एकैदिन १३ अर्ब रुपैयाँ बढीको धितोपत्र स्वीकृत
काठमाडौं । नेपाल धितोपत्र बोर्डले विभिन्न संस्थालाई १३ अर्ब १२ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशनको लागि स्वीकृति दिएको छ । बोर्डले असार १० गते मात्रै तीन वटा कम्पनीलाई विभिन्न किसिमको धितोपत्र जारी गर्न स्वीकृति दिएको हो । स्वीकृति पाउनेमा तेह्रथुम पावर कम्पनी, कृषि विकास बैंक र आरबीबी मर्चेन्ट बैंकिङ्ग रहेका छन् । जसमध्ये तेह्रथुम पावर कम्पनीले आईपीओ, कृषि विकास बैंकले ऋणपत्र र आरबीबी मर्चेन्ट बैंकिङ्गले म्युचुअल फण्ड जारी गर्ने छन् । बोर्डको स्वीकृति पाएको तेह्रथुम पावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले स्थानीय र सर्वाधारणलाई गरी एक सय अंकित दरको १२ लाख कित्ता सेयर जारी गर्ने छ । कम्पनीले अबको केही दिनमै सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलमार्फत सो मात्राको सेयर जारी गर्ने छ । त्यस्तै, आरबीबी मर्चेन्ट बैंकिङ्गले पनि ‘४ प्रतिशत एग्रीकल्चर बण्ड ८ एण्ड ९ यर्स’ नामक ऋणपत्र निष्काशन गर्न बोर्डको स्वीकृति पाएको छ । संस्थाले एक हजार रुपैयाँ दरका १ करोड २० लाख थानको १२ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्र्ने छ । उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकको सहयक कम्पनी आरबीबी मर्चेन्ट बैंकिङ्गले एक अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड निष्काशन गर्न बोर्डको अनुमति पाएको हो । संस्थाले ‘आरबिबि म्यूचुअल फण्ड १’ जारी गर्न अनुमति पाएको छ । जुन बन्दमुखी प्रकृतिको योजना हो । यस फण्डको समयावधि सात वर्षको रहनेछ ।
आरबिबि मर्चेन्टलाई एक अर्ब रुपैयाँको फण्ड जारी गर्न अनुमति
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरबिबि मर्चेन्ट बैकिङ्ग लिमिटेडले ‘आरबिबि म्यूचुअल फण्ड १’ जारी गर्न अनुमति पाएको छ । संस्थाले हालै नेपाल धितोपत्र बोर्डबाट एक अर्ब रुपैयाँ बराबरको फण्ड निष्काशन तथा बिक्री खुला गर्न अनुमति पाएको हो । कोष प्रवद्र्घक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड हुने गरी “आरविवि म्यूचुअल फण्ड” अन्र्तगत उक्त योजना ल्याउने भएको हो । जुन बन्दमुखी प्रकृतिको योजना हो । योजनाको आकार एक अर्ब रुपैयाँ रहेको यस फण्डको समयावधि सात वर्षको रहनेछ ।
साढे ४ घण्टामै पौने ५ लाखले भरे जीवन विकास लघुवित्तको आईपीओ
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओमा पहिलो दिनमै पौने ५ लाख लगानीकर्ताले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार पहिलो दिन साढे ४ घण्टाको अवधिमै ४ लाख ७३ हजार ५२१ जनाले आवेदन दिएका हुन् । आज(असार ११ गते) बिहान १० बजेदेखि बिक्री खुला भएको उक्त आईपीओमा दिउँसो साढे २ बजेसम्ममा ७३ लाख ८१ हजार ६० कित्ता सेयरको लागि आवेदन परिसकेको क्यापिटलले जानकारी गराएको छ । जुन संस्थाले सर्वसाधारमा माग गरेकाेभन्दा ४ गुणा बढी आवेदन हाे । संस्थाले सर्वसाधारणमामात्रै १८ लाख ४८ हजार १५ कित्ता सेयर माग गरेकाे छ । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको साधारण सेयर बिक्री खुला गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ । यससँगै इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उनीहरुले असार ११ गतेदेखि १५ गतेसम्म मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यदि, सो अवधिसम्म माग अनुसारको आवेदन नपरेमा असार २५ गतेसम्म सेयर बिक्री खुला गरिने संस्थाले जानकारी गराएको छ । थप सामाग्री जीवन विकासको आईपीओमा लगानी गर्न लगानीकर्तालाई कुनै दुविधा हुँदैनः सीईओ मण्डल जीवन विकास लघुवित्तको आईपीओ खुल्यो, भर्ने की नभर्ने ? यस्तो छ सीईओको सुझाव