साथलाई सिद्धार्थ बैंकको सहयोग, एचआईभी एड्स प्रभावितलाई सहयोग पुग्ने

काठमाडौं । सिद्धार्थ बैंकले काठमाडौ स्थित सामाजिक संस्था, सोसियल सर्भिस अवारनेस राइजिङ एण्ड एडभोकेसी फर ट्रानक्यिूलिटी एण्ड हुम्यानिटी(साथ) लाई एक लाख रुपैयाँ सहयोग गरेको छ । बिहीबार आयोजित एक कार्यक्रममा बैंकका निर्देशक विरेन्द्रकुमार शाहले एक लाख रुपैयाँको चेक उक्त संस्थालाई हस्तान्तरण गरेका हुन् । बैंकको वित्तीय सहयोगले सामाजिक तथा आर्थिक विकासको लागि सहयोग पुग्नुका साथै विशेष गरी एचआईभी एड्सद्वारा प्रभावित जीवन बिताउने बालबालिकाको लागि सहयोग पुग्ने बैंकको विश्वास छ । साथले सामाजिक तथा आर्थिक क्षेत्रको विकासका लागि विशेष गरी शिक्षा, क्षमता अभिवृद्धि, लागु पदार्थ प्रयोग न्युनीकरण, एचआईभी एड्स सँग सम्बद्ध भएका बालबालिकाको हेरचाह जस्ता कार्यहरु गर्दै आएको छ ।

आइएमई ग्रुपका ग्राहकलार्इ बुढानिलकण्ठकाे भिल्लामा टेनिस खेल्दा १५ प्रतिशत छुट

काठमाडौं । आइएमई ग्रुप र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–०८, सुन्दरबस्तीमा अवस्थित नउलिन स्पोर्टस् भिल्लाबीच सम्झौता भएको छ । सम्झौताअनुसार ग्रुपमा कार्यरत कर्मचारीहरू र आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले उक्त भिल्लामा टेनिस खेल्दा १५ प्रतिशत विशेष छुट पाउनेछन् । ग्रुपसँग प्रत्यक्ष सम्बन्धित कम्पनीहरू आइएमई लिमिटेड, आइएमई डिजिटल सोलुसन लिमिटेड, सीएम ट्रेडिङ, आइएमई अटोमोटिभ्स/मोटर्स, चन्द्रागिरि हिल्स लिमिटेड, आइएमई म्यानेजमेन्ट, स्वीफ्ट टेक्नोलोजी र हाथवे इन्भेष्टमेन्ट एवम् आइएमई ग्रुपको लगानी रहेका पब्लिक लिमिटेड कम्पनीहरु ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड, आइएमई जनरल इन्सोरेन्स कम्पनी लिमिटेड र आइएमई को–अपरेटिभ सर्भिस लिमिटेडमा कार्यरत सम्पूर्ण कर्मचारीहरूले यो सुविधा लिन सक्नेछन् । यसका साथसाथै कर्मचारीका बालबालिकाहरूलाई सप्तान्तमा विशेष सहुलियत समेत प्रदान गरिने कम्पनीले जनाएको छ । यो सुविधा लिनका लागि कार्यरत कर्मचारीहरूको हकमा आइएमई ग्रुपअन्तर्गतका सम्बन्धित कम्पनीहरूले जारी गरेको कर्मचारी परिचय पत्र र सेवाग्राहीहरूले आइएमई लिमिटेडले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड देखाउनुपर्नेछ । सम्झौतापत्रमा आइएमई ग्रुपकातर्फबाट जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेल र नउलिन स्पोर्टस भिल्लाको तर्फबाट प्रवन्ध निर्देशक किशोर थापाले हस्ताक्षर गरेका छन् । यो सम्झौता आगामी मंसिर १ गतेबाट दुई वर्षसम्म कायम हुनेछ ।

कतै तपाईंको पढ्ने शैली गलत त भईरहेको छैन ?

काठमाडौं ।परीक्षालाई रमाइलो मान्ने विद्यार्थी भेट्टाउन निकै कठिन छ। परिक्षालाईप्राय धेरै जसोले बोझको रुपमा लिने गर्छन्। त्यस्तै परिक्षा पछिको प्रतिफलको पनि उनीहरुलाई धेरै चिन्ताकाे विषय हाे । तर सही तरिका समातेर गरिएको परीक्षा तयारीले उत्कृष्ट नतिजा दिने गरेको विभिन्न अध्ययनले देखाएको छ । जुुनसुुकै तहको परीक्षा तयारी गरिरहेका भए पनि विद्यार्थीले तयारीअघि केही यस्तो तरिका समात्नुुपर्छ जसले उनीहरूलाई परीक्षामा आनन्द प्रदान गर्नुुको साथै सोचेजस्तै नतिजा ल्याउन समेत मद्दत गर्दछ । अध्ययनका लागि पर्याप्त समय परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई परीक्षा आउनुुभन्दा अन्तिम एक मिनेट पनि निकै महत्वपूर्ण हुुन्छ । त्यसैले विद्यार्थीले सबैभन्दा पहिला आफूले दिनुुपर्ने परीक्षा कतिवटा छन् र ती परीक्षामध्ये कुुन विषयलाई कति समय दिने भन्ने योजना विद्यार्थीले पहिले नै बनाउनुुपर्छ । कहिलेकाँही कुुनै विषयलाई धेरै समय र कुुनैलाई थोरै समय पनि दिनुुपर्ने हुुन्छ । यसको हिसाब, तयारीको योजना बनाउने बेलामा गर्नुुपर्छ । यसो गर्नाले विद्यार्थीलाई आनन्द प्रदान गर्नुुका साथै सोचेजस्तो नतिजासमेत प्रदान गर्दछ । अध्ययन कक्षमा पर्याप्त स्थान परीक्षाको तयारीका लागि होस् वा अन्य जुुनसुुकै विषय अध्ययन गर्न बसेका विद्यार्थीका लागि पनि अध्ययन कक्ष पर्याप्त हुुनुुपर्छ । अध्ययनका क्रममा विद्यार्थीले आवश्यकता अनुुसार प्रशस्त किताब र कापी प्रयोग गर्नुुपर्ने हुुन्छ । प्रयोगका क्रममा यी सामग्रीहरू यताउती छरिन्छन् । यो सामान्य कुुरा हो । यसका लागि पर्याप्त स्थान चाहिन्छ । अध्ययन कक्षमा कम्प्युुटर, बत्ती, कुुर्सी आदि सामग्रीलाई सजिलो हुुनेगरी राख्नुुपर्छ । कोही विद्यार्थी अध्ययनका क्रममा गीतसंगीत बजाउने बानी परेका हुुन्छन् । कुुनै विद्यार्थी अत्यन्त शान्त भएर बस्ने हुुन्छन् । चार्ट र डायग्रामको प्रयोग कुुनै विषयवस्तुु पढ्दा श्रव्यदृश्य सामग्रीले सम्झन निकै सहयोग पुर्‍याउँछ । यदि यस्तो उपकरण नभएको खण्डमा महत्वपूर्ण विषयलाई चार्ट वा डायग्राममा उतारेर राख्नुुपर्छ । जसलाई आफूले चाहेको र सम्झन खाजेको अवस्थामा सहजै हेर्न सकियोस् । पुुराना प्रश्नपत्रको अध्ययन परीक्षा तयारी गर्दा विद्यार्थीले सधैं सम्झनुुपर्ने विषय हो, पुुराना प्रश्नपत्रको अध्ययन । यसो गर्दा परीक्षाको कस्तो फरम्याटमा आउँछ ? उत्तर कसरी दिने वा कस्ताकस्ता प्रश्नहरू बढी महत्वपूर्ण हुुन्छन् भन्ने जान्न सहज हुुन्छ । कस्तो प्रश्नलाई कति समय दिएर लेख्ने भन्ने जान्न पनि यसले सहयोग पुर्‍याउँदछ । आफूले जानको कुुरालाई साथीभाइलाई भन्ने भनाइ नै छ, विद्यार्थीलाई सिक्नको लागि पुुस्तक अध्ययन गरेरभन्दा आफूले जानेको कुुरा अरूलाई भन्दा बढी प्रभावकारी हुुन्छ । त्यसैले साथी, दाजुुभाइ, दिदीबहिनी वा आमाबाबुुलाई नै भने पनि आफूले पढिरहेको विषयको प्रश्न आफैंलाई सोध्न लगाउने गर्नुुपर्छ । यसो गर्दा सम्झन कठिन भएको विषय स्पष्ट हुुने र परीक्षामा लेख्न अल्मलिने समस्याबाट मुुक्ति पाइन्छ । समूहगत अध्ययन गर्ने परीक्षा तयारी गर्दा साथीभाइसँग पर्याप्त भेटघाट गर्नुुपर्छ । कहिले आफूले प्रश्न सोध्ने र कहिले अन्य साथीलाई सोध्न सकिन्छ । यसो गर्दा पनि पढेको कुुरा स्पष्टसँग बुुझ्न सकिन्छ । त्यसबाहेक साथीबाट नयाँ जानकारी पाउन पनि सकिन्छ । नियमित ब्रेक लिने कुुनै मानिस म्याराथनको तयारीमा लागेको छ भने उसले २४ घन्टा नै दौडन सक्दैन र दौडनुु पनि हुुँदैन । यसैगरी, परीक्षा आयो भन्दैमा विद्यार्थीहरू निरन्तर पुुस्तक र नोट बुुकमा मात्र केन्द्रित हुुनुु पनि हुुँदैन । परीक्षा आयो भन्दैमा दिनरात नभनी पढाइमा मात्र केन्द्रित हुुनुुहुुँदैन । नियमित रूपमा ब्रेक लिनुुपर्छ । रातमा पढ्दा सम्झन सजिलो हुुने विद्यार्थीले दिनमा धेरै थकाइ मार्ने र दिनमा पढ्दा सम्झन सजिलो हुुने विद्यार्थीले रातमा थकाइ मार्ने गर्नुुपर्छ । जुुन समयमा पढे पनि नियमित ब्रेक भने लिनुुपर्छ । यसबाहेक उनीहरूले नियमित पानी पिउने, हलुुका खानेकुुरा खाने गर्नुुपर्छ ।