कृषि विकास बैंकले माग्यो १५२ जना कर्मचारी
काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदमा १५२ जना कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार सूचना जारी गर्दै ९ वटा पदको लागि कर्मचारीको माग गरेको हो । बैंकले शाखा प्रमुख ५ जना, व्यवसाय अधिकृत ४७ जना, कम्प्युटर अधिकृत १७ जना, इन्जिनियर सभिलतर्फ ३ जना, कर्जा अधिकृत १२ जना, व्यवसाय सहायक २३ जना, कानून सहायक ३ जना, ऋण सहायक ५ जना र लेखापाल ३४ जना गरी कूल १५२ जनाको माग गरेको छ । यि विभिन्न पदको लागि आवेदन दिने अन्तिम मिति साउन १२ गतेसम्म रहेको बैंकले जनाएको छ । इच्छुकले अनलाइनबाट फारम भर्न सक्नेछन् ।
आईएमई जनरल इन्स्योरेन्सका सीईओ श्रेष्ठले पाए निरन्तरता, संस्थालाई थप उचाईमा पुर्याउने
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा युगेशभक्त बादे श्रेष्ठले निरन्तरता पाएका छन् । कम्पनीमा पहिलो कार्यकाल सकिनु अघि नै बीमा समितिले उनलाई इन्स्योरेन्समा निरन्तरता दिन स्वीकृति दिएको हो । सीईओ श्रेष्ठको पहिलो कार्यकाल आगामी साउन २३ गते सकिँदै थियो । तर बीमा समितिले असार २२ गते नै सञ्चालक समितिको प्रस्ताव अनुसार उनलाई दोश्रो कार्यकालको लागि स्वीकृति दिएको हो । कम्पनी सञ्चालक समितिको बैठकले सीईओ बादेको कार्यकुशलता र व्यवस्थापकीय क्षमतालाई मुल्याङ्कन गर्दै पुनः नियुक्तिको लागि बीमा समितिमा प्रस्ताव गरेको थियो । बादेले २०७५ साउन २३ गतेदेखि नै कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै आएका छन् । पुनः नियुक्ति पाएसँगै बादेले आगामी चार वर्षसम्म कम्पनीको सीईओ पदको कार्यभार सम्हाल्ने छन् । यो अवधिमा इन्स्योरेन्सलाई थप उचाईमा पुर्याउने उनको योजना रहेको छ । सीईओ श्रेष्ठ २०७८ चैतमा मात्रै ‘आउटस्ट्याण्डिङ म्यानेजमेन्ट अवार्ड २०२२’ बाट सम्मानित भएका थिए । नेपाल व्यवस्थापन संघ (म्यान) ले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको उत्कृष्ट योगदान र अनुकरणीय नेतृत्व कौशलताको कदर गर्दै श्रेष्ठलाई उक्त अवार्ड दिएको थियो । त्यस्तै, श्रेष्ठले हाल व्यवस्थापन गरिरहेको आईएमई जनरल इन्स्योरेन्स पनि एशियाकै ‘बेष्ट इम्प्लोएर ब्राण्ड अवार्ड २०२१’ बाट सम्मानित भएको थियो ।
८ कक्षा पास गरेका ३७ जनालाई राष्ट्र बैंकमा जागिर
काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ वटा पदमा करार कर्मचारीको माग गरेको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै सुरक्षागार्ड (पिपा पद) र सवारी चालक पदको लागि करार कर्मचारीको माग गरेको हो । बैकले १६ सुरक्षागार्ड, हलुका गाडी चलाउने १४ र बस चलाउने ७ जना कर्मचारीको माग गरेको हो । बैंकले सो पदको लागि सेवा अवधि ६ महिना रहेको र सो पदमा उम्मेद्वार दिनेको उमेर ४५ वर्ष ननाघेको र कम्तिमा पनि आठ कक्षा पास गरेको हुनुपर्ने जनाएको छ । पिपाको पदका लागि नेपाली सेनाबाट पिपा वा सोभन्दा एक तह माथि काम गरी निवृत्तिभरण प्राप्त गर्ने गरी अवकाश पाएको हुनुपर्ने र सवारी चालकको हकमा बैंक तथा वित्तिय संस्था वा नेपाल सरकारको निकायमा कम्तिमा १० वर्ष सम्बन्धित सवारी साधन चालक सम्बन्धी अनुभव प्राप्त गरको हुनु पर्ने बैंकले सूचनामा उल्लेख गरेको छ । यसका लागि आवेदन दिने अन्तिम मिति साउन ४ गते तोकिएको छ । [pdf id=337952]