जनसेवी लघुवित्तको मूनाफा ३८० प्रतिशतले बृद्धी
काठमाडौं । पबर्तको जनसेवी लघुवित्त बित्तीय संस्थाले गत आर्थिक वर्षको तुलनामा यो बर्ष ३८० प्रतिशतले नाफामा बृद्धी गरेको छ । संस्थाले यो वर्ष रु. २ करोड २९ लाख ५९ हजार रुपैया नाफा आर्जन गर्न सफल भएको प्रुूख कार्यकारी अधिकृत कमल खत्रीले बताए । संस्थाले गत वर्ष रु.६० लाख ५२ हजार मात्र नाफा आर्जन गरेको थियो ।
एनएमवि लघुवित्तद्धारा आर्थिक सहयोग हस्तान्तरण
काठमाडौँ । कास्की हेम्जाको एनएमवि लघुवित्त वित्तीय संस्थाले पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाको गोपेटार स्थीत स्वर्गिय सुजाता तामाङको घरपरिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । एनएमवि लघुवित्त वित्तीय संस्थाका तर्फवाट ९ लाख २५ हजार ४ सय १६ रुपैया मध्ये रु १ लाख दाहसंस्कारकै क्रममा हस्तान्तरण गरिएको हो । ५ लाख पचास हजार रुपैया संस्थाको तर्फवाट र संस्थामा कार्यरत कर्मचारीको तर्फवाट रु २ लाख ७५ हजार ४ सय १६ को चेक संस्थाका सहायक महाप्रवन्धक रामप्रसाद मिश्रले मृतक सुजाता तामाङको बुवा बुद्धविर तामाङलाई हस्तान्तरण गरेका हुन् । हिलिहाङ गाउँपालिकाको तर्फवाट रु ५० हजार, हिलिहाङ गाउँपालिकामा अवस्थित बैंक तथा वित्तीय संस्थाका तर्फवाट रु १२ हजार, स्थानीय बुद्धिजीवि तथा एनएमवि लघुवित्त वित्तीय संस्थावाट निर्माण गरिएको समूहवाट रु ३६ हजार गरि कुल रकम १० लाख २३ हजार ४ सय १६ रुपैया समेत मृतक सुजाता तामाङको परिवारलाई हस्तारन्तरण गरिएको थियो ।
आशा लघुवित्त मर्जरमा जान तयार, तीन सदस्यीय कमिटी गठन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय क्षेत्रलाई सबल र सुदृढ बनाउनका निमित्त चालेको मर्जर तथा एक्विजिसन सम्बन्धी नीति बमोजिम आशा लघुवित्त वित्तीय संस्थाले मर्जर तथा एक्विजिसनका लागी बाटो खुल्ला गरेको छ । हालै बसेको संचालक समितिको बैठकबाट संस्थाका संचालक प्रदीपकुमार खड्काको संयोजकत्वमा संचालक सुसन शेरचन सदस्य तथा प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलाल सदस्य सचिव रहेको तीन सदस्य मर्जर कमिटी गठन गरेको हो । मर्जर कमिटी गठनसंगै प्रमुख कार्यकारी अधिकृत दुलालले अब अन्य लघुवित्त वित्तीय संस्थासंग तीब्र गतीमा मर्जर तथा एक्विजिसनको लागी छलफल अगाडि बढ्ने बताए ।