बेष्ट फाइनान्सको सीईओमा उमेश सिंह भण्डारी नियुक्त
काठमाडौं । बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा उमेश सिंह भण्डारी नियुक्त भएका छन् । मंसिर २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले भण्डारीलाई सीईओ पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ भण्डारीले एक कार्यकालसम्म कम्पनीको सीइओ पदको कार्यभार सम्हाल्ने छन् । यसअघि कुमारी बैंककाे डीजीएम पदमा कार्यरत रहेका भण्डारीले बैंकिङ् क्षेत्रकाे राम्राे अनुभब बटुलिसकेका छन् ।
काम नपाउनेहरुलाई रोजगारी दिँदै हाम्रो टीम नेपाल
काठमाडौं । काठमाडौं उपत्यकामा निशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले काम नपाउनेहरुलाई कृषि फार्मममा रोजगारी दिने भएको छ । हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले गास, बास र कपास नहुने व्यक्तिहरुलाई कृषि फार्मममा रोजगारी दिने योजना अनुसार काम भइराखेको बताए । अहिले काठमाडौं उपत्यकामा कोठा लिएर बस्ने तर काम नपाउनेहरुलाई रासन पानीको व्यवस्था गरिदिएको र कोठा पनि नहुने व्यक्तिहरुलाई बस्ने र खाने व्यवस्था गरेको पनि उनले बताए । अब भने कोठापनि नहुने र काम पनि नपाउनेहरुलाई तराईको कुनैठाउँमा कृषि फार्म सञ्चालन गरी रोजगारी दिन लागिएको बताए । अहिले हाम्रो टीम नेपालमा खाना खान आउने मध्येका करिब ७०/८० जनालाई कृषि फार्मममा लगाउने पनि पन्तले बताए । हाम्रो टीम नेपालले मंगलबार काठमाडौंमा कोठा लिएर बसेका तर काम नपाएका व्यक्तिका परिवारहरुलाई खाद्यान्न वितरण गरेको छ । नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले खाद्यान्न उपलब्ध गराएपछि वितरण गरिएको पन्तले बताए ।
एशियन लाईफकाे सीईओमा दिनेशलाल श्रेष्ठ नियुक्त
काठमाडाैं । एसियन लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिनेशलाल श्रेष्ठ नियुक्त भएका छन् । उनलाई सोमबार बीमा समितिले सीईओ बन्नको लागि स्वीकृती दिएकाे बीमा समिति स्राेतले जनाएकाे हाे । बीमा समितिले सीईओ बन्न स्वीकृती दिएसँगै उनी एसियिन लाइफको सीईओमा नियुक्त भएका हुन् । एसियन लाइफ इन्स्योरेन्सले उनलाई सीईओ बनाउनका लागि बीमा समितिमा तीन साताअघि सिफारिस गरेको थियाे । उनी यसअघि गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्समा सीईओको रुपमा कार्यरत थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन पूरा गरेका छन् । उनी विगत १८ वर्षदेखि बैकिङ क्षेत्रमा कार्यरत छन् । एसियन लाईफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठकाे कार्यकाल सकिएपछि विगत असारदेखि नै उक्त पद खाली थियाे भने हाेमबहादुर श्रेष्ठ निमित्त प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारीमा थिए ।