नागरिक लगानी कोषका तीन उत्कृष्ट कर्मचारीः जसले यी क्षेत्रमा दिएका थिए ठूलो योगदान

काठमाडौं । नागरिक लगानी कोषले कार्यरत कर्मचारीमध्ये उत्कृष्ट काम गर्ने तीन कर्मचारीलाई सम्मान गरेको छ । काेषले ३१औं वार्षिकोत्सवको अवसरमा चैत ४ गते आयोजना गरेकाे एक कार्यक्रममा वर्षभरिमा उत्कृष्ट काम गर्ने तीन जना कर्मचारीलाई सर्वोत्कृष्ट कर्मचारी घोषणा गरी पुरस्कार तथा सम्मानपत्र प्रदान गरेको हो । कोषले सहायक स्तरबाट दुई जना र अधिकृत स्तरबाट एक जना गरी तीन जना कर्मचारीलाई सर्वोत्कृष्ट कर्मचारी घोषणा गरी पुरस्कार तथा सम्मानपत्र प्रदान गरेको हो । वर्षभरिमा उत्कृष्ट काम गर्ने प्रविन राई, मनमोहन मिश्र र सिरिषा श्रेष्ठ सम्मानपत्र र उत्कृष्ट कर्मचारी पुरस्कारसहित सम्मानित भएका हुन् । जसमध्ये अधिकृत स्तरका कर्मचारीबाट सम्मानित भएका कर्मचारी हुन्, आठौं तहका उपनिर्देशक प्रविन राई प्रविन राई । उनले नागरिक लगानी कोषको सफ्ट्वेयर इम्प्लिीमेन्टेसन (कार्यान्वयन) मा धेरै ठूलो योगदान गरेका थिए । सम्मानित कर्मचारीः प्रविन राई त्यसैगरी, कोषले ल्याएको कर्मचारी बचत वृद्धि अबकास कोषको कार्यक्रममा उनले धेरै ठूलो योगदान गरेकाले अधिकृतमध्येबाट राईलाई पुरष्कृत गरिएको कार्यकारी निर्देशक रमण नेपालले बताए । सम्मानित कर्मचारीः मनमोहन मिश्र त्यस्तै, सहकाय कर्मचारीमध्ये दुई जना सम्मानित भएकोमा एक हुन्ः पाचौं तहका वरिष्ठ कम्प्यूटर सहायक मनमोहन मिश्र । उनले लकडाउनको समयमा बीमा सम्बन्धी धेरै सफ्ट्वेरको काम गरेकाले उनलाई सहायकस्तरबाट सम्मानित गरिएको कार्यकारी निर्देशक नेपालले बताए । त्यस्तै, सहायक कर्मचारीमध्ये नै पुरस्कृत भएकी अर्की कर्मचारी हुन्, तेश्रो तहका सहायक सिरिषा श्रेष्ठ । सम्मानित कर्मचारीः सिरिषा श्रेष्ठ प्रत्यक्ष रुपमा सहभागीहरुलाई सेवा पुर्याउने काममा उत्कृष्ट योगदान पुर्याएको मुल्याङ्कन गरी श्रेष्ठलाई पुरस्कृत गरिएको कार्यकारी निर्देशक नेपालले बताए । त्यस्तै, सम्मानित कर्मचारीलाई बधाई दिँदै कार्यकारी निर्देशक नेपालले सम्मानित तीन कर्मचारी मात्र नभई कोषमा कार्यरत सबै कर्मचारीको उत्तिकै योगदान रहेको बताए । ‘कोषलाई यो अवस्थामा पुर्याउने सबैको योगदान उत्तिकै र धेरै नै महत्वपूर्ण रहेको छ । यो वर्ष विभिन्न मापदण्डले गर्दा तीन जनामात्रै कर्मचारीलाई पुरस्कृत गरिएको हो ।’, कार्यकारी निर्देशक नेपालले बताए । दीर्घसेवा पाएकी रिता खरेल त्यस्तै, कोषले लामो समय कार्यरत रहेका एक कर्मचारी रिता खरेललाई दीर्घसेवा पदक र सम्मानपत्र प्रदान गरेको छ । उनले लामो समय अर्थात २० वर्ष कोषमा कार्यरत रही दीर्घसेवा प्राप्त गरेकी हुन् । त्यसैगर, कोषले वार्षिकोत्सव कार्यक्रमको अवसरमा प्रभातफेरी कार्यक्रम पनि आयोजना गरेको थियो भने कोष कर्मचारी युनियनले आयोजना गरेको खेलुकुद लगायतका कार्यक्रमका बिजयीलाई पुरस्कृत गरेको थियो । थप समाचारः नागरिक लगानी कोषको ३० वर्षे यात्राः एक खर्ब ६३ अर्ब रुपैयाँ लगानी, विभिन्न ११ वटा योजना ल्याउन सफल अर्थ मन्त्रालय भन्छ- उत्पादनशील क्षेत्रमा लगानी बढाऊ, धितोपत्र बोर्ड भन्छ- सेयरमा लगानी दोब्बर गर कोषको सेवाग्राहीमैत्री नयाँ भवनको ९० प्रतिशत काम सम्पन्न

नबिल बैंकमा काम गर्न अवसर, माग्यो ८९ जना कर्मचारी

काठमाडौं। नबिल बैंक लिमिटेडले एकैेपटक ठूलो मात्रामा कर्मचारीको माग गरेका छ । बैंकले एक सूचना प्रकाशन गर्दै विभिन्न पदमा ८९ जना कर्मचारीको माग गरेको हो । बैंकले खुला प्रतिस्पर्धाबाट म्यानेजमेन्ट ट्रेनी, ट्रेनी असिस्टेन्ट र सूचना प्रविधिमा कर्मचारीको माग गरेको हो । जसमा म्यानेजमेन्ट ट्रेनीमा १५ जना, ट्रेनी असिस्टेन्ट भनेर ७० जना र माग सूचना प्रविधि (आइटी) मा ४ जना कर्मचारी मागिएको छ । बैंकले सार्वजनिक गरेको सूचना अनुसार म्यानेजमेन्ट ट्रेनीका लागि एक वर्षको परीक्षण अवधि सकिएपछि अधिकृत तहमा पदस्थापन गरिनेछ । उक्त पदका लागि २८ वर्षभन्दा बढी उमेर भएका व्यवस्थापन, अर्थशास्त्र, कम्प्युटर साइन्स, इन्जिनियरिङ मा स्नातकोत्तर पास गरेका उम्मेद्वारले आवेदन दिन सक्नेछन् । यसैगरी, ट्रेनी असिस्टेन्टमा २५ वर्ष पूरा भएको तथा स्नातक पास गरेकाहरुले आवेदन दिन सक्नेछन । सूचना प्रविधि क्षेत्रमा आवेदन दिन आइटी/इन्जिनियरिङमा स्नातक पास गरेको हुनुपर्नेछ । सबै पदका लागि आवेदन गर्ने अन्तिम समय २३ मार्च अर्थात चैत १० सम्म रहेको छ । बैंककाे अनुसार नयाँ माग गरिएका कर्मचारी सातै प्रदेशका लागि रहनेछन् ।

सामुदायिक लघुवित्तको डीसीईओ वेलुमाया मगरले पाइन् कामु सीईओको जिम्मेवारी

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी वेलुमाया मगरले पाएकी छिन् । संस्थाले चैत १ गतेदेखि लागू हुने गरी नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मगरलाई कम्पनीको कामु सीईओको जिम्मेवारी दिइएको हो । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट शिवहरि श्रेष्ठले राजीनामा दिएसँगै संस्थाले मगरलाई कामु सीईओको जिम्मेवारी दिएको हो । श्रेष्ठको राजीनामा २०७८ बैशाख १ गतेदेखि लागू हुने कम्पनीले जानकारी गराएको छ ।