारी साधनको खर्च, खाजासहितको व्यवस्था मिलाई पठाइएका थिए । लकडाउनको कारणले विश्वभरको नै अर्थतन्त्रमा नकारात्मक प्रभाव परिसकेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि देशभर लकडाउन जारी भएको आज १ महिना ९ दिन भइसकेको छ । लकडाउनको प्रभाव ईटा उद्योगलाई पनि उतिकै परिरहेको छ । केही महिना पहिले काठमाडौं उपत्यकाभित्रका सबै स्थानीय तहले ईटा उद्याेग हटाउन पत्राचार गरेका थिए । वातावरणमा नकारात्मक असर परेकाेले बन्द गर्नु पर्ने स्थानीय सरकारकाे भनाइ थियाे । स्थानीय तहकाे त्याे निर्णयका कारण उद्याेग त्यसैपनि सकसमा थिए । लकडाउनले फेरि समस्या थपिदियाे । स्थानीय तहको पत्रले विभिन्न जिल्लाका केही उद्योगहरु बन्द नै भएका थिए भने केही उद्योगहरुले समस्याको समाधान गरेर सञ्चालन गरेका थिए । सञ्चालन गरेको केही समयपछि लकडाउनको कारणले उद्योगहरु बन्द भएका छन् । ईटा उद्योगहरूले आगामी वर्षको लागि श्रमिकलाई पेशकी र कच्चा पदार्थका लागि पैसा तिरिसकेकोले उद्योग सञ्चालन नहुँदा ठूलो समस्या परेका छन् । एउटा उद्योगमा कम्तिमा पनि २ करोड रूपैयाँ लगानी चाहिन्छ । र, प्रत्येक उद्योगहरुले बैंकबाट कम्तिमा १ करोड रूपैयाँ कर्जा लिएकाे हुन्छन् । उद्योग बन्द हुँदा बैंकको लगानी पनि डुब्ने भएको छ । सरकारले उद्योहरुलाई सहुलिएत कर्जा र पहिलेको बैंकको व्याजमा सहुलिएत दिए सहज हुने थियो । देशभर १२ सय उद्योग छन् । यी उद्याेगमा २५ अर्ब रूपैयाँ लगानी रहेको छ । ती उद्योगहरुमा ३ लाखले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । काठमाडौं उपत्यकामा मात्रै करिब १ सय १० वटा इट्टा उद्योगहरु सञ्चालमा छन् । राजधानीका उद्योगले करिब ४० हजारलाई रोजगारी दिएका छन् । (नेपाल ईटा उद्योग महासंघका अध्यक्ष महेन्द्र चित्रकारसगँ विकासन्युजका लागि राजाराम न्यौपानेले गरेको कुराकानीमा अधारित)

विश्वमा साढे दुई अर्व श्रमिकको रोजीरोटी खोसिदै

काठमाडौं । आइएलओका अनुसार विश्वमा रहेका श्रमिकमध्ये आधा जति श्रमिकहरुको रोजीरोटी खोसिदै छ, यो संख्या भनेको २ अर्व ५० करोड हो । अनौपचारिक क्षेत्रका श्रमिकहरु सबैभन्दा बढी जोखिममा छन्, जो बाँच्नै नसक्ने अवस्थामा पुगेको देखिन्छ । विविसीका अनुसार २०२० मार्च यता अमेरिकामा २ करोड ६० लाख मानिस वेरोजगार बनेको तथ्याङ्क छ । अमेरिकी अर्थतन्त्रमा ४.८ प्रतिशत गिरावट आएको छ र यो एक दशककै सबैभन्दा खराब अवस्था हो । चीनको अर्थतन्त्रमा ६.८ प्रतिशदले गिरावट आएको छ र यो सन् १९९२ यताको सबैभन्दा खराव अवस्था हो । जर्मनीको अर्थतन्त्रमा ६.३ प्रतिशतले गिरावट आएको छ । नेपालको केन्द्रीय तथ्याङ्क विभागका अनुसार यो वर्षको नेपालको आर्थिक वृद्धिदर २.२७ मात्र हुने वताएको छ तर लक्ष्य ८ प्रतिशत थियो । विश्व बैंकको प्रक्षेपण अनुसार दक्षिण एशियाली देशहरुको आर्थिक वृद्धिदर १.८ देखि २.८ सम्म मात्र कायम हुनेछ ।