उड्डयन क्षेत्रको सुधारले हवाई दुर्घटना दर घट्योः पर्यटनमन्त्री भट्टराई
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालको विशिष्टीकृत भौगोलिक वनावट तथा छिटोछिटो परिवर्तन हुने मौसमी अवस्थाका बाबजुद उड्डयन क्षेत्रमा हवाई दुर्घटनाको दर घटेको बताएका छन् । क्यानाडाको मन्ट्रियलमा जारी अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को ४० औँ महासभालाई सम्बोधन गर्दै मन्त्री भट्टराईले पछिल्लो समय नेपालले अपनाएको हवाई सुरक्षा सतर्कता, विमानस्थलको सुधार र मौसमी अवस्थालाई ध्यान दिएका कारण हवाई दुर्घटनामा कमी आएको उल्लेख गरेका छन् । हवाई क्षेत्रमा आएका नयाँ प्राविधिक आयामको भरपुर उपयोग गर्दै उड्डयन सुरक्षालाई चुस्त र दुरुस्त बनाउन थप हवाई सुरक्षा मापदण्ड कायम गरिएको मन्त्री भट्टराईको भनाइ थियो । उनले युरोपियन कमिसनको हवाई सुरक्षा सूचीबाट उन्मुक्ति पाउन युरोपियन सेफ्टी एजेन्सीसँग हातेमालो र सहकार्य गरिरहेको बताए । पर्यटनमन्त्री भट्टराईले नेपालमा पर्यटन प्राथमिकता प्राप्त उद्योग भएकाले हवाई सुरक्षालाई उच्चतम कार्य योजनामा राख्दै सम्पर्क विस्तार गर्ने, मौजुदा विमानस्थलको स्तरोन्नति र नयाँ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण, सञ्चालन र व्यवस्थापनका लागि सरकारले नयाँ रणनीतिका साथ सञ्चालन गर्न लागेको जानकारी गराएका छन् । उनले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउन लागिएको र २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको सो अवसरमा जानकारी गराउँदै सहभागिताका लागि सबैलाई नेपाल भ्रमणको निम्तो पनि दिएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ । आइकाओ मुख्यालय मन्ट्रियलमा भएको महासभामा १९३ देशका प्रतिनिधि र एक हजारभन्दा बढी सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको छ । यही असोज सात गते अर्थात् (सेप्टेम्बर २४) देखि शुरु भएको महासभा आगामी असोज १७ (अक्टोबर ४ सम्म) चल्नेछ । महासभामा पर्यटनमन्त्री भट्टराई, पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य, क्यानडाका लागि नेपाली राजदूत भृगु ढुङ्गाना, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललगायत सहभागी रहेका छन् । महासभाको दौरानमा संयुक्त अरब इमिरेट्स (युएई) सँग हवाई सम्झौता हुनेछ । त्यसैगरी, अष्ट्रेलियासँग हवाईवार्ता हुने जनाइएको छ । नेपालले अष्ट्रेलियाको सिड्नी गन्तव्य सिधा उडानका लागि पहल गर्दै आएको छ । पर्यटनमन्त्री भट्टराईले हालै एक कार्यक्रममा अष्ट्रेलियासँग हवाई सम्झौताका लागि कुराकानी हुने बताएका थिए । रासस
थोमस कुक र जेट चल्न सकेनन्, संघर्ष गर्दैछ नेपाल वायुसेवा निगम
काठमाडौं । विश्वमा दिनहुँ नयाँ-नयाँ विमान कम्पनीहरू खुल्ने क्रम बढ्दो छ । बजारको माग र यात्रुहरूको सहजतालाई ध्यानमा राखेर सर्वसुलभ सुविधा प्रदान गर्ने उद्देश्यका साथ विमान कम्पनीहरू धमाधम खुलिरहेका छन् । नयाँ विमान कम्पनीहरू खुल्ने क्रम बढेसँगै पुराना प्रतिष्ठित विमान कम्पनीहरू बन्द हुन थालेका छन् । गत वर्ष चैत्र २५ गते भारतकै ठूलो मध्येको एयरलाइन्स कम्पनी जेट एयरवेज बन्द भयो । जेट एयरवेज आर्थिक संकटमा फस्दै गएको भन्दै उसले आफ्नो अन्तराष्ट्रिय उडान स्थगन गर्यो । सन् १९९२ सालमा आफ्नो सेवा विस्तार गरेको सो कम्पनी बन्दसँगै हजारौंको रोजगार समेत गुम्यो । यस्तै, सोमबार मात्रै १७८ वर्ष इतिहास बोकेको विश्वको पहिलो ट्राभल कम्पनी थोमस कुक ट्राभल्स औपचारिक रुपमा विघटन भयो । सन् १८४१ सालमा खुलेका कम्पनी बन्द भएसँगै सो कम्पनीमा कार्यरत विश्वका १६ देशका २२ हजार कर्मचारीहरूलाई बेरोजगार भए । यात्रुहरूको सहजताका लागि प्रचलित र प्रतिष्ठित थोमस कुक एयरलाइन्स कम्पनी बन्द हुनुले अहिले केही पुराना कम्पनीहरूमाथि पनि प्रश्न चिन्ह खडा भएको छ । यात्रुहरूको बढ्दो आकांक्षालाई पुरा गर्न र प्रतिस्पर्धी कम्पनीहरूले सरह सुविधा दिन नसक्दा उक्त कम्पनी वित्तीय रूपमा टाट पल्टिएकाे हाे । नयाँ खुलेका कम्पनीहरूसँग प्रतिस्पर्धा गर्ने क्रममा ग्राहकलाइ लाेभ्याउने प्याकेज ल्याउँदा पनि कम्पनी घाटामा जाने र टाँट पल्टिने यी उदाहरणहरूले संकेत गरी सकेका छन् । विश्वका प्रतिष्ठित कम्पनीहरू बन्द हुनुको कारण लो कष्ट क्यारिएर भएको हिमाल एयरलाइन्सका निर्देशक राजु केसी बताउँछन् । ‘लो क्यास’ को समस्याले पनि ति कम्पनी बन्द भएका हुन्’, उनले भने, ट्याक्स व्यवस्थापन गर्न नसकेर र बजारमा प्रतिस्पर्धी हुन नसक्दा विमान कम्पनीहरु बन्द हुने गर्दछन् । हाल प्रविधिको युग भएकोले पुराना कम्पनीहरूले त्यस्ता प्रविधिको प्रयोग पनि कम गर्छन्, यो युगमा प्रविधिसँग रम्न सके मात्र सफल भइन्छ ।’ नेपालमा पनि हाल धेरै एयरलाइन्सहरूले विमान सुविधा दिइरहेका छन् । विमान कम्पनीहरू बढेसँगै कम्पनीहरूलाई बजार धान्न पनि धौधौ परेको अवस्था छ । जहाजको भाडा बजारको माग र आपूर्तिले निर्धारण गर्छ । नेपाल वायुसेवा निगम पनि मुलुकको पुरानो र सरकारको मात्र लगानी रहेको एयरलाइन्स कम्पनी हो । ६१ वर्ष इतिहास बोकेको निगम पनि अहिले वित्तीय संकटमा छ । हाल निगम करिब ४० अर्ब रूपैयाँ ऋणमा डुबेको छ । व्याज खर्चले निगम झनझन् कमजाेर बनाएकाे र यहि अवस्थामा अघि बढे निगमले कर्मचारीलाई तलव दिन पनि मुश्किल पर्ने हालै गठित निगम सुधार कार्यदलले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । अर्बाै ऋणमा हुँदा हुँदै पनि भदौ १२ गतेदेखि ओशाकामा उडान शुरु गरेको छ । हाल निगमले ओशाकाको प्रत्येक उडानमा करोडौंको क्षति बेहोर्नु परेको समाचारहरू पनि आइरहेका छन् । यी र यस्तै जाेखिमहरूले पनि निगमको हालत थोमस कुक र जेट एयरवेज जस्तै नहोला भन्न सकिन्न । नेपाल वायुसेवा निगमले पनि थोमस कुक र जेट एयरवेयजका केही घटना क्रमहरूलाई अध्ययन गरेर अगाडी बढ्न आवश्यक छ । वित्तीय रुपमा कमजोर अवस्थामा पुगेको निगमलाई सक्षम संस्थाका रुपमा अगाडि बढाउन वायुसेवा निगम सुधार कार्यदलले तयार पारेको प्रतिवेदनलाई गाइडलाइन्सको रुपमा लिन जरुरी छ । कार्यदलले निगमलाई पुरानै र २० औं शताब्दीको अव्यवहारिक र पुरानो प्रविधि प्रयोग गर्दै आएको जनाएको थियो । यसले पनि उसको बजारमा प्रतिस्पर्धा गर्ने क्षमतालाई दर्शाउँछ । त्यसैले एक अब्बल र शसक्त संस्थाका रुपमा अगाडि बढ्न नयाँ सूचना र प्रविधिहरु प्रयोग गरी प्रतिस्पर्धात्मक बजारमा होमिन आवश्यक छ ।
पाटा नेपाललाई उत्कृष्ट च्याप्टर अवार्ड प्रदान
काठमाडौँ । पाटा ट्राभल मार्टमा पाटा नेपाललाई उत्कृष्ट च्याप्टर अवार्ड प्रदान गरिएको छ । नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले द एक्सप्लोर नेपाल, नेपाल होलिडे मेकर्स टुर्स एण्ड ट्राभल्स, हिमालयन होलिडेज, फिसटेल टुर्स एण्ड ट्राभल्स र भृकुटी हिमालयन ट्रेक्सलाई कार्यक्रममा सहभागिता गराएको थियो । सेप्टेम्बर १८ देखि २० सम्म काजखस्तानको नूरसुल्तान(अस्टाना) मा आयोजित पाटा ट्राभल मार्टको ४२ र्औ संस्करणमा ‘नेपाल पेभिलियन’ अन्र्तगत सक्रिय तथा प्रभावकारी सहभागिता जनाउँदै नेपाललाई जीवन्त अनुभवहरु प्रदान गर्ने गन्तब्यको रुपमा प्रबद्र्धन गरेको जनाइएको छ । काजखस्तान पर्यटनद्वारा होस्ट गरीएको पाटा ट्राभल मार्ट २०१९ मा विश्वभरीका ६३ गन्तब्यहरुबाट कुल १२०० सहभागीहरुले सहभागिता जनाएका थिए । जसमा १८० वटा संघ संस्था/कम्पनीहरु तथा ३४ वटा गन्तब्यहरुबाट कुल ३४७ विक्रेता सहभागीहरु र २४४ वटा संस्थाहरु तथा ४८ स्रोत बजारहरुबाट कुल २५२ क्रेताहरु बीच ब्यापार आदानप्रदान तथा गन्तब्य प्रवद्र्धन भेटघाट÷छलफल कार्यक्रमहरु आयोजना गरिएको थियो । पर्यटन बोर्ड र पाटा नेपालले मार्टमा अन्तर्रा्ष्ट्रिय एवम स्थानीय सहभागीहरुलाई नेपालको पर्यटन प्रबर्धन र गन्तब्यहरुबारे जान्कारी प्रदान गराएका थिए भने नीजी क्षेत्रबाट सहभागी पर्यटन व्यवसायीहरुले नेपालको प्रोडक्ट प्याकेज तथा व्यापार अवसरहरुबारे विश्वव्यापी क्रेता समक्ष छलफल भेटघाट गरेका छन् । नेपाल पेभेलियनमा, ट्रेकिङ्ग तथा साहसिक पर्यटन बाहेक नेपालको संस्कृति, वेलनेस, लक्जरी लगायत अनुभवमा आधारित पर्यतटकीय प्रोडक्ट तथा सेवाहरुकोबारेमा समेत सहभागीहरुले अभिरुची जनाएका थिए । मार्टमा आमन्त्रित क्रेताहरु तथा सहभागीहरु बीच आगामी वर्ष फेब्रुअरी तथा जूनमा आयोजना गरिने नेपाल ईन्डिया चाईना एक्स्पो (नाईस) र हिमालयन ट्राभल मार्ट २०२० को समेत प्रचारप्रसार एवम प्रवद्र्धन गरिएको थियो । सेप्टेम्बर २१ तारिखका दिन आयोजित पाटा बोर्ड डिनर तथा च्याप्टर अवार्ड प्रिजेन्टेशन समारोहबीच पाटा नेपाल च्याप्टरलाई लगातार तेस्रो पटक “पाटा बेष्ट एन्गेजमेन्ट विद यङ्ग टुरिज्म प्रोफशनल” अवार्ड प्रदान गरियो । यो अवार्ड पाटाले प्रत्येक बर्ष विश्वभरी रहेका आफ्ना च्याप्टरहरुले युवा पुस्ताहरु संगको संलग्नता तथा सहकार्यमा पर्यटन क्षेत्रको प्रवद्र्धनमा प्रदान गरेको योगदान तथा निष्ठाको उच्च मुल्याङ्गनका आधारमा उत्कृष्ट च्याप्टरको रुपमा प्रदान गर्ने गर्दछ । उक्त अवार्र्ड पाटा अध्यक्ष क्रिस बोट्रिल र पाटा सिईओ मारियो हार्डीले पाटा नेपाल च्याप्टरका सिइओ सुरेश सिंह बुडाललाई प्रदान गरेका थिए । सो अवसरमा उनले नेपाल भ्रमण बर्ष २०२०, पर्यटन प्रवद्र्धनात्मक गतिविधि तथा संस्थाले गरेका कार्यहरु एवम् भावी योजनाका बारेमा प्रस्तुत गरे । नेपाल पर्यटन बोर्डकी ब्रान्ड प्रबन्धक श्रद्धा श्रेष्ठले नेपालका लागि पाटा ट्राभल मार्टको सहभागिता नेटवर्किङ, व्यापार विस्तार तथा पर्यटन प्रवद्र्धनका लागि संँधै सफल र प्रभावकारी रहेको बताइन् । त्यसैगरी पर्यटन बोर्डकी प्रबन्धक अर्चना केसी रानाले आमन्त्रित सहभागिहरुलाई बोर्डको सामाजिक संजालमार्फत नेपाली गन्तव्यहरुबारे अपडेट प्राप्त गर्न तथा अभिप्रेरित गराउने उद्धेश्यले मार्टमा एउटा डिजिटल अभियानको समेत आयोजना गरिएको बताइन् ।