साइबर अपराध रोक्न प्रहरीले बनायो साइबर व्यूरो, सामाजिनक संजालमार्फत हुने अपराध धेरै
काठमाडौं १७, मंसिर । प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोको अवधारणा अघि सारेको छ । साइबर अपराधका घटना वृद्धि भएपछि प्रहरीले विशेष प्रकृतिको साइबर ब्युरोका लागि कार्ययोजना निर्माण थालेको हो । bikashnews.com अहिले महानगरीय अपराध महाशाखा केन्द्रीय अनुसन्धान विभागले आआफ्नै हिसावले साइबर अपराधका मुद्दामाथि अनुसन्धान गरिरहेका छन् । डिआइजी हेमन्त मल्लका अनुसार प्रहरीले यसको संरचनात्मक स्वरुपबारे छलफल चलाइसकेको छ । पछिल्लो समय सामाजिक संजालको प्रयोग गरेर अपराधा गर्ने क्रम बढको छ भने गुनासो पनि यही माध्यमबाट धेरै आउने गरेको पनि प्रहरीले जानकारी दिएको छ । कान्तिपुर दैनिकबाट।
एप्पलले अागामी सेप्टेम्वरमा नयाँ आईफोनका ८ सार्वजनिक गर्ने, तयार पार्यो नयाँ ढाँचा
वासिङ्टन। एप्पलले आगामी वर्ष १० औं वार्षिकोत्सवका अवसरमा उसको नयाँ प्रडक्टका रुपमा अाइफोन ८ ल्याउने भएको छ। सो आईफोनका लागि १० भन्दा बढी ढाँचा तयार पारेको कम्पनीले जनाएको छ। अागामी सेप्टेम्बरमा सार्वजनिक हुने भनिएको सो अाइफोन फ्लेक्जिवल सहित स्क्रिन बङ्ग्याउन मिल्ने रहेको कम्पनीले जनाएको छ। अमेरिको पत्रिका वाल स्ट्रिट जर्नलका अनुसार कम्पनीको योजनामा रहेका ढाँचामध्ये कर्भड स्क्रिन पनि छ । एप्पलका वितरकले राम्रो रिजोलुसनसहितको पातलो स्क्रिनको आईफोन ल्याउन आग्रह गर्दै आएका छन्। यो विशेषता सामसङको ग्यालेक्सी एजमा पनि रहेको जर्नलले जानकारी दिएको छ । उच्च कोटीको स्मार्टफोन बजारमा हाल एप्पलसँग सामसङको मात्रै प्रतिस्पर्धा रहँदै आएको छ। भर्खरैमात्र सामसुङको ग्यालेक्सी एस सेभनमा समस्या भएपछि एप्पलको अाइफोन ७ ले धेरै फाइदाका साथ स्मार्टफोनको विश्वबजार कब्जा गरिहरेको छ।
फोरजीमा कम्पनीहरूको प्रतिस्पर्धा, नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको तयारी तीब्र
काठमाडौं १५, मंसिर । दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू पछिल्लो समय सेवा विस्तारसँगै आधुनिकीकरणको प्रतिस्पर्धामा छन् । सबै सेवा प्रदायकहरूको ध्यान यतिबेला फोरजी सेवामा केन्द्रित भएको छ । विश्वव्यापी रूपमा डेटा सेवाका प्रयोगकर्ता बढिरहेका बेला नेपाली कम्पनीहरूको पनि पछिल्लो प्रविधि एलटीई फोरजीमा प्रतिस्पर्धा देखिन थालेको हो । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार फोरजी सेवाका लागि अनुमति लिएका र लिने प्रक्रियामा रहेका कम्पनीहरूबीच प्रतिस्पर्धा देखिएको छ । नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम फोरजी सेवा सुरु गर्ने तयारीमा छन् । हालसम्म टेलिकमले फोरजी सञ्चालन अनुमति पाएको छ भने एनसेल र स्मार्टका सम्बन्धमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण अध्ययनको चरणमा छ । प्राधिकरण प्रवक्ता मीनप्रसाद अर्याल टुजी, थ्रीजी हुँदै फोरजीमा सेवा प्रदायकहरूको आकर्षण बढिरहेको बताउँछन् । ‘प्रविधिको विकास र आवश्यकतालाई मध्यनजर गरी सेवा प्रदायक कम्पनीहरू अब फोरजीमा जानुको विकल्प पनि छैन,’ उनले भने, ‘फोरजीमा प्रतिस्पर्धा हुँदा शुल्क घट्छ भने उपभोक्ताले गुणस्तरीय शुल्क पाउँछन् ।’ उनले १८०० मेगाहर्ज ब्याण्डमा एलटी फोरजी सेवा सञ्चालन सुविधाजनक हुने भएकाले दूरसञ्चार नीति २०७३ को संशोधनको दफा ५ बमोजिम टेलिकमलाई फोरजी सञ्चालनलाई अनुमति दिएको हो । रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्य निर्धारण समितिले पुरानै फ्रिक्वेन्सी ब्याण्डमा टेक्नोलोजी न्युट्रल गरेर नयाँ प्रविधिको फोरजी सेवा चलाउन मिल्ने व्यवस्था गरेको छ । टेक्नोलाजी न्युट्रल गरेर सेवा सञ्चालन गर्दा टावर, ब्याकअप र अरु पूर्वाधारमा कुनै समस्या नपर्ने प्राविधिकहरू बताउँछन् । टेक्नोलोजी न्युट्रल गरेर सफ्टवेयर अपग्रेड र टावरमा चिप्स थप्नेबित्तिकै फोरजी चलाउन सक्ने कम्पनीका प्राविधिकहरूको भनाइ छ । सूचना, सञ्चार र प्रविधिका क्षेत्रमा भएको विकासले सर्वसाधारणको जीवन पद्धति सुधारमा सहयोगी भएको छ । छिमेकी भारत र चीनमा फोरजी सेवा सञ्चालनमा आइसकेको छ । कारोबार दैनिकबाट ।