पर्यटकलाई कुट्ने तीन जना पक्राउ

काठमाडौं । ठमेलमा विदेशी पर्यटकलाई कुट्ने तीन जनालाई प्रहरी पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र सोह्रखुट्टे प्रहरी वृत्तको संयुक्त टोलीले ठमेल क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा १८ वर्षीय रचित चौधरी र दीपेश परियार रहेका छन् । एक जना नाबालकको रहेको प्रहरीले जानकारी दिएको छ । 

उनीको कुटपिटमा पर्ने व्यक्ति जर्मन नागरिक भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुले पर्यटकलाई लुटपाट गर्ने योजना अनुसार कुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

Share News