एफवान सफ्टको प्रमुख सञ्चालन अधिकृतमा ढकाल नियुक्त, कम्पनी थप उचाइमा पुग्ने
काठमाडौं । एफवान सफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त भएका छन् । सोमबार बसेको एफवान ग्रुपको सञ्चालक समितिको बैठकले ढकाललाई प्रमुख सञ्चालन अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । एफवान सफ्टमा आवद्ध भएसँगै ढकालले कम्पनीलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ । नवनियुक्त प्रमुख सञ्चालन अधिकृत ढकालसंग २४ वर्षभन्दा बढि सफल उद्यमीको रुपमा अनुभव छ । ढकालले अमेरिकाको ओराकल सर्नर कर्पोरेशनबाट आफ्नो करियर सुरु गरेका हुन् । नेपाल फर्केपछि उनी एक सफल उद्यमी बन्न सफल भए । उनले साना किसान सहकारीलाई सफ्टवेयर उपलब्ध गराउनेदेखि विभिन्न किसिमका सफ्टवेयर निर्माण गरे । यसअघि भायानेटको प्रमुख सञ्चालन अधिकृतको रुपमा काम गरेका ढकालले कम्प्युटर विज्ञान र गणितमा स्नातक गरेका छन् । सफट्वेयरको क्षेत्रमा ख्यातिकमाएको एफवान सफ्ट कम्पनी नेपालका ठुला आईटी कम्पनी मध्येको एक हो । सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ । एफवान सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेटवे कम्पनी हो ।
कुमारी जबको ‘फ्रन्ट अफिस म्यानेजमेन्ट एन्ड सेक्रेटरियल एटिक्वेट्स’ तालिम सुरु
काठमाडौं । कुमारी जबले फ्रन्ट अफिस म्यानेजमेन्ट एन्ड सेक्रेटरियल एटिक्वेट्सको लागि तालिम सुरु गरेको छ । कम्पनीले पूर्व मिस नेपाल तथा मेडिया पर्सन एवम् ट्रेनर सुगारिका केसी लगायत अन्य दक्ष प्रशिक्षकहरुको साथमा उक्त तालिम सुरु गरेको हो । कुनै पनि अफिस अथवा संस्थाको लागि फ्रन्ट अफिस र सेक्रेटरियल विभाग अत्यन्तै महत्वपूर्ण हुने र उक्त काममा आफ्नो करियर बनाउनको लागि एउटा निश्चित योग्यता, सीप अथवा तालिम चाहिने भएकाले तालिम संचालन गरिएको कम्पनीले जनाएको छ । कुमारी जबका म्यानेजिङ डिरेक्टर सन्देश भण्डारीले नेपालका विभिन्न शहरहरुमा ठूला–ठूला व्यापारिक संस्थाहरु खोल्ने र ती संस्थाहरुमा योग्य र तालिमप्राप्त उम्मेदवारहरुको उच्च माग रहेकाले तालिम संचालन गरिएको बताए । ‘फ्रन्ट अफिस एन्ड म्यानेजमेन्ट सेक्रेटरियल एटिक्वेट्स तालिम” सञ्चालन गरेका हौँ । आशा छ यस तालिममा सहभागी सम्पूर्णले कामको लागि आवश्यक ज्ञान र सीपहरु सिक्नुहुनेछ र आफुलाई एक योग्य उम्मेदवारको रुपमा प्रस्तुत गर्नुहुनेछ,’ उनले भने । फ्रन्ट अफिस र सेक्रेटरियल विभागमा आफ्नो करियर बनाउन चाहने व्यक्तिहरुको लागि यो तालिम अत्यन्तै उपयोगी हुने उनी बताउँछन् । बुधबारबाट शुरु हुने १२ दिनको यस तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूले https://cutt.ly/cLRpn5w मा लग–इन गरेर अथवा वा कुमारी जबको टेलिफोन नम्बरमा सम्पर्क गर्न सक्ने उनले बताए । ।
रिलायन्स लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । रिलायन्स लाइफले सातै प्रदेशबाट १९ वटा ब्रान्चका लागि ब्रान्च म्यानेजर र तीनवटा प्रदेशको ६ वटा शाखा कार्यालयका लागि सेल्स एण्ड मार्केटिङ स्टाफ माग गरेको हो । इच्छुक योग्यता पुगेकाले साउन २२ गतेभित्र कम्पनीको इमेल [email protected] मार्फत दरखास्त दिन सक्नेछन् ।