तीब्र गतिमा सवारी चलाउने र निषेधित क्षेत्रमा जथाभावी हर्न बजाउनेलाई प्रहरीले गर्यो कारबाही
चितवन। चितवन ट्राफिकले तीब्र गतिमा मोटरसाईकल चलाउने र निषेधित क्षेत्रमा जथाभावी हर्न बजाउनेलाई कारबाही गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ बजार क्षेत्रमा ठुलो आवाज बनाई जनतामा त्रास उत्पन्न हुने किसिमले सवारी चलाउने ७ वटा मोटरसाईकलहरुलाइ ट्राफिकले नियन्त्रणमा लिएको हो । यस्तै, मोटरसाईकलमा बिभिन्न किसिमका साउण्ड सिस्टमहरु जडान गरी समाजलाई भय एवं त्रास सिर्जना गर्दै हर्न बजाउने र तीब्र गतिमा मोटरसाईकल चलाउने मानिसहरुलाई समेत पक्राउ गरी कानूनी कारवाही शुरू गरिएको चितवन प्रहरीले जानकारी दिएको छ ।
आइआइएम एस कलेजद्धारा दशै कार्निभल आयोजना
काठमाडाैं । आइआइएम एस कलेजद्वारा प्रत्येक वर्ष आयोजना गर्दै आएको दशै कार्निभल यस वर्ष राष्ट्रिय स्तरमा दशै कार्निभल तथा नेपाल फुड फेस्टिभलको रुपमा ‘यूनाईटिङ नेपाल थ्रु अ प्लेट’ को नाराका साथ सफलता पूर्वक सम्पन्न भएको छ । कार्यक्रममा नेपालका ७ वटै प्रदेशका पारम्पारिक भोजनहरुलाई समावेश गराइनुका साथै विभिन्न स्टलहरुबाट विविध मनोरोञ्जक खेलहरु खेलाइएको थियो । फुड स्टलहरुमा राखिएका परिकारहरुमा तराइको भक्का, नेवारी खाजा, दुप्का, सुदुर पश्चिमको छाच तथा पाल्पाली खानामा दर्शकहरुको आकार्षण थियो । कार्यक्रमको थप आकर्षण विभिन्न सञ्कृति झल्काउने प्रस्तुतिहरु दुर्गा नाच, कुमारी, घिमे नाच, लाखे नाच, मारुनि नृत्य, कौडा नाच, हुडकेली नाच तथा विद्यार्थीहरुका विविध सांगीतिक प्रस्तुतिहरु रहेका थिए । कार्यक्रममा विद्यार्थीहरुद्वारा नेपालका विभिन्न जनजातीहरुका सस्कृति र भेषभुषा चिनारी गराउने उद्देश्यले कल्चरल र्याप वाल्क गरेका थिए । कार्यक्रमको अन्ततिर विशेष प्रस्तुतिका रुपमा केन्जल एण्ड व्याण्ड तथामंकी टेम्पल व्याण्डको वेजोड प्रस्तुतिहरुले ठूलो संख्यामा विहानै देखि उपस्थिति भिडलाई थप उर्जा दिदै सांगितिक माहोललाई नय ाँउचाईमा पु¥याएको थियो । कार्यक्रममा काठमाडौं क्षेत्र नं. ७ का सभासद रामविर मानन्धरको विषेश उपस्थिति रहेको थियो । कार्यक्रममाउपस्थितदर्शककाअनुसार उक्तकार्यक्रम परम्परा र आधुनिकताको एक सफल सम्मीश्र्रण रहेको वताएका थिए ।
मिस्टर नेपाल वर्ल्ड २०१८ को विजेता चितवनको बिकल्प श्रेष्ठ
काठमाडौं। २००१ बाट नेपालमा सुरु हुदै आएको मिस्टर वर्ल्डको फ्रेनचाईज शो नेपालमा होटल अन्नपूर्णमा मिस्टर नेपाल २०१८ समपन्न भएको छ। एक्पोस नेपालबाट आयोजना गरिएको र सुजुकी टाईटल स्पोन्सर रहेको मिस्टर नेपाल को फाइनल असोज १३ गते भएको कार्यक्रममा १८ जना सहभागिता थिए जस मध्ये मिस्टर नेपाल लगाएत ८ वटा टाइटलमा सहभागी बिजेता भएको छन जसमा मिस्टर नेपाल वर्ल्ड २०१८ बिकल्प श्रेष्ठ, मिस्टर नेपाल युनिभर्स एम्बास्डर २०१८ सुसान महर्जन, मिस्टर नेपाल म्यान अफ द यियर सन्दिप केसी, मिस्टर नेपाल ईन्टरनेसनल २०१८ प्रदिप न्यौपाने, मिस्टर नेपाल मेन याटिट्युड २०१८ चन्दन चौधरी, एक्पोस नेपाल टुरिसम एम्बास्डर २०१८ सागर परियार,एक्पोस नेपाल युथ एम्बास्डर सबिन बराल र एक्पोस नेपाल स्पोर्टस एम्बास्डर दिपेस श्रेष्ठले हात परेका छन्। मिस्टर नेपाल का सी. इ.ओ अर्चना बस्नेतले कार्यक्रम अहिले सम्मको सबैभन्दा राम्रो र उत्कृष्ट साथै निष्पक्ष नतीजा भएको र यस्तो कार्यक्रमले समाजमा रहेको प्रतिभा बाहिर आउने र समाज मा परिबर्तन गर्न यस्तो कार्यक्रमले मदत गर्ने साथै चितवनबाट आउनु भइ बिजेता हुनु भएकोमा मिस्टर नेपाल को बिजेता बिकल्प श्रेष्ठ लाइ धन्यबाद ज्ञापन गरिन्। त्यस्तै मिस्टर नेपाल का बिजेता बिकल्प श्रेष्ठलाइ सुजुकी को चाबी दिदै सुजुकी का मार्केटिंग म्यानेजर नबराज कोइरालाले समाजमा लुकेको को प्रातिभालाई बिश्व सम्म पुर्याउन पाउँदा हामीलाई धेरै खुसी लागेको बताए । नेपालको सान रहेको मिस्टर नेपाल जस्तो कार्यक्रममा निरन्तर सहयोग गर्दै अगाडी बढने कोइरालाले बताए। यसपालीकोको मिस्टर नेपाल बिजेताले मिस्टर वर्ल्ड २०१९ मा सहभागी हुन पाउनेछन।