ईसेवाको ‘मेरो डिजिटल देश’ अभियान : अन्जुला घिमिरेले जितिन् काठमाडौंमा घर

काठमाडौं । डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत अन्जुला घिमिरेले काठमाडौंमा घर जितेकी छन् । १४ महिना यता जारी यस अभियानमा रोमानिया बस्ने घिमिरेले कान्तिपुर टेलिभिजनमा भएको प्रत्यक्ष प्रसारणमा गोलाप्रथाबाट काठमाडौंमा घर जितेकी हुन् । उनले रोमानिया बाट ईसेवा मनि ट्रान्स्फरमार्फत आफ्नो घरमा रेमिट्यान्स् पठाएकी थिइन् । ईसेवा मनि ट्रान्सफरले विदेशबाट आउने रेमिट्यान्सलाई वैधानिक बनाउन प्रोत्साहन गर्ने उद्देश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो । अभियानमार्फत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहारस्वरुप काठमाडौंमा घर दिने घोषणा गरेको थियो । इसेवा सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको संस्था हो । अघिल्लो वर्ष यसै अभियान अन्तर्गत पूर्णबहादूर श्रेष्ठले ललितपुरको महालक्ष्मी नगरपालिका-४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुई तलाको घर जितेका थिए ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई मध्यमस्तरीय करदाता कार्यालयको सम्मान

काठमाडौं । सरकारलाई बढी कर बुझाउने सिटी एक्सप्रेस मनी टान्सफरलाई मध्यमस्तरिय करदाता कार्यालयले सम्मान गरेको छ । गत हप्ता मध्यमस्तरिय करदाता कार्यालयमा  आयोजित करदातासँगको  अन्तरक्रिया कार्यक्रममा प्रमुख कर प्रशासक पार्वती शर्माले सिटी एक्सप्रेसका अध्यक्ष चन्द्र टण्डनलाई सम्मानित गरेका थिइन् । सम्मानका क्रममा कार्यालयको तर्फबाट बधाई तथा शुभकामना दिदै शर्माले अन्य सम्पूर्ण करदाताले समेत सिटी एक्सप्रेस जस्तै समयमा कर तिर्ने करदाताको पहिचान बनाउन सबैलाई आग्रह गरेकी थिइन् । सो कार्यक्रममा कर दातालाई कर इमान्दार भएर तिरिदीन कार्यालयको तर्फबाट अनुरोध गर्दै कर शिक्षा , वक्यौता असुली र आर्थिक ऐन २०८१ ले दिएका सुविधा बारे छलफल भएको थियो । सिटी एक्सप्रेसका अध्यक्ष चन्द्र टण्डनले कर तिर्नु करदाताको दायित्व मात्र नभएर कर्तब्य पनि हो र सबै जनाले पारदर्र्शी रूपमा कर तिरि समृद्ध नेपाल बनाउन सहयोग गर्नको लागी सम्पूर्णलाई अनुरोध पनि गरेका थिए । साथै मध्यमस्तरिय करदाता कार्यलयले व्यव्सायीमैत्री सम्बन्धमा साथ काम गरेकोमा धन्यवाद दिए । मध्यमस्तरिय करदाता कार्यालयमा सिटी एक्सप्रेस,  रेमिट्यान्स कम्पनीहरु मध्ये सबैभन्दा बढी कर बुझाएपछि उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको हो । आर्थिक वर्ष २०७९-८० को आय विवरण अनुसार रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेको छ । कम्पनीलाई मंसिर १ गते शनिबार राष्ट्रिय कर दिवस–२०८१ को अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९-८० मा सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मान गरेको थियो । कम्पनीलाई रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्येबाट सबैभन्दा धेरै आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै १८ वर्षदेखि संसारभरबाट नेपालमा पैसा भित्र्याउन रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ । सिटी पेबाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिने कम्पनीले जनाएको छ ।

हन्दु अधिराज्य र सनातन धर्म सम्बन्धी अन्तरक्रिया गोष्ठी सम्पन्न

काठमाडौं । दर्जनौं धार्मिक संघ–संस्थाहरुलाई समन्वय गर्ने उद्देश्यले आयोजित हन्दु अधिराज्य र सनातन धर्म सम्बन्धी अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । योगी नरहरिनाथ टेष्ट आध्यात्मिक परिषद्को आयोजनामा शुक्रबार भएको उक्त धार्मिक अन्तक्रियात्मक कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा सम्पन्न गरिएको हो । स्वामी चतुर्भुजाचार्य महाराजको प्रमुख अतिथ्यता रहेको थियो भने परिषद्का अध्यक्ष शंकर पौडेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा डा। गजमान गुरुङ्गको विशिष्ट आतिथ्यता रहेको थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले सनातन धर्म, संस्कृति र परम्परा संकटमा परेको उल्लेख गर्दै त्यसको संरक्षणका लागि सबै धार्मिक संघ,सस्था एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए । धर्म र संस्कृति देशको परिचय हुनका साथै सम्पत्ति भएको जिकीर गर्दै त्यसको संरक्षण र सम्बद्र्धनमा सबै जुट्नुपर्ने बेला आएको एक विज्ञप्ति मार्फत परिषद्ले अपिल समेत गरेको छ ।