काठमाडौंमा जब फेयर हुने, ३ हजारलाई रोजगारी दिने एस्पायर जब्सको दावी
काठमाडौं । काठमाडौंमा नेपाल जब फेयर–२०२१ को आयोजना हुँदैछ । एस्पायर जब्सले भोली बिहिबारदेखीदेखी आयोजना गर्न लागेको जब फेयर तीन दिनसम्म सञ्चालन हुनेछ । रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाता कम्पनीलाई एकै स्थानमा भेला गराउने उद्देश्यले कार्यक्रम आयोजना हुन लागेको हो । यस फेयरले कामको खोजीमा रहेका युवा र रोजगारदाता कम्पनीबिच सिधै छलफल, अन्र्तक्रिया गर्ने अवसर जुराउँदैछ । यसमा करिब फेयरमा एक सय भन्दा बढी रोजगारदाता कम्पनीको सहभागिता रहनेछ । आयोजक एस्पायर जब्सले ३ हजार बढीलाई रोजगारी प्रदान गर्ने दावी गरेको छ । फेयरमा भर्चुअल तथा भौतिक रुपमा सहभागी बन्न सकिनेछ । कम्पनीले अन्तवार्ताका माध्यमबाट दक्ष कामदार छनौट गर्नेछन् । फेयरमा हस्पिटालिटी, एभियसन, उद्यमशीलता, वैदेशिक अध्ययन लगायत विविध क्षेत्रसँग सम्बन्धित करिअर सेमिनार सेसनहरु चल्नेछन् । अशक्त नागरिकहरुका लागी विशेष अवसर रहेको आयोजकले बताएको छ । यस बाहेक कार्यालय सहयोग, रिसेस्सनिष्ट, कल सेन्टर एजेन्ट, डाटा इन्कोडर जस्ता क्षेत्रमा जागिरको अवसर रहेको छ । काठमाडौंको सोल्टि क्राउन प्लाजामा फेयर सञ्चालन हुने छ । यस फेयरमा राजनीतिक विश्लेषक एवं अर्थशास्त्री हरि रोका, रोजगार विज्ञ प्रा.डा.रमेशप्रसाद कोइराला, नेपाल विद्युत प्राधिकरकणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ नोट स्पिकरका रुपमा रहनेछन् । यस्तै सिएनएन हिरो अनुराधा कोइराला, पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य, रोजगारविद् डा. गणेश गुरुङ, बैंकर रविना देशराज श्रेष्ठलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । आयोजक एस्पायर जब्सका अनुसार यो नेपालकै ठूलो मानव शंसाधन सम्बन्धीको फेयर हो । यस कार्यक्रमलाई नर्दन लाइट् एकेडिमी अफ एभियसन एण्ड टेक्नोलोजी, इन्टरस्काफ सेफ्टी ट्रेनिङ सोल्युसनले प्रायोजन गरेको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सीईओमा खतिवडा नियुक्त, काे हुन् उनी ?
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडा नियुक्त भएका छन् । उनी आज सो बैंकको सीईओमा नियुक्त भएको बताइएको हो । निवर्तमान सीईओ अनिल ज्ञवालीको २ वर्षे समयावधि सकिएसँगै उनलाई बैंकको सीईओमा ल्याइएको हो । बैंक सञ्चालक समितिको आज बसेको बैठकले खतिवडालाई सीईओमा नियुक्त गरेको हो । पेसाले चार्टर्ड एकाउन्टेन्ट रहेका खतिवडासँग विद्युत नियमन आयोगको सदस्य र लगानी बोर्डको परामर्शदाताका रूपमा काम गरेको अनुभव पनि छ । उनले यसअघि एनआइबीएल एस क्यापिटलमा पनि काम गरिसकेका छन् ।
सूर्या लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा देवकोटा
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा चूडामणि देवकोटा नियुक्त भएका छन् । पुस २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा देवकोटालाई नियुक्त गरेको हो । यससँगै नवनियुक्त सञ्चालक देवकोटाले पुस २६ गतेदेखि नै उक्त पदको कार्यभार सम्हाल्ने छन् । यसअघि कम्पनीको स्वतन्त्र सञ्चालक पदमा गंगा प्रसाद शर्मा रहेका थिए । उनले दिएको राजिनामालाई कम्पनी सञ्चालक समितिले पुस २६ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो । कम्पनीको सञ्चालक समितिको बैठकले पुस २६ गते दिउँसो ३ बजे बसेको थियो ।