गोँगबु-लैनचौर सडकमा सवारी चाप बढ्यो, नयाँ बसपार्कबाट घण्टाघर पुग्न घण्टाैँ लाग्ने
काठमाडौं । सडकको बीच भागमा रहेको बिजुलीको पोल र ठूला सवारी साधनका कारण गोङ्गबुचोकदेखि लैनचौरसम्म सवारी चाप अत्यधिक हुन थालेको छ । टोखा ग्रिनल्याण्डबाट सामाखुशी यातायातमा चढेर रत्नपार्क जान लागेकी जानुका खड्का साँघुरो बाटो र गाडीको चापका कारण एक घण्टा ४५ मिनेट लगाएर रत्नपार्क पुगे। नयाँ बसपार्कबाट घण्टाघरमा जान विनोद राईलाई एक घण्टा १५ मिनेट समय लाग्यो । माथिका केही घटना प्रतिनिधिमूलक घटनामात्र हुन् । पछिल्लो समय गोँगबुचोक कपुरधारा हुँदै लैनचौर निस्कने बाटोमा सवारी चाप बढ्न थालेको छ । साना सडकमा बिजुलीका पोल बाटोको छेउमा नसार्दा सवारी चाप बढ्न थालेकाले गन्तव्यस्थल पुग्नसमेत समस्या भएको छ । माइक्रोबस मात्र सञ्चालन हुँदै आएको उक्त बाटोमा सामाखुशी यातायात व्यवसायी सङ्घले सामाखुशी यातायात र दिगो सार्वजनिक यातायात प्रालि भित्र्याइएपछि उक्त क्षेत्रमा चाप बढ्न थालेको हो । सङ्घका सचिव लालप्रसाद गुरागाई बाटो साँघुरो र सवारी साधन ठूलो भएको कारण उक्त क्षेत्रमा चाप बढेको बताउँछन् । “यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीबीच समन्वय नहुँदा समस्या उत्पन्न भएको हो”, उनी भन्छन् । सोही बस अन्यन्त्र स्थानान्तरण गरेर अर्को बस ल्याउन सरकारले पहल गरे आफूहरु सहयोग गर्न तयार रहेको उनको भनाइ छ । हाल गोँगबु-कपुरधारा-लैनचौर भएर सानाठूला १३५ सार्वजनिक बस तथा माइक्रोबस सञ्चालनमा छन् । जसमध्ये दिगो यातायात १७, सामाखुशी यातायात १९ र माइक्रोबस ९९ वटा सञ्चालनमा रहेका छन् । बसुन्धरा सेहन्सा, बानियाटार, भत्केकोपुल, मनमैजु, म्हैपी, टोखा र ग्रिनल्याण्ड क्षेत्रका बस तथा माइक्रोबस उक्त बाटो हुँदै आवत–जावत गर्छन् । शुरुको समयमा माइक्रोबस मात्र सञ्चालन भएको उक्त बाटोमा वर्ष पहिले सामाखुशी यातायात र यहि वर्षको साउन २८ देखि दिगो सार्जजनिक यातायात प्रालि सञ्चालित छन् । खम्बा र साँघुरो सडकका कारण दुई ठूला सवारी साधनलाई एकआपसमा आवतजावत गर्नसमेत मुस्किल हुने गर्छ । उक्त क्षेत्र काठमाडौँ महानगरपालिका-२६ मा पर्छ । सो वडाका वडाध्यक्ष ख्यामराज तिवारी गोँगबुदेखि लैनचौरसम्म सडकको खम्बा सार्नका लागि विद्युत प्राधिरणलाई वडाले चिठी पठाइसकेको बताउँछन् । “विद्युत् प्राधिकरण र सडक विभागका कारण उक्त पोल सार्न ढिलाइ भइरहेको छ”, उनी भन्छन्, “वडा कार्यालयले सामाखुशी क्षेत्रमा बाटो निर्माण र कालोपत्रे गर्ने कामलाई प्राथमिकता दिँदै आएको छ ।” महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त साँघुरो बाटो र ठूला सावारीसाधनका कारण सडकामा चाप हुने गरेको बताउँछन् । “उक्त बाटोलाई एकततर्फी बनाएर गाडी सञ्चालन गराउने वा ठूला गाडीलाई अर्को स्थानमा पठाएर मझौला गाडी सञ्चालन कि भन्नेबारे छलफल भइरहेको छ”, उनी भन्छन् । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखको हाराहारीमा सवारी साधन सञ्चालनमा रहेकामा काठमाडौं उपत्यकामा मात्र आठ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् । रासस
हामी भित्र रहेका सकारात्मक र नकारात्मक पक्षलाई हाम्रो खुसीले प्रभाव पार्छ, यसरी रहनुहोस् सधैं खुशी :
काठमाडौं। मानिस कसरी खुसी हुने भन्ने कुरा उसको जीवन यापन, चाहना, सन्तुष्टि तथा व्यक्तित्वसँग सम्बन्धित हुन्छ । फिनल्याण्ड र विश्वमा सबैभन्दा खुसी देश भएको एक अध्ययनले देखाएको छ । फिनल्याण्ड विश्वकै खुसी देश हो तर धनी देश होइन । विश्वकै धनी देश त अमेरिका हो तर त्यहाँका मान्छेहरू भने पूर्णरुपमा खुसी छैनन् । हामी भित्र रहेका सकारात्मक र नकारात्मक पक्षलाई हाम्रो खुसीले प्रभाव पार्छ । प्रेम, अधार, अनुग्रह, आनन्द जस्ता सकारात्मक भावनाले हाम्रो जीवनमा खुसी लयाउँदछ। खुसी मानिस निकै ऊर्जाशील हुन्छन् र जिन्दगीमा धेरै सफलतासमेत हात पार्छन्। निःसन्देह हामी सबै खुसी हुन चाहन्छौँ। तर खुसी कसरी रहने त ? मुस्कान मुस्कानले मानिसलाई खुसी बनाउँछ । सधैं सकारात्मक चिन्तनका साथ अघि बढ्न प्रेरित पनि गर्छ । मिचिगन विश्वविद्यालयको अध्ययन अनुसार मुस्कानले मानिसलाई ऊर्जाशील बनाउँछ । बौद्धिक काम गर्ने क्षमता बढाउनका लागि समेत मुस्कुराउन जरुरी छ। मुस्कानले केही मात्रामा पीडा पनि कम गर्छ। ‘मुस्कानले हामीलाई आनन्द महसुस गराउँछ । हाम्रो सोच्ने शक्तिमा वृद्धि गराउँछ’, मनोविद् जोन इटल भन्छन्। जब आनन्द महसुस हुन्छ निसन्देह खुसी प्राप्त हुन्छ । व्यायाम व्यायाम तनाव कम गर्ने उत्तम उपाय हो। व्यस्त मानिसहरुलाई धेरै व्यायाम गर्ने फुर्सद कहाँ? जम्मा ७ मिनेट समय व्यायामलाई छुट्याएमा तनावलाई भगाएर खुसी रहन सकिन्छ । यसको परीक्षणका लागि वितृष्णाका रोगीलाई दुई तरिकाले उपचार गराइयो। एउटालाई औषधि दिएर, अर्कोलाई व्यायाम गराएर र एकलाई दुवै विधिले। परिणाम आश्चर्यजनक देखियो। ‘सहभागीमध्ये व्यायाम गर्नेहरुमा वितृष्णा निकै कम थियो’, साउन एकरले द एडभान्टेज अफ ह्याप्पीनेस पुस्तकमा उल्लेख गरेका छन्। व्यायामले मानिसलाई आनन्दित बनाउँछ। स्मरण शक्ति बढाउँछ। स्वास्थ्य मनोविज्ञान सम्बन्धी अध्ययनले दैनिक व्यायाम गर्ने मानिसहरुको शारीरिक अवस्थामा कुनै परिवर्तन नआउँदा पनि उनीहरु असाध्यै खुसी र तनावरहित हुने देखाएको छ । परिवार र साथीसँग रमाउने घरपरिवार र साथीभाइसँग समय बढी बिताउने मानिस धेरै खुसी हुने गरेका छन्। ‘साथीभाइ, इष्टमित्रसँगको जमघटबाट प्राप्त हुने खुसी निकै पृथक् खालको छ, जब हामी जमघट गर्छौं सबै पीडा भुलेर बडो आनन्द महसुस हुन थाल्छ’ विज्ञ डेनियल भन्छन्। साथीभाइसँग समय बढी बिताउँदा सामाजिक सम्बन्ध बलियो बन्छ। आपतविपतमा सहजै सहयोग पाइन्छ र दुस्खी हुनुपर्ने अवस्था आउँदैन।’सामाजिक सम्बन्ध बलियो भएको मानिसले सबैको साथ र सहयोग पाउँछ। उसले एक्लो महसुस गर्नुपर्ने अवस्था नआएपछि खुसी स्वतस् प्राप्त हुन्छ’, डेनियल थप्छन्। ध्यान ध्यानले एकाग्रता बढाउँछ। तनाव कम गराउँछ। मानिसलाई शान्त बनाउँछ। ध्यानले सकारात्मक ऊर्जासमेत बढाउने भएकाले ध्यान गर्ने मानिसहरु समेत खुसी हुन्छन्। ‘ध्यानले दिमाग स्वच्छ हुन्छ र तनाव पनि घटाउँछ’ साउन एकर पुस्तक द एडभान्टेज अफ ह्याप्पिनेसमा लेख्छन्। यात्रा अमेरिकन मेट्रोलोजिस्ट एशोसिएसनले प्रदूषित वातावरणका कारण बढ्दै गएको तापमानले पनि मानिसमा बढी वितृष्णा हुने गरेको बताएको छ। स्वच्छ हावामा घुम्दा सकरात्मक ऊर्जा प्राप्त हुन्छ। भ्रमणले पनि खुसी प्राप्ति हुने सान एकरले आफ्नो पुस्तक ‘द एडभान्टेज अफ ह्याप्पिनेसुमा उल्लेख गरेका छन्। स्वच्छ हावामा घुम्न निस्कँदा आनन्द महसुस हुने भएकाले खुसी प्राप्त हुने उनको भनाइ छ। ‘स्वच्छ हावामा २० मिनेट मात्रै घुम्दा पनि सकरात्मक ऊर्जा प्राप्त हुन्छ,’ एकर आफ्नो पुस्तकमा लेख्छन्। मस्त सुताइमस्त निदाउने मानिस बढी खुसी हुने गरेको देखिएको छ । मस्त सुत्दा शरीरलाई आराम हुनुका साथै शरीर फुर्तिलो हुने विज्ञ अस्ले मेरिम्यान बताउँछन्। कम सुत्ने मानिसमा नकारात्मक भावना बढी हुने अनुसन्धानले देखाएको छ। उनीहरुमा रिसाउने र झर्किने स्वभाव बढी हुने गरेको पाइएको छ। अरुलाई सहयोग अरुलाई सहयोग गर्दा पनि खुसी प्राप्त हुन्छ। सहयोग गर्दा खुसी प्राप्त हुने वा नहुने पत्ता लगाउनका लागि १ सय ५० मानिसमा अध्ययन गरिएको थियो। ‘कन्सर्ट, घडी, जुत्ता लगायतका वस्तुमा खर्च गर्ने मानिस र सामाजिक काममा दान गर्नेहरुमा अध्ययन गर्दा सामाजिक काममा खर्च गर्ने मानिस आफ्नो रकमको हिस्साले अरुले सहयोग पाएकोमा औधी खुसी थिए’, द एड्भान्टेज अफ ह्याप्पिनेस पुस्तकमा उल्लेख छ। ‘
पोखरामा ११ हजार तिरेर बेलुनमा उड्न पाइने, ८ जनासम्म अट्ने दुर्इअाेटा बेलुन ल्याइयाे
पोखरा । पर्यटकीय नगरी पोखरामा साहसिक खेलको विस्तार भएको छ । बोटिङ, बञ्जीजम्प, जिप फ्लायर, क्यानोनिङ लगायतका सेवा पाइने पोखरामा शनिबारदेखि हट एयर वेलुनमा उडेर पोखरा वरपरको दृष्यावलोकन गर्न पाइने भएको हो । को रूपमा शनिबारदेखि हट एयर बेलुन पनि थपिएको छ । साहसिक खेलको रूपमा समेत प्रसिद्ध पाएको पोखरामा प्याराग्लाइडिङदेखि लगायत अब हट बेलुन उडानबाट पर्यटकले पोखराको सुन्दरता दृश्यावलोकन गर्न पाउने भएका हुन् । बेलुन प्रालि नेपालले ५० लाख खर्चेर इटालीबाट ल्याएको उक्त्त बेलुनलार्इ शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यसको उद्घाटन गरेका थिए । उक्त बेलुनमा ६ देखि ८ जनासम्म चढ्न मिल्नेछ । नेपालीका लागि प्रतिव्यक्ति ११ हजार रुपैंया शुल्क तेकिएको उक्त सेवाका लागि विदेशी नागरिकले भने १६० डलर तिर्नुपर्ने बेलुन प्रालिका प्रबन्ध निर्देशक प्रवीण महर्जनले जानकारी दिए । उनका अनुसार प्रत्येक यात्रुको रु २० हजार डलरको बीमा गरिएको छ । उद्घाटन कार्यक्रममा प्रदेश सरकारले सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको भन्दै मुख्यमन्त्री गुरुङले पर्यटनविना समृद्धि प्राप्त नहुने उल्लेख गरे । प्रदेश सरकारले जनसङ्ख्याको हाराहारीमा पर्यटक भित्र्याउने लक्ष्य लिएको उनको भनार्इ थियो ।