मनकामना स्मार्ट लघुवित्तको आईपीओः असार १७ गतेदेखि नै भर्न पाइने, यस्तो छ कम्पनीको प्रक्षेपण

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाकाे प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) आगामी असार १७ गतेदेखि भर्न पाइने भएको छ । संस्थाले सो दिनदेखि ३ करोड ८९ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका ३ लाख ८९ हजार कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो । संस्थाले जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ५८ कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ । यससँगै इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उनीहरुले असार १७ गतेदेखि २१ गतेसम्म मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यदि, सो अवधिसम्म माग अनुसारको आवेदन नपरेमा असार ३१ गतेसम्म सेयर बिक्री खुला गरिने संस्थाले जानकारी गराएको छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । संस्थाले बोर्डले स्वीकृति दिएको ११ दिनको अवधिमै सेयर निष्काशन तथा बिक्री खुलाउने भएको हो । नेपाल धितोपत्र बोर्डले संस्थालाई गत असार ६ गते मात्रै सो मात्राको सेयर जारी गर्न स्वीकृति दिएको थियो । मनकामना स्मार्ट लघुवित्तले आईपीओ जारी गर्न पायो बोर्डको स्वीकृति सेयर निष्काशन गर्नको लागि इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बि माइनस’ रेटिङ्ग प्रदान गरेको छ । जसले संस्थामा मध्यम क्रेडिट जोखिमका साथै समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ । उक्त रेटिङ्गको अवधि जारी मितिबाट एक वर्षसम्म हुने छ । प्रतिसेयर आम्दानी र नेटवर्थ त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा संस्थाको प्रतिसेयर आम्दानी ६.८५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११०.८४ रुपैयाँ रहेको छ । चालु आव २०७७/७८ मा प्रतिसेयर आम्दानी २६.५१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३२.८८ रुपैयाँ कायम हुने संस्थाको प्रक्षेपण रहेको छ । त्यस्तै, आगामी आव २०७८/७९ मा उक्त रकम बढेर क्रमशः ५३.४० रुपैयाँ र १८३.८१ रुपैयाँ पुग्ने संस्थाले प्रक्षेपण गरेको छ । सञ्चित नाफा त्यसैगरी, गत आर्थिक वर्षमा ४६ लाख २२ रुपैयाँ सञ्चित नाफा कमाएको संस्थाले चालु आवमा २ करोड ९६ रुपैयाँ कमाउने प्रक्षेपण गरेको छ । त्यस्तै, उक्त रकम बढेर आगामी आव अर्थात आव २०७८/७९ मा ७ करोड ८८ लाख ४० हजार रुपैयाँ र आव २०७९/८०मा १५ करोड ७३ लाख पुग्ने कम्पनीले अनुमान गरेको छ ।

साञ्जेन जलविद्युतको सीईओमा सुनिलकुमार ढुंगेल नियुक्त

काठमाडौं । साञ्जेन जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिलकुमार ढुंगेल नियुक्त भएका छन् । जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा नियुक्त गरेको हो । यसअघि कम्पनीको सीईओ पद रिक्त रहेको थियो ।

मनकामना स्मार्ट लघुवित्तले आईपीओ जारी गर्न पायो बोर्डको स्वीकृति

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको छ । संस्थाले ३ करोड ८९ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न बोर्डको स्वीकृति पाएको हो । बोर्डले गत असार ६ गते मात्रै संस्थालाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै संस्थाले एक सय अंकित दरका ३ लाख ८९ हजार कित्ता सेयर निष्काशन गर्ने छ । संस्थाले अको केही दिनमा सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्फत सेयर जारी गर्ने छ ।