सानिमा जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सुद्युम्न उपाध्याय नियुक्त

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुद्युम्न उपाध्याय नियुक्त भएका छन् । गत शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उपाध्यायलाई आगामी चार वर्षका लागि सीईओ पदमा नियुक्त गरेको सञ्चालक डा हेमन्तकुमार दवाडीले जानकारी दिए । उपाध्यायलाई सीईओमा नियुक्त गर्ने कम्पनीको प्रस्तावलाई बीमा समितिले गत साता स्वीकृत दिएको थियो । नब नियुक्त सीईओ उपाध्यायले आईतबारदेखि जिम्मेवारी समालेका छन् । विगत २३ वर्षदेखि बीमा क्षेत्रमा कार्यरत उपाध्याय यसअघि प्रिमियर इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत थिए । प्रिमियरमा ४/४ वर्षको दुई कार्यकाल सकेपछि उनी कुलिङ पिरियड बिताउन घरमा बसेका थिए । सानिमा जनरल इन्स्योरेन्स स्थापनाकाल देखि नै उपाध्ययले बाहिरबाट अनौपचारिक रुपमा सहयोगि भूमिकामा खेलेको बताइएको थियो । कम्पनीले सेवा सञ्चालन गरेकाे २ वर्षपछि उनलाई नै  प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएकाे छ । अहिलेसम्म प्रमुख कार्यकारी अधिकृत पद खाली थियो भने व्यवस्थापकीय नेतृत्व नायव महाप्रबन्धक सुबोधलाल श्रेष्ठले गर्दै आएका थिए ।

राेजगारी सिर्जना र स्वराेजगार बनाउन कस्ता कार्यक्रम ल्याउँदै छ सरकार ?

काठमाडौं । कोरोना सन्त्रासका कारणले विश्वभर नै धेरैकाे रोजगारी गुमेको छ । नेपालमा पनि कोरोना असर  गम्भीर रूपमा देखिएकाे छ । विदेशमा रहेका करिव ५० लाख नेपालीले पनि राेजगारी गुमाउने अवस्था सिर्जना भएकाे छ । ती नेपालीहरुलाई लक्षित गरेर सरकारले विभिन्न परियोना निर्माणको काम सुरु गरेको हो । २ महिनादेखि अतिआवश्यक बस्तु उत्पादन गर्ने बाहेकका उद्योग कलकारखाना बन्द छन् । नेपालमा अब नयाँ रोजगारी कसरी दिन भनेर नै चर्चा हुँदै आएको छ । नेपालमा रोजगारीको अवस्था अन्य मुलुकभन्दा फरक छ । कलकारखाना थोरै छन् । साना तथा घरेलु उद्योगहरु पनि थोरै छन् । ती क्षेत्रमा रोजगारीको अवसर पनि सीमित छ । देशमा नै अन्तरिक उत्पादनलाई बढवा दिनसके नयाँ रोजगारी सिर्जना हुनेछ । सरकारले पनि नयाँ क्षेत्रमा रोजगारी सिर्जना गर्ने भनिरहेको छ । वैदेशिक रोजगारबाट नेपाल फर्किएका र पछि फर्किने नेपालीलाई कसरी रोजगार दिने भनेर आउने बजेटमा सबै मन्त्रालयले समेटने प्रयास गरिरहेको छन् । सरकारले विदेशबाट आएका र स्वदेशमै भएका विरोजगारहरुलाई रोजगारी दिने र स्वराेजगार बनाउने लक्ष्यकासाथ काम गरिरहेको बताउने गरेकाे छ । भूमि बैंक, प्रधामन्त्री कृषि अधुनिकिकरण परियोजना, प्रधानमन्त्री रोजगार कार्यक्रम, लघु उद्यम परियोजन, समृद्धि परियोजना र औद्योगिक ग्रामसगँ जोडेर विदेशबाट आएका र स्वदेशका नै विरोजगार भएर बसेका नेपाली नगरिकलाई सरकारले रोजगारी दिने योजनाको कार्यक्रम निर्माण गरिरहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुमन घिमिरेले सरकारले अन्तरिक रोजागर सिर्जनाका लागि अब आउने बजेटमा केही पुराना परियोजनालाई निरन्तरता दिने र केही नयाँ योजना आउने बताए । ‘सरकार वैदेशिक रोजगारीलाई बाध्यकारी नभइ स्वदेशमा नै रोजगारी सिर्जना गर्ने कार्यमा लगेको छ, नयाँ बजेटले रोजगारीका क्षेत्रहरुलाई कति र कसरी समेट्छ भन्ने जिज्ञासा पनि छ, बजेटपछि मात्रै कति र कसरी रोजगारी दिन सकिन्छ भन्ने जानकारी हुनेछ,’ घिमिरेले भने । उनले प्रधामन्त्री कृषि आधुनिकिकरण परियोजना, प्रधानमन्त्री रोजगार कार्यक्रम, लघु उद्यम परियोजना, समृद्धि परियोजना र औद्योगिक ग्राममा आवद्ध गरेर विदेशबाट आएकाहरुलाई उत्पादनमूलक साना उद्योग जोडेर रोजगार दिने कार्य योजना बनाइएको बताए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सूचना अधिकारी तथा उपसचिव टोलराज उपध्यायले सकारले नीति तथा कार्यक्रममा भूमि बैंकलाई केही समेटेको र बजेटमा के कसरी प्रयोग गर्ने भनेर उल्लेख हुने बताए । उनले भने अघिल्लो वर्षको बजेटमा पनि भूमि बैंक भनेर आएको थियो जानकारी दिए । तर त्यसमा खासै केही काम भएन । ‘अब आउने नयाँ बजेटले के कसरी भूमिको बैंकको व्यवस्था गर्ने भनेर उल्लेख गर्नेछ, नयाँ रोजगारीका लागि भूमि बैंक उपयोगी पनि हुने छ,’ उपध्यायले भने । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव बिनोद केसीले केही दिन अगाडी एक कार्यक्रममा भूमि बैंकमा भूमि हुनेले भूमि राख्न पाउने र अवश्यक पर्नेले त्यो भूमि प्रयोग गर्न सक्ने बताएका थिए । तर भूमि के कसरी प्रयोग गर्ने भनेर नीति भने बनिसकेको छैन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले स्वदेशमा भएका र विदेशबाट आएकाहरुलाई उत्पादनमूलक उद्योगमा जोडेर उत्पादन गर्ने नयाँ रोजगारी सिर्जना हुने बताए । ‘विदेशबाट फर्केका युवाको सीप प्रमाणीकरण गरी युवालाई सरकारले सहजिकरण गर्नेछ, नयाँ उद्योग सञ्चालन गर्न चाहानेलाई कति पैसा दिने हो भनेर कार्ययोजना निर्माण भइरहेको छ, कृषि, श्रमलगायतका मन्त्रालयहरुसगँ समन्वाय गरी काम भइरहेको छ,’ सचिव घिमिरेले भने ।

कोरोनाबाट विश्वभर १ सय १७ नेपालीको मृत्यु, १२ हजारभन्दा बढी संक्रमित

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विश्वभर १ सय १७ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) काे तथ्यांक अनुसार संसारभरी १२ हजार ८ सय २१ जना नेपाली कोरोना संक्रमित रहेका छन् । संक्रमितमध्ये ४ हजारभन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको एनआरएनएले जानकारी दिएको छ । शनिबार (२३ मे २०२०) साँझसम्म एनआरएनएको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार यो साता थप २१ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका जानकारी दिएको । मृत्यु हुनेमा ९५ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ । त्यस्तै, ५० देखि ९० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ५३ प्रतिशतको निधन भएको छ । यो साता मात्र युएईमा ९, साउदी अरबमा ५, युकेमा २, नेपालमा २, अमेरिकामा १, कतारमा १ र कुवेतमा १ जना नेपालीको मृत्यु भएको छ । एनआरएनएको स्वास्थ्य समिति संयोजक डा. सञ्जीव सापकोटाका अनुसार सबैभन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ । हालसम्म युएईमा १८ जना नेपालीको कोरोनाबाट मृत्यु भइसकेको छ । अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीको संख्या १६ पुगेको छ । साउदी अरबमा ७, नेपालमा ३, कतारमा १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १, कतारमा १ र कुवेतमा १ जनाको मृत्यु भएको छ । गैरआवासी नेपाली संघको स्वास्थ्य समितिको तथ्यांक अनुसार २३ प्रतिशत ४० देखि ५० वर्ष उमेर समूहका छन् । ४० वर्षभन्दा कम उमेर समूहमा निधन हुने नेपालीको संख्या १६ प्रतिशत छ । अमेरिका र युरोपियन मुलुकमा कोरोनाले भयावह स्थिति पैदा गरेको छ भने पछिल्लो दिनमा कोरोना संक्रमण मध्यपूर्वी देशमा बढ्दै गएको छ । संघले स्वास्थ्य, आर्थिक, विद्यार्थी, श्रमिक, महिला लगायतका उपसमितिको गठन गरि विश्वव्यापी रुपमा आफ्नो संजाललाई कोरोना पिडितको लागि एनआरएनएले राहत वितरण गर्न परिचालन गरिरहेको छ ।