आर्थिक अवस्था गुज्रिएपछि ब्रिकीमा ट्वीटर, इन्टरनेट जाइन्ट कम्पनीसँग छलफल अगाडि बढ्यो

काठमाण्डौं, ११ असोज। माइक्रोब्लगिङ साइट ट्विटर विक्रि हुने भएको छ। ३० करोड सक्रिय प्रयोगकर्ता रहेको चर्चित सोसल मिडिया ट्वीटर बिक्रीमा रहेको जनाएको हो। लगातार एक दशक माइक्रो ब्लगिङ दुनियाँमा एकछत्र राज गरेको ट्वीटरको बिक्रीको चर्चाले विश्व इन्टरनेट बजारमा तरंग ल्याएको छ । यसै सातादेखि ट्वीटरले आफ्ना सम्भावित ग्राहकहरूसँग छलफल अगाडि बढाएको छ। उसले अाफ्नो भविष्यमाथि कुनै किसिमको अवरोध नअाउने कम्पनीसँग विक्रिका लागि छलफल अगाडि बढाएको जनाएको छ। ट्विटरले मुख्यत इन्टरनेट जाइन्ट कम्पनीहरुसँग विक्रि हुन सक्ने अनुमानका विच केहि छलफल अगाडि बढाएको छ। उसले फेसवुक, गुगल, माइक्रोसफ्ट  सेलफोर्स लगायत अन्य कम्पनी भेरिजोनसँग समेत विक्रिका लागि कुरा अगाडि बढाएको जनाएको छ। किन बेच्नु पर्‍यो? सन २००६ देखि ट्वीटर इन्क कम्पनी मार्फत सोसल मिडिया बजारमा आक्रामक उपस्थिति देखाएको ट्वीटर अहिले संसारमा सबैभन्दा बढि प्रयोग गरिने १० वेबसाइट र इन्टरनेट प्लेटफर्म मध्येमा पर्दछ । १४० शब्द सीमाको माइक्रो बल्गिङलाई ट्वीटरले पहिचान नै बनाउन सफल भयो । संसारभर साना ठुला लाखौं व्यवसायलाई ट्वीटरले सफल बनाउन सघायो । विश्व थर्काउने राजनीतिक र आर्थिक घटनाका वरीपरी १४० शब्दै ट्वीट निकै प्रभावकारी अस्त्र बनेका छन् । लोकप्रियता कमाए पनि ट्वीटरले पैसा भने कमाउन सकेन । अरू प्रतिश्पर्धी सोसल प्लेटफर्मले बजारमा छलाङ मार्दा ट्वीटरको आय उत्साहजनक देखिएन । सुरूवातदेखि नै ‘घाटाको व्यापार’ गर्दै आएको ट्वीटरले ल्याएका ‘स्पोन्सर्ड ट्वीट’, विज्ञापन र  ‘पार्टनसिप’ व्यपार मोडालिटीले नाफातिर डोर्‍याउन सकेनन् । त्यसैले ट्वीर व्यबस्थापन बिक्रीको टंगोमा पुगेको हो ।

नेपाली मोवाइलको बजारमा नयाँ ब्राण्ड थपिने, युरोपमा चर्चित प्रिमियम ‘युएमआई’ आउँदै

काठमाडौं, १० असोज। युरोप र पूर्वी एसियामा प्रख्यात रहेको  प्रिमियम मोवाइल ब्राण्ड ‘युएमआई’ नेपाल अाउने भएको छ। क्रिस्टल कर्पोरेसन नेपालले यो स्मार्टफोनलाई नेपालमा भित्र्याउन लागेको हो। न्युरोडको सिटिभी मोवाइलसँगको सहकार्यमा कम्पनीले युएमआईलाई नेपाल भित्र्याउन लागेको हो। नेपाल दुरसञ्चार प्राधिकरणमा मोवाइल आयातका लागि ‘टाइप अप्रुभल’को काम भइरहेको कम्पनीका प्रवन्ध निर्देशक भेगे राईले बताए।   राईसहित सातजनाको संयुक्त लागानीमा यो मोडेललाई नेपालमा भित्र्याउन लागेको उनले बताए। हङकङमा समेत विक्रि सेन्टर रहेको यो स्मार्टफोनको युरोपियन स्मार्टफोन बजारमा सात प्रतिशत हिस्सा रहेको छ। तिहारपछि नेपालमा सार्वजनिक गर्ने तयारी गरेको कम्पनीले सिटिसी मलमा चलिरहेको मोवाइल एक्स्पोमा प्रमोसनको काम गरिरहेको छ। कम्पनीले न्युरोडमा रहेको नोकिया केयरसँग विक्रिपछिको सर्भिस सेन्टरमा सहकार्य गर्नका लागि सहकार्य गरिसकेको जनाएको छ। कम्पनीले नोकिया केयरसँग सर्भिसको सेन्ट्रल हब बनाउने जनाएको छ। कम्पनीले सुरुवातमा तीनवटा प्रिमियम मोडेलका स्मार्टफोन भित्र्याउने भएको छ। ‘युएमआई लण्डन’, ‘युएमआई टच’ र ‘युएमआई सुपर’ नामका स्मार्टफोन बजारमा ल्याउने बताएको छ। लण्डनको सुरुवाती मूल्य १३ हजार पाँचसय, टचको सुरुवाती मूल्य २५ हजार र सुपरको सुरुपवाती मूल्य ३२ हजार रहेने कम्पनीले जनाएको छ।

याहूका ५० करोड एकाउन्ट ह्याकिङको शिकार, एप्पलसहित ८५ कम्पनी निशानामा

काठमाडौं, ८ असोज। विश्वप्रसिद्ध इमेल सेवाप्रदायक कम्पनीले दुई वर्ष अघि एक ठूलो कम्पनीले आफ्नो नेट्वर्कमा पसेर कम्तिमा पनि ५० करोड युजरको जानकारी ह्याक गरेको पुष्टि गरेको छ। अहिले पनि याहू इन्टरनेट सर्वाधिक प्रयोग हुने साइटमध्येमा पर्छ । जहाँ एक महिनामा करिब एक अरब यूजर्स आउँछन् । विशेषज्ञले याहूका युजरलाई आफ्नो पासवर्ड तत्काल परिवर्तन गर्न सल्लाह दिएका छन्। याहूले आफ्नो एक विज्ञप्तीमा चोरिएका विवरणमा नाम, ईमेल एड्रेस, टेलिफोन नम्बर, जन्ममिति र इन्क्रिप्टेड पासवर्ड पनि रहेका छन् । यसअघि सन् २०१४ मा पनि याहुमा आक्रमण प्रयास भएपछि सुरक्षा खतरा बढेको थियो । कम्पनीले यो काम सरकारकै संलग्नतामै भएको निचोड निकालेको छ। तर पनि कम्पनीले यसबारेमा कुनै पनि देशको सरकारलाई मुछेको छैन । याहुले दुई वर्षअघि भएको यो घटनाको विवरण किन अहिले सार्वजनिक गरियो भन्ने पनि केही खुलाएको छैन । याहुको यो खुलासाको असर याहूलाई ४.८ अर्ब डलरमा अधिग्रहण गर्ने भेरिजोन डट कमलाई पनि पर्न सक्ने अवस्था छ। यसैबीच बिहीवार भेरिजोनले आफूलाई याहुले डाटा चोरिएको जानकारी दुई दिनअघि मात्रै दिएको पुष्टि गरेको छ। भेरिजोनले यो मामिलाको जाँच अघि बढाउँदै आफ्ना यु्जरको सुरक्षाका लागि स्थितिको मूल्याङ्कन गरेर अघि बढ्ने जनाएको छ । उल्लेखनीय कुरा के हो भने याहु मेल विश्वकै सबैभन्दा पुरानो ईमेल सेवा हो । जहाँ यूजरले केवल फोटो एलबम या मेडिकल सूचनामात्रै होइन, बैंक खाताको पनि जानकारी आदानप्रदान गरिरहेका हुन्छन्। याहूबाट चोरिएका डाटा एकदमै महत्पू‍र्ण रहेका छन् किनकि चोरिएका डाटाको सिधा सम्बन्ध युजरको बैंक खाता, सामाजिक सञ्जालको प्रोफाइल, वित्तीय सेवा र उनका साथी तथा परिजनसँग पनि जोडिएको हुन्छ । होल्डन सुरक्षा एजेन्सीका प्रमुख एलेक्स होल्डनले वेबबाट याहूको गोप्य विवरण चोरिँदा युजरको गोपनियतामा गम्भीर असर पर्ने बताएका छन् । याहूले भने उसले यस मामिलालाई लिएर कानुन एवम् व्यवस्था बनाइराख्नका लागि एजेन्सीसँग मिलेर काम गरिरहेको जनाएको छ । रुसबाट अमेरिकाका ८५ शीर्ष कम्पनीमा ह्याकिङ साइबर सुरक्षासँग जोडिएका विशेषज्ञले रूसबाट एप्पल र अमेजान समेत अमेरिकाका ८५ शीर्ष कम्पनीमाथि लक्षित गरी  ह्याकिङ्ग गरेको खुलासा भएको छ । विशेषज्ञले हमलाका लागि उपयोग गरिएको कन्फिग्रेशन फाइलबाट यस्तो पत्ता लगाएका हुन् । यी कम्पनीको साइट ह्याकिङ गर्नका लागि ह्याकर्सले रूसी सर्भरको प्रयो गरेको पनि खुलेको छ । विशेषज्ञले यसका लागि अनलाइन च्याटिङ्गका क्रममा रूसी भाषाको प्रयोग भएको कुरा पनि खुलासा गरेका छन् । ८५ ठूला कम्पनीमा अमेरिकन एयरलाइन्स, एप्पल, पीजा हट, बेस्ट बाइ, गो ड्याडी, ई-बे, उबेर, पेपल र म्याक डोनाल्ड आदि रहेका छन् ।