नबिल बैंकले माग्यो कृषि सल्लाहकार

काठमाडौं । नबिल बैंकले कृषि सल्लाकार मागेको छ । बैंकले बिहिबार एक सूचना प्रकाशन गर्दै पहिलो तहको कृषि सल्लाकारको लागि १ जना कर्मचारी मागेको हो । बैंकका अनुसार पहिलो तहको सल्लाकारका लागि कृषि क्षेत्रमा ब्याचलर पास भएको र बैंक तथा वित्तिय संस्थामा ५ वर्षको काम गरेको हुनुपर्नेछ । साथै, सो व्यक्तिको प्रोज्जेक्ट प्लानिङ, डेलिभरी मोनिटरिङ र रिर्पोट गर्न सक्ने हनुपर्नेछ । इच्छुकले आवेदकले आफ्नो बायोडाटा सहितको प्रमाणपत्र बैंकको वेवसाइटमा गएर साउन २५ गतेभित्र आवेदन दिनसक्ने बैंकले जनाएको छ ।

एनआईसी एशिया बैंकले १६ वटा पदको लागि माग्यो कर्मचारी

काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न पदको लागि कर्मचारी मागेको छ । बैंकले बुधबार एक सुचना जारी गर्दै १६ विभिन्न पदको लागि कर्मचारी मागेको हो । बैंकले १६ विभिन्न विभिन्न पदमा अफिसर, असिसटेन्ट म्यानेजरदेखि म्यानेजरको तहसम्मका व्यक्तिको माग गरेको छ । बैकको अनुसार अफिसर तहको लागि कम्तीमा पनि स्नातक उतिर्ण भई ५ वर्षको अनुभवसहित ४० वर्ष ननाघेको हुनुपर्ने छ भने असिसटेन्ट म्यानेजरभन्दा माथिल्लो तहको लागि स्नातककोत्तर तह पुरा गरेको, सम्बन्धित क्षेत्रमा दश वर्षको अनुभव र ५० वर्ष ननाघेको हुनुपर्ने छ । बैंकले यि विभिन्न पदको लागि अनलाइनमार्फत आवेदन दिन सकिने बैंकले जनाएको छ ।  

नेपाल क्लियरिङ हाउसले माग्यो विभिन्न पदमा १६ जना कर्मचारी

काठमाडौं । नेपाल क्लियरिङ हाउसले विभिन्न पदका लागि कर्मचारी मागेको छ । कम्पनीले मंगलबार एक सुचना जारी गर्दै विभिन्न पदमा १६ जना कर्मचारी मागेको हो । कम्पनीले हेड सफ्टवेयर डेभलपमेन्ट, जाभा डेभलपर, जुनियर जाभा डेभलपर, जुनियर आइओएस डेभलपर, क्युए ईन्जिनियर, सिनियर एनालिष्ट इनोभ्येसन, एनालिष्ट इनोभेसन, अफिसर इस्ट्राटिजि एन्ड रिर्सरच, सेक्युरिटि एनालिष्ट, एक्सक्युटिभ रिक्स एन्ड कमपिल्यन्स, टेक्निकल सर्पोट, सर्पोट एनालिस्ट, बिजनेस डेभलपमेन्ट एक्सक्युटिभ, एक्सक्युटिभ फाइन्नासका कर्मचारी मागेको छ । इच्छुक आवेदकले आफ्नो बायोडाटा र प्रमाणपत्रसहित साउन २५ गतेभित्र कम्पनीको वेवसाइटमा आवेदन दिइसक्नुपर्ने सूचनामा उल्लेख छ ।