सहकारी बैंक स्थापनाको प्रस्ताव विभागमा पुग्याे, अध्यक्ष भन्छन्ः यस्ता बैंक थप ५ वटा चाहिन्छ

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले मात्रै सहकारी संस्थाहरुमा वित्तीय लगायतका सेवा प्रवाह गर्न नसकेको भन्दै सरोकारवालाहरुले नेपाल सहकारी बैंक दर्ताको प्रस्ताव अघि सारेका छन् । नेपाली कांग्रेसका नेता आनन्द प्रसाद ढुंगाना लगायत आवेदक संस्थाका प्रतिनिधिहरु आईतबार राष्ट्रिय सहकारी विभागमा सहकारी बैंक स्थापनाको प्रस्ताव लिएर पुगेका हुन् । एक मात्रै सहकारी बैंकले समग्र मुलुकभरका सहकारी संस्थालाई सेवा दिन नसक्ने भएकाले थप ५वटा सहकारी बैंकको आवश्यकता रहेको विस्तृत अध्ययन प्रतिवेदन सहित उनीहरु सहकारी बैंक दर्ताका लागि आवश्यक कागजात लिएर सहकारी बोर्ड पुगेका हुन् । तर विभागले बैंक दर्ता बारे प्राप्त कागजात अध्ययन पछि मात्रै निर्णय दिने बताएको छ । विभागका रजिष्ट्रार टोकराज पाण्डेले सहकारी ऐन २०७४ ले गरेको व्यवस्था अनुसार आवश्यक प्रमाण पुगेमा आफुहरुले दर्ता प्रक्रिया नरोक्ने बताए । उनले अध्ययन तथा अभिलेख प्रयोजनका लागि तत्काल बैक दर्ताको निवेदनलाई विभागले ग्रहण गरेको जानकारी दिए । उनले भने “हाम्रो काम रित पुर्वक निवेदन आयो आएन भन्ने हो । सहकारी विभागमा जनशक्ति घटेको छ । बन्द खाममा प्राप्त भएका विवरण अध्ययन गर्छौ । पुग अपुग विवरण बारे सूचित गर्नेछौं । यो सहकारी विभागको नोटिसमा आएको छ । अभिलेख प्रयोजनका लागि दर्ता गर्छौं। अनि यसको प्रोसेस बाँकी अगाडि बढ्छ ।” प्रस्तावित बहुउद्देश्य नेपाल सहकारी बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले एक मात्रै सहकारी बैंकले ३४ प्रतिशत सदस्यता र ६ प्रतिशत वित्तीय कारोबार मात्रै गरेकाले सम्पुर्ण सहकारी संस्थाको प्रवद्र्धन र वृद्धि विकास तथा आर्थिक कारोबार सञ्चालनका लागि थप ५ वटा यस्ता बैंक आवश्यक पर्ने बताए । गत मा देखि नै आफूहरुले राष्ट्रिय सहकारी बैंक स्थापना गर्ने पहल गरेको उल्लेख गर्दै उनले सहकारी सस्थाहरुको प्रवद्र्धन,राष्ट्रिय उत्पादनमा वृद्धि तथा आयात प्रतिस्थापन गरी समग्र आर्थिक वृद्धिका लागि एक मात्रै सहकारी बैंकबाट सम्भव नहुने बताए । “नेपालमा सहकारी बैंक कम्तिमा ५ वटा चाहिन्छ । सरकारले पनि सहकारीलाई प्राथमिकतामा राखेको छ । आर्थिक पिल्लरको रुपमा राष्ट्रिय सहकारी बैंकले काम गर्नुपर्छ । त्यो एउटा मात्रै बैकले संभव छैन भन्ने कुरा अध्ययन प्रतिवेदन पनि देखाएको छ”, उनले भने ।

तयारी पोशाक व्यवसायीलाई सहुलियत कर्जा दिन त्रिपक्षीय सम्झौता

काठमाडाैं । तयारी पोशाक व्यवसायीलाई सहुलियत पूर्ण कर्जा तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने सम्बन्धमा  त्रिपक्षीय सम्झौता भएकाे छ । उक्त सम्झाैतामा मेगा बैंक नेपालका तर्फबाट प्रमुख, साना तथा मझौला कर्जा जनक भट्टराई, मेगा क्यापिटल मार्केट्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठ, नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघको तर्फबाट अध्यक्ष किशोर नेपालले हस्ताक्षर गरेका हुन् । जसमा मेगा क्यापिटल मार्केट्सले तयारी पोशाक उत्पादन गर्ने उद्यमी व्यवसायीहरुको व्यवसाय तथा कम्पनी दर्ताको निमित्त आवश्यक कागजात तयार गरिदिने र दर्ताको लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने, आवश्यकता अनुसार वित्तीय सल्लाह, वित्तीय प्रक्षेपण लगायतका बैंकमा कर्जाको लागि आवश्यक कागजातहरु तयार गरिदिने तथा आवश्यकता अनुसार सम्बन्धित उद्यमी व्यवसायको प्रतिनिधित्व गरी कर्जा स्वीकृतिको प्रक्रियामा सहयोग गर्नेछ । यसले स्थानीय स्तरमा तयारी पोशाक उत्पादकहरुको वित्तीय पहुँच बढाई व्यवसाय वृद्धि तथा विस्तारमा सहयोग पुग्नु र यसबाट राष्ट्रको आत्मनिर्भरता अभियानमा टेवा पुग्नुका साथै साना तथा मझौला उद्ममी र उनीहरुसँग आवद्ध मजदुरको जीवनस्तरमा सुधार हुने अपेक्षा गरिएको छ ।

नयाँ सहकारी बैंक स्थापनाले गति लियो, आज दर्ता हुने

काठमाडौं । सहकारी क्षेत्रको लागि अर्काे बैंक स्थापनाको प्रक्रियाले गति लिएको छ । अहिले संचालनमा रहेको राष्ट्रिय सहकारी बैंकले आवश्यकता पूरा गर्न नसकेको भन्दै नयाँ बैंक स्थापना गर्न लागिएको हो । आउन लागेको नयाँ बैंकको नाम नेपाल सहकारी बैंक प्रस्ताव गरिएको छ । बैंकको अध्यक्षमा लालिगुरास बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र भण्डारी छन् । बैंक दर्ताको लागि आज साढे १२ बजे सहकारी विभागमा जाने कार्यक्रम रहेको प्रस्तावित बैंकका संचालनहरुले जानकारी दिए । राष्ट्रिय सहकारी बैंकले आवश्यकता पूरा गर्न नसकेकोले सहकारी क्षेत्रलाई अझ व्यापक र परिणामुखी बनाउन नयाँ सहकारी बैंक स्थापनाको पहल गरिएको नेपाल सहकारी बैंक स्थापनाको लागि गठन गरिएको विज्ञ समुहका संयोजक डा. ज्ञानेन्द्र प्रसाद पौडेलले जानकारी दिए । अहिले नेपालभर ३० हजारभन्दा बढी सहकारी संघ/संस्थाहरु संचालनमा छन् । यी संघरसंस्थाहरुले १० खर्ब रुपैयाँभन्दा बढीको पूँजी परिचालन गरी ३ लाखभन्दा बढी नागरिकहरुलाई रोजगारी उपलब्ध गराएका छन् । सहकारी संघ/संस्थाहरुबाट ७३ लाखभन्दा बढी नागरिकहरुले प्रत्यक्ष सेवा तथा सुविधाहरु प्राप्त गरेका छन् । सहकारी संघ/संस्थाहरुमा ९७ अर्ब रुपैयाँभन्दा बढीको सेयर पुँजी छ । यस्तै, ४ खर्ब ७० अर्ब रुपैयाँभन्दा बढी बचत परिचालन भएको छ भने २ खर्ब २७ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी छ । अहिले संचालनमा रहेको राष्ट्रिय सहकारी बैंकमा २ अर्ब २२ करोड रुपैयाँ पुँजी रहेको छ भने करिब १२ हजार सहकारी संघ/संस्था सहभागी भएका छन् । राष्ट्रिय सहकारी बैंकले करिब ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३० अर्ब रुपैयाँको हाराहारीमा कर्जा लगानी गरेको छ । राष्ट्रिय सहकारी बैंकले सबै सहकारीलाई समेट्न नसकेको र समयको माग अनुसार परिमार्जित रुपमा सहकारी क्षेत्रलाई अघि बढाउनु पर्ने आवश्यकता पनि भएकोले नयाँ सहकारी बैंक स्थापना गर्न लागिएको डा. पौडेलले बताए । प्रस्तावित नेपाल सहकारी बैंकको अधिकृत पुँजी ५ अर्ब रुपैयाँ, जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ र चुक्ता पुँजी १ अर्ब रुपैयाँ बनाउन लागिएको छ । सहकारी बैंक स्थापना गर्नको लागि सबै प्रदेशको प्रतिनिधित्व हुने गरी कम्तिमा ५ सय १ वटा सहकारी संस्था संलग्न हुनुपर्ने कानुनी व्यवस्था छ । अहिलेसम्म नयाँ सहकारी बैंक स्थापनाको लागि ५ सय ५० भन्दा बढी सहकारी संघरसंस्थाहरु आवद्ध भइसकेको र माघ १६ गतेसम्ममा करिब ७ सय संघ संस्था पुग्ने अनुमान गरिएको डा. पौडेलले जानकारी दिए । पब्लिकमा जाने अवधारणा सहकारी संघरसंस्थाहरुले सर्वसाधारणमा सेयर जारी गर्न पाउने कानुनी व्यवस्था छैन । तर, सहकारी संस्थाहरुले स्थापना गरेका कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्ने अन्तराष्ट्रिय अभ्यास भएकोले आफू त्यतातिर जाने तयारीमा रहेको डा. पौडेलले बताए । सम्बन्धित समाचार नेपाल सहकारी बैंकलाई काँग्रेसको पूर्ण सहयोग, उपसभापति भन्छन्- दर्ता प्रकृयामा जानुस्, कसैले रोक्न सक्दैन राष्ट्रिय सहकारी बैंकको प्रतिस्पर्धी आउँदै, पब्लिकमा पनि जाने अवधारणामा प्रस्तावित नेपाल सहकारी बैंक