लुम्बिनी जनरल इन्स्योरेन्सको सञ्चालकमा रेग्मी र बैकल्पिक सञ्चालकमा ढकाल नियुक्त
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा लुम्बिनी विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी नियुक्त भएका छन् । त्यस्तै, बैंकको नायव प्रमुख कार्यकारी अधिकृत पवन ढकाल इन्स्योरेन्सको बैकल्पिक सञ्चालकमा नियुक्त भएका छन् । यसअघि कम्पनीको संस्थापक सेयरधनीहरुको समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व रहेको लुम्बिनी विकास बैंकको तर्फबाट गणेश राज रेग्मीले प्रतिनिधित्व गर्दै आएका थिए । उनको सट्टामा इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लुम्बिनी विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी र वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत ढकाललाई बैकल्पिक सञ्चालकमा नियुक्त गरेको हो ।
१ सय ५८ नेपाली कतारबाट स्वदेश फर्किए
काठमाडाैं । कोरोना भाइरसको कारण कतारमा अलपत्र परेका १ सय ५८ जना नेपाली स्वदेश फर्किएका छन् । हिमालयन एयरलाइन्स उडान न एचआईएम–५६३२ मार्फत कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान २ः०७ बजे एक सय ५८ जना स्वदेश फर्किएका हुन् । फर्कनेहरुमा ३ जना गर्भवती, ७ जना सुत्केरी, २ जना नाबालक र १ सय ४६ जना पुरुष रहेका छन् । दूतावासको प्राथमिकतामा परेका दीर्घ रोगी, जागिर गुमेका पीडितहरु छन् । रोजगारदाताले दिएको टिकट र कोही आफ्नै खर्चमा नेपाल फर्केका हुन् । नेपाली दूतावास दोहाका अनुसार यो पहिलो चरणको तेस्रो उडान हो । दोहास्थित नेपाली दूतावासका प्रतिनिधि र एनआरएनए कतारका पदाधिकारीहरु विदाइका लागि विमानस्थलमा पुगेका थिए ।
विदेशबाट फर्केकालाई ‘मेयर रोजगार कार्यक्रम’
बलेवा । कोभिड-१९ ले प्रभावित युवा र बेरोजगारीको समस्या हल गर्न बागलुङको ढोरपाटन नगरपालिकाले ‘मेयर रोजगार कार्यक्रम’ सञ्चालनमा ल्याउने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख देवकुमार नेपालीले रोजगारी सिर्जना गर्दै बेरोजगारको अन्त्यका लागि ‘मेयर रोजगार कार्यक्रम’ सञ्चालन गर्न लागिएको बताए । कृषि, पर्यटन, साना उद्योग तथा स्वरोजगारमूलक व्यवसायमा जोड दिने नीति नगरले लिएको छ । नागरिक स्तरमा स्वास्थ्यको सहज पहुँचका लागि नगरपालिकाले ‘गाउँगाउँमा नगर स्वास्थ्य कार्यक्रम’ समेत सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रोजगारीपछि स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखिएको छ । विपन्न नागरिकको स्वास्थ्यमा पहुँच पु¥याइने नीति तथा कार्यक्रममा उल्लेख छ । बागलुङको बजेट झण्डै एक अर्ब कोरोना प्रभाव र सामाजिक सुरक्षा भत्ता समावेश नगर्दा बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा कम प्रस्ताव गरेको छ । बुधबार सातौं नगरसभाको दोस्रो बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उप–प्रमुख सुरेन्द्र खड्काले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेट रु नौ करोडले घटेको विवरण प्रस्तुत गरे । बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि झण्डै ९५ करोडको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख सुरेन्द्र खड्काले ९४ करोड ७७ लाख ८७ हजार ५ सय ३५ रूपैयाँको बजेट प्रस्तुत गरे । शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको नगरपालिकाले बजेटको खर्च भने सामाजिक विकासमा सबैभन्दा धेरै गर्ने अनुमान प्रस्तुत गरेको छ । आर्थिक विकासमा ५ करोड रूपैयाँ, पूर्वाधार विकासमा १८ करोड रूपैयाँ र सामाजिक विकासका लागि ४७ करोड रूपैयाँबजेट विनियोजन गरेको उपप्रमुख खड्काले नगरसभामा जानकारी गराए । ‘पूर्वाधार संरचना बीमा’ काठेखोला गाउँपालिकाले पूर्वाधार विकासका काममा ३५ प्रतिशत संरचना निर्माणको कामलाई ५० प्रतिशत पुर्याउँदै संरचनाको बीमा गर्ने कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष अमर थापाले संरचनाको बीमा कार्यक्रमलाई प्राथमिकतामा राखेको उल्लेख गरे । जिल्लामा पूर्वाधार संरचनाको बीमा गर्ने यो नै पहिलो स्थानीय तह हुनेछ । पूर्वाधारको संरचना बीमामा सहभागी हुँदा त्यसको क्षतिपूर्ति दिलाएर पुनःनिर्माणमा सहज हुने भएकाले पूर्वाधार संरचना बीमा कार्यक्रम लागू गर्न थालिएको अध्यक्ष थापाले बताए । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड २० लाखको बजेटसमेत सातौँ गाउँसभामा प्रस्तुत गरेको छ । जिल्लाको बडिगाड गाउँपालिकाले आगामी आर्थिक वर्षमा गाउँ कार्यपालिकाको भवन र सबै वडा कार्यालयका भवन निर्माण गर्ने भएको छ । बुधबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै गाउँपालिकाले उत्पादनमा जोड दिँदै पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको हो । आगामी आर्थिक वर्षका लागि बडिगाडले ५३ करोड दुई लाख ६९ हजार ७ सय ४८ को बजेट ल्याएको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य र पशुविकास कार्यक्रमको लागि समान बजेट विनियोजन गरेको छ । ताराखोलाको बजेट ३२ करोड ५४ लाख आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ताराखोला गाउँपालिकाले ३२ करोड ५४ लाख रूपैयाँको बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष दिलकुमारी पुनले बुधबार गाउँपालिकामा आयोजित कार्यक्रममा बजेट प्रस्तुत गरे । ‘स्वदेश फर्केका युवा लक्षित कार्यक्रम’ गलकोट नगरपालिकाले कोरोना त्रासका कारण स्वदेश फर्केका युवा लक्षित कार्यक्रमलाई आगामी आर्थिक वर्षको बजेटमा जोड दिने भएको छ । बुधबार सातौं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख भरत शर्मा गैरेले आगामी आर्थिक वर्षमा राजगारी सिर्जना र स्वरोजगारमूलक कार्यक्रमलाई प्राथमिकतामा राखिने जानकारी गराए । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका कार्यक्रममा केन्द्रित नीति तथा कार्यक्रममा २५ श्ययाको अस्पताल बनाउने योजना उल्लेख छ । स्वरोजगारीमा युवालाई जोड्नका लागि सामूहिक सहकारीमा आधारित कृषि, व्यवसाय र सामूहिक कृषि फर्म संरचनाको लागि अनुदान उपलब्ध गराउने भएको छ । एक गाउँ एक बाली कार्यक्रम सञ्चालन, नागरपालिकाका सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउने नीति तथा कार्यक्रममा उल्लेख छ । बहुमत सदस्य बाहिरिएपछि गाउँसभा स्थगित चालु आर्थिक वर्षको केही योजनाको भुक्तानीमा गाउँपालिकाले अवरोध गरेको भन्दै गाउँसभाका सदस्य सभाहलबाट बाहिरिएपछि जिल्लाको तमानखोला गाउँपालिकाको सातौं गाउँसभा स्थगन भएको छ । गाउँसभामा अध्यक्ष जोकलाल बुढाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि नेपाल कम्युनिष्ट पार्टि ९नेकपा० निकट सदस्य सभाहलबाट बाहिरिएका थिए । आफू निकट उपभोक्ता समितिले निर्माण गरेका भवन र सडकका योजनामा गाउँपालिकाले भुक्तानी रोकेको भन्दै बहुमत सदस्य बाहिरिएपछि गाउँसभा स्थगन भएको हो । गाउँपालिकाले रित नपुगेको भन्दै त्यस्ता योजनाको भुक्तानी रोकेको जनाएको छ । तीन वटा योजनाको सम्पूर्ण भुक्तानी गाउँपालिकाले रोकेको भन्दै नेकपा तमानखोलाले यसअघि विज्ञप्ति जारी गरेर विरोध जनाएको थियो । विपद् व्यवस्थापन कोषमा सवा करोड बागलुङको निसीखोला गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ३८ करोड १३ लाख रूपैयाँको बजेट विनियोजन गरेको छ । बुधबार सातौं गाउँसभामा उपाध्यक्ष शोभाकुमारी कार्कीले प्रस्तुत गरेको बजेट र गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम गाउँसभाबाट सर्वसम्मत पारित भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षमा पनि पूर्वाधार विकास, जडीबुटी, वन पैदावार, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनामा जोड दिएको छ । गाउँपालिकाले बजेटको ‘ब्रेकडाउन’ भने गरेको छैन । कूल बजेटको ५० प्रतिशत पूर्वाधार विकासमा खर्चिने नीति गाउँपालिकाले लिएको छ । सामाजिक विकासमा २० प्रतिशत, आर्थिक विकासमा १५ प्रतिशत, वन तथा वातावरणमा १० प्रतिशत र न्याय तथा सुशासनमा ५ प्रतिशत बजेट विनियोजन गरिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा केन्द्रित बजेटले रु एक करोड १५ लाखको विपद् व्यवस्थापन कोष खडा गरेको छ । कोरोनासँग सम्बन्धित गतिविधि र अन्य विपद्को समेत व्यवस्थापन हुने गरी कोष स्थापना गरिएको गाउँपालिकाले जनाएको छ । कृषिउपज बजारीकरणलाई प्राथमिकता बागलुङको जैमिनी नगरपालिकाले किसानले उत्पादन गरेका कृषिउपजको बजार व्यवस्थापनमा जोड दिएर बजेट विनियोजन गरेको छ । बुधबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै नगरपालिकाले कृषिमा जोड दिएको हो । नगरले आगामी आर्थिक वर्षका लागि रु ६३ करोड ४२ लाख २० हजार ३ सय ३७ को बजेट सार्वजनिक गरेको छ । सुन्तला, कागती, कफी, अलैँची र महको बजारीकरणका लागि नगरपालिकाले २० लाख बजेट विनियोजन गरेको छ । किसानलाई तत्कालै नगद आर्जन गर्न सकिने बालीतर्फ आकर्षित गर्ने र बजारको समस्या भए नगरपालिकाले खरिद गरेर बजारीकरण गर्ने उद्देश्यले बजेटको व्यवस्था गरिएको नगरप्रमुख इन्द्रराज पौडेलले बताए । ‘नगरप्रमुख पशुपालन परियोजना’का लागि ५४ लाख रूपैयाँ, ‘नगरप्रमुख कृषि परियोजना’का लागि १५ लाख रूपैयाँ नियमित कृषि कार्यक्रमका लागि रु २० लाख र नियमित पशुपालन कार्यक्रमका लागि ११ लाख तथा साझेदारीमा कार्यक्रम सञ्चालनका लागि १० लाखलगायत झण्डै २ कराेड पशुपालन तथा कृषि क्षेत्रमा बजेट विनियोजन गरेको छ । कृषि र पशुपालनबाट स्वरोजगार उत्पादन गर्दै कोभिडको महामारीपछिको आर्थिक विकासमा लागिने नगर उपप्रमुख लिला रानाले बताए । रासस