एनआइबिएल सहभागिता फण्ड तेश्रो वर्षमा, लगानीकर्ताले आजै दुई गुणासम्म लगानी बढाउन पाउने

काठमाडौं । नेपालकै पहिलो खुलामुखी योजना एनआइबिएल सहभागिता फण्डले संचालनको दोस्रो वर्ष पार गरि तेस्रो वर्षमा प्रवेश गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालित यस योजनाले नेपालकै पूँजीबजारमा खुलामुखी योजनाको परिचय दिन सफल भएको हो । खुलामुखी योजानाले सञ्चालनको पहिलो आर्थिक वर्ष २०७६/२०७७ मा नै इकाईधनीहरुको लागि ८.२५ प्रतिशत नगद लाभांश समेत प्रदान गर्न सफल भएको थियो । असार २२ गतेको तथ्याङ्क अनुसार रहेको यो योजानाको प्रति इकाई खुद मूल्य १७ रुपैयाँ २१ पैसा पुगेको छ भने योजानाको आकार ३१ करोड ४२ लाख रुपैयाँ पुगेको छ । योजनाको अंकित मूल्य १० रुपैयाँ रहेको छ । योजना व्यवस्थापक, एनआईबिएल एस क्याप्टिलले एनआइबिएल सहभागिता फण्डको दोस्रो वार्षिकोत्सवको उपल्क्षयमा लगानीकर्तालाई आफ्नो लगानीलाई तत्काल दुई गुणासम्म वृद्धि गराउने योजाना गत आइतबार असार २० गतेदेखि आज बिहीबार असार २४ गतेसम्मको लागि ल्याएको छ । यससँगै यो योजनामा हालसम्म सहभागी नभएका लगानीकर्ता आज अन्तिम दिन दिउँसो ३ बजेसम्ममा सहभागी हुन सक्नेछन् । योजनाको नतिजा आगामी साउन १५ गते गोलाप्रथाद्वारा फेसबुकल लाइभ मार्फत गरिनेछ । र, योग्य सहभागिहरुबाट २० जना विजेता घोषणा गरिने र पूर्व निर्धारित नियम र सर्तहरु अनुसार पुरस्कार वितरण गरिने क्यापिटलले जनाएको छ ।

एकैदिन ६ लाख ८७ हजार कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एकैदिन ६ लाख ८७ हजार ५९५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । असार २३ गते मात्रै दुई लघुवित्तको सो मात्राको सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार नेशनल माइक्रोफाइनान्स र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये सबैभन्दा बढी नेशनल माइक्रोफाइनान्सको २१ प्रतिशत अर्थात ५ लाख ५४ हजार ४९५ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । त्यस्तै, महिला सहयात्राको १० प्रतिशत अर्थात १ लाख ३३ हजार १०० कित्ता बोनस सेयर सूचीकृत भएको छ । यससँगै दुबै संस्थाको सो मात्राको सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ र दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड भोलि, पौने २ लाखले सेयर हात पार्ने

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओ भोलि अर्थात असार २३ गते बाँडफाँड हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार उक्त आईपीओ भोलि बिहान साढे ९ बजे क्यापिटलको कार्यालयमा हुने जानकारी गराएको हो । क्यापिटलले निष्काशन बन्द भएको छोटो अवधि अर्थात ८ दिनमै संस्थाको आईपीओ बाँडफाँड गर्न लागेको हो । गत असार ११ गतेदेखि बिक्री खुला भएको उक्त आईपीओ गत असार १५ गते बिक्री बन्द भएको थियो । जसको प्रिअलोटमेन्ट भने असार २१ गते सोमबार नै भइसकेको छ । उक्त आईपीओमा ३ अर्ब १२ करोड ६६ लाख रूपैयाँ बराबरको आवेदन परेको थियो । क्यापिटलले दिएको प्राथमिक तथ्यांक अनुसार सेयर निष्काशनको अन्तिम दिनसम्म २० लाख ८४ हजार ७६२ जनाले संस्थाको ३ करोड १२ लाख ६६ हजार २६० कित्ता सेयर माग गरेका थिए । जुन सर्वसाधारणलाई छुट्याएको तुलनामा १६.९२ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा १८ लाख ४८ हजार १५ कित्ता सेयर छुट्याएको थियो । क्यापिटलले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार सेयर बाँडफाँड गर्ने छ । जस अनुसार कूल आवेदकमध्ये १ लाख ८४ हजार ८०१ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन् भने बाँकी रहेको ५ कित्ता सेयर थप ५ जनालाई एक/एक कित्ताको दरले प्राप्त गर्नेछन् । र, बाँकी आवेदकको भने हात खाली हुने देखिन्छ । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको साधारण सेयर बिक्री खुला गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियाे । र, बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरेकाे थियाे ।