आइएमईको दशैंमा बीस लाख योजनाको दोस्रो विजेता घोषणा, बिजेन्द्रले पाए एक लाख
काठमाडौं । आइएमईको दशैंमाबीस लाख योजनाको दोस्रो विजेता घोषणा गरिएको छ । ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत दोस्रो महिनाको विजेताको रुपमा रिया मार्फत अमेरिकाबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही बिजेन्द्र थापा घोषित भएका छन् । केन्द्रीय कार्यालय पानीपोखरीमा आयोजित पुरस्कार वितरण कार्यक्रममा कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रुद्रराज पौडेलले विजेता बिजेन्द्रको सिफारिसमा उनको माता चिनुमाया थापालाई एक लाख रुपैयाँको चेक स्तान्तरण गरेका छन् । ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरु मध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई‘आइएमई पे’मार्फतरू.१ हजार को बिल भुक्तानी, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीलाई रू.१०,००० नगद, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई रू.१ लख नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई रू.२०(बिस) लाख नगद प्रदान गर्ने गरि कार्यक्रम तय गरिएको थियो । १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ८४ आइएमई सेन्टर सहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् विदेशमा कार्यरत नेपालीहरुले सेवा प्रदान गर्दै आएको छ ।
स्वावलम्बन लघुवित्तका नवनियुक्त अध्यक्ष श्रेष्ठद्वारा सपथ ग्रहण
कठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका नव नियुक्त अध्यक्षले सपथ ग्रहण गरेका छन् । रामकुमार श्रेष्ठले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल समक्ष नवनियुक्त अध्यक्ष रामकुमार श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । संचालक समितिको २९८ औं बैठकले संचालक श्रेष्ठलाई अध्यक्ष चयन गरेको हो । नेपाल इन्भेष्टमेन्ट बैंकबाट प्रतिनिधित्व हुने गरी बिजेन्द्र सुवालको सट्टामा भाष्कर एन.जोशीलाई मनोनयन गरेको छ । साथै, संचालक समितिले व्यवसायिक विशेषज्ञको तर्फबाट प्रतिनिधित्वका लागि साधना उपाध्यायलाई संचालक समितिमा मनोनयन गरेको छ । वित्तीय सस्थामा हालका संस्थापक शेयरधनीहरु स्वावलम्बन विकास केन्द्र, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, नविल बैंक, रहेका छन । संस्थाले गत कार्तिक महिनासम्म ५७ जिल्लाका १२८ शाखा÷उपशाखा कार्यालयबाट करिव २ लाख २७ हजार ग्राहक सदस्यलाई लघुवित्त सेवा पुर्याउदै आएको छ ।
पोखरा फाइनान्सको निःशुल्क आँखा शिविर सम्पन्न
काठमाडौं । पोखराको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्सले निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ । शनिवार हिमालय आँखा अस्पताल, घारीपाटन पोखराको प्राविधिक सहयोगमा गोरखा, पालु·टारस्थित श्री भवानी मा.वि. को प्रा·णमा १ दिने निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको थियो । उक्त शिविरमा करिव २४० व्यक्तिहरुले आँखाको जाँच गराउनुको साथै विशेषज्ञको सल्लाहमा चस्मा तथा औषधि समेत वितरण गरिएको संस्थाका कार्यकारी प्रमुख रविचन्द्र गुरुङले जानकारी दिएका छन् ।