मोबाईल पानीमा भिज्यो ? यसरी घरमै बनाउनुहोस्
काठमाडौं। विभिन्न कारणले गर्दा मोबाईल पानीमा पर्ने गर्दछ र यो धेरै मानिसहरुको तनावको बिषय बनेको छ। पानीमा परेपछी मोबाईल बनाउनु धेरै पैसा खर्च हुनेगर्दछ। तर हामी घरमै पनि यस समस्यालाई सुल्झाउन सक्छौं। त्यसैले यदी तपाईको पनि मोबाइल झ्नुक्किएर पानीमा पर्यो भने नात्तिनुहोस् बरु चाँडो चाँडो केही तरिका अप्नाउनुभयो भने तपाईंले आफ्नो फोनलाई बिग्रिनबाट जोगाउन सक्नुहुन्छ। के गर्ने ? सर्वप्रथम त मोबाईललाई पानीबाट चाँडो निकाल्नुहोस् किनभने जती लामो समय फोन पानीमा हुन्छ त्यती समय खुल्ला ठाउँहरुबाट पानी त्यती नै धेरै छिर्ने सम्भावना बढेर जान्छ। १। फोन अफ छैन भने त्यसलाई अफ गर्नुहोस् २। फोनमा भएको सिम कार्ड र मेमोरी कार्ड झिक्नुहोस् ३। यदि तपाईसँग पुरानो फोन छ भने पछाडिबाट ब्याट्री खोल्नुहोस् र छुट्टै राख्नुहोस्। यदी तपाईको हालैका स्मार्टफोन हो भने पक्कै पनि त्यसको ब्याट्री निकाल्न मिल्दैन। यसको लागि कि युट्युब भिडियो हेरेर ब्याट्री निकाल्ने काम गर्नुहोस् नत्र भए फोन मर्मत गर्ने पसल जानुहोस्। ४। फोनको पानी हटाउन सुख्खा कपडाको प्रयोग गर्नुहोस्। फोनलाई नहल्लाई कपडाले सफा गर्नुहोस् र सक्ने जति फोनमा लागेको पानीलाई हटाउन प्रयास गर्नुहोस्। ५। यदी फोनमा धेरै पानी पसेको छ भने त्यसलाई तपाईले भ्याक्युमले पनि होसियार भएर निकाल्न सक्नुहुन्छ। ६। फोनलाई चामलको बोरामा राख्नुहोस् यसो गर्दा चामलले फोनमा भएको पानी सोस्ने गर्दछ। ७। फोनलाई २ दिन जति सुक्न दिनुहोस्। सुक्यो भन्दैमा एकै दिनमा फोन सुचारु नगर्नुहोस्। ८। यदी तपाईको फोन अन भएन भने फोनलाई चार्ज गर्नुहोस्। फोन चार्ज भएन भने फोनको ब्याट्री बिग्रिएको हो। के नगर्ने ? १। फोनलाई अन नगर्नुहोस् २। फोनको कुनै पनि नम्बरहरु नथिच्नुहोस् ३। चार्ज नगर्नुहोस् ४। फोनमा नफुक्नुहोस् किनभने यसो गर्दा पानी अझै भित्र पस्न सक्छ। ५। ड्रायरको प्रयोग नगर्नुहोस् किनभने तातोले अझै फोनलाई बिगार्न सक्छ। भविस्यमा भने पानी भएका ठाउँमा फोनलाई नलैजाउनुहोस् अथवा पानीबाट बचाउन सक्ने वाटरप्रुफ ब्यागहरुको प्रयोग गर्नुहोस्। बजारमा पाईने वाटरप्रुफ मोबाईल साम्सुङ ग्यालेक्सी S9/ S9+ नोट ९ गुगल पिक्सेल ३/३XL एचटिसी यु १२ + हुवावे मेटा २० प्रो एलजी भि४० थिन्क् आईफोन XS/ XS Max/ XR
“जुनियर एकल ओपन टेनिस टुर्नामेन्ट” वैशाख २ गतेदेखि शुरु, पहिलो विजेतालाई ३६ हजार नगद पुरस्कार
काठमाडौं । आईएमई फाउन्डेसनले आगामी २०७६ साल वैशाख २ गतेदेखि “दोस्रो आईएमई जेटीआई ग्राण्ड जुनियर एकल ओपन टेनिस टुर्नामेन्ट” आयोजना गर्ने भएको छ । फाउन्डेसनले आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खेल क्षेत्रको विकासका साथै खेलप्रतिको सीप अभिवृद्धि गर्ने उदेश्यले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुन लागेको उक्त टुर्नामेन्ट वैशाख ७ गतेसम्म संचालन हुने छ । जसमा देशभरबाट ८ वर्षदेखि १४ वर्षसम्मका प्रतिष्पर्धीहरुले भाग लिन पाउने आयोजकले जनाएका छन् । प्रतियोगितमा भाग लिन इच्छुक प्रतिष्पर्धीहरुले चैत ५ गतेदेखि २५ गतेसम्म आवेदन फारम बुझाउन पर्ने छ । इच्छुक खेलाडीले दशरथ रंगशाला टेनिस कम्प्लेक्स त्रिपुरेश्वर, नेपाल टेनिस एसोसिएसन सातदोबाटो ललितपुर, मण्डीखाटार टेनिस कोर्ट मण्डीखाटार, नाउलिङ्ग स्पोर्टस भिल्ला सुन्दरवस्ती भंगाल र आईएमई कम्प्लेक्स पानीपोखरीमा आवेदन फारम बुझाउन सक्नेछन् । उपत्यका बाहिरका इच्छुक प्रतिष्पर्धीहरुले आईएमईको सम्बन्धित क्षेत्रीय कार्यालयमा फारम बुझाउन सक्नेछन् । साथै, इमेल तथा आइएमई फाउन्डेशनको वेवसाइटबाट फर्म भर्ने व्यवस्था मिलाइने फाउन्डेशनका सदस्य राजु पौडेलले जानकारी गराएका छन् । त्यस्तै, प्रतियोगितामा भाग लिन इच्छुकले आफ्नो उमेरअनुसार सेवा शुल्क तिरेर आवेदन दिन पाउने व्यवस्था रहेको छ । उक्त व्यवस्थाअनुसार ८ वर्षकाले ५०० रुपैयाँ, ९ र १० वर्षकाले ७०० रुपैयाँ तथा १२ देखि १४ वर्षका प्रतिष्पर्धीले एक हजार रुपैयाँ सेवा शुल्क तिर्नु पर्ने जुनियर टेनिस एसोसिएसनको तर्फबाट कृष्णराज घलेले बताएका छन् । कुल तीन लाख २६ हजार पुरस्कार राशिको उक्त एकल प्रतियोगिता पाँच वटा वर्ग (अर्थात ८, ९, १०, १२ र १४ वर्ष)मा विभाजित गरिएको छ । सो अन्तर्गत ८, ९ र १० वर्षका प्रथम, दोश्रो र तेश्रो विजेताहरुले उनीहरुको स्थानअनुसारको पुरस्कार पाउने भएका छन् । जसमा पहिलो स्थान प्राप्त गर्ने छात्र तथा छात्राहरु दुबै विजेताले १२ हजार रुपैयाँ पाउने छन् । दोश्रो हुनेले ६ हजार रुपैयाँ जुन एक जना छात्र र एक जना छात्रालाई प्रदान गरिने छ । त्यस्तै, तेश्रो विजेतालाई चन्द्रागिरी केवल कारको टिकट प्रदान गरिने पौडेलले बताए । त्यसैगरी, १० वर्षभन्दा माथि र १२ वर्षभन्दा तलका पहिलो छात्र तथा छात्राले २० हजार नगद रुपैयाँ पाउने छ । साथै, उनीहरुले अन्तराष्ट्रिय भ्रमण तथा टुर्नामेन्टको लागि जान चाहेमा २० हजार रुपैयाँ बराबरको रकम फाउन्डेसनले व्यहोर्ने र बाकी रकम विजेता आँफैले भुक्तान गनुपर्ने पौडलले जानकारी गराए । त्यस्तै, दोश्रोलाई १० हजार रुपैयाँ नगद पुरस्कार र तेश्रो हुने विजेतालाइै चन्द्रागिरी केवलकारको दुई वटा टिकट प्रदान गरिने छ । साथै, १२ वर्षभन्दा माथि र १४ वर्षमुनिका पहिलो विजेतालाई ३६ हजार रुपैयाँ, दोश्रोलाई १८ हजार रुपैयाँ र तेश्रोलाई चन्द्रागिरीकै केवलकारको दुई वटा टिकट प्रदान गरिने आयोजकले बताएका छन् । साथै, प्रत्येक खेलाडीहरुलाई आइर्एमई ग्रुपको टिसर्ट प्रदान गरिने आयोजकले जानकारी गराएका छन् । फाउन्डेसनले मंगलबार पानीपोखरी स्थित आईएमई कम्प्लेक्समा एक पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो । सम्मेलनमा आईएमई फाउन्डेसनका सदस्य सचिव अन्जली अर्याल(ढकाल), सदस्य राजु ढकाल र जुनियर टेनिस एसोसिएसनको तर्फबाट कृष्णराज घलेको उपस्थिती रहेको थियो ।
बंगलादेशमा भएको कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन
बंगलादेश । बंगलादेशमा भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले ८ स्वर्ण, ३ रजत र ५ कास्य पदक जित्दै टिम च्याम्पियन बन्न सफल भएमो छ । उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाल टिम च्याम्पियन भएको हो । पुरुषतर्फ दिनेश ताम्राकार, रुपेस श्रेष्ठ, लोकेन्द्र राई, एजुक थिङ प्रथम हुँदै स्वर्ण पदक जितेका थिए । त्यसैगरी महिलातर्फ अलिशा धामी, रोहिनी पण्डित, रश्मिता श्रेष्ठ र निर्मला तामाङले स्वर्ण पदक जिते । अन्तर्राष्ट्रिय निर्णयक राजु महर्जनको नेतृत्वमा बंगलादेश पुगेको टोलीमा नेपालका अन्तर्राष्ट्रिय निर्णायक सुरेन्द्र श्रेष्ठ , अशोक पहाडी, बिनोद राउत, वीरेन्द्र कर्ण लगायतको सहभागिता रहेको थियो । नेपालका टिम म्यानेजर प्रिमेश शिवाकोटीका अनुसार नेपाली टिमले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो ।