फोहोर गर्नेलाई नमस्कार र सफा गर्नेलाई घृणा गर्दासम्म वाताबरण संरक्षण हुँदैनः अञ्जु सिंह

जेठ २२ गते विश्व वाताबरण दिवस, विश्वभरी नै विविध कार्यक्रम मनाइदैछ । नेपालमा पनि यो दिवस मनाइन्छ । वाताबरण प्रदुषण अहिले विश्व कै टाउको दुखाईको विषय बनिरहेको छ । विश्व मै वाताबरण संरक्षणको प्रयास भइरहेको छ । विश्व स्वास्थ्य संगठन अनुसार संसारमा हरेक १० मानिसमा ९ जना प्रदुषित वातावरणमा सास फेरिरहेका छन् । संसारका ९३ प्रतिशत बालबालिका प्रदुषित हावापानीमा बसिरहेका छन् भने ५ बर्ष मुनिका बालबालिकाको हरेक ४ मृत्‍युमा एकको कारण वाताबरण प्रदुषण हो । प्रदुषित वाताबरणका कारण मानिसहरुको आयुपनि बिस्तारै घट्दै गइरहेको छ । यता, नेपालमा भने वाताबरण संरक्षणका लागि खासै प्रयास गरेको पाइदैन । सरकाले वन तथा वाताबरण क्षेत्रको चालु आर्थिक वर्षमा १६ अर्ब ५८ करोड ७५ लाख छुट्याएको थियो भने यसबर्ष भने १५ अर्ब ४९ करोड मात्रै छ्ट्याएको छ । वाताबरण दिवसका सन्दर्भमा कसरी वाताबरण संरक्षण गर्ने भन्ने बारेमा २६ वर्षदेखि वाताबरण संरक्षणको क्षेत्रमा काम गर्दै आउनु भएकी महिला वातावरण समूहकी अध्यक्ष वाताबरणविद् अञ्जु सिहंसँग विकासन्युजका लागिका लागि डोमी शेर्पाले गर्नु भएको कुराकानी: वाताबरण प्रदुषण हुनुमा सबैभन्दा बढी के कुराले असर परिरहेको छ ? वाताबरणको कुरा गर्नु पर्दा धेरै कारणहरुले असर गरिहेको छ । यसमा सबैभन्दा पहिलो कारण हो कमजोर सरकार र सरोकारवालाको नीति । कमजोर नीति नियम हुँदा मानिसहरुले आफुखुशी जे पनि गर्ने गरेका छन् । काठमाडौंको अव्यवस्थित जनसंख्या र त्यही आधारमा बनेका अव्यवस्थित घरहरुले पनि वाताबरणलाई असर गरिरहेको छ । काठमाडौंमा दिन प्रतिदिन जनसंख्या बढीरहँदा गाउँघरमा मानिसको संख्या घट्दो क्रममा छ। बसाइसराइ सम्बन्धी कुनैपनि नीति नियम नहुँदा काठमाडौं मानिसको चापले गर्दा प्रदुषित हुँदैछ र गाउँघर सुनसान हुँदैछ। मानिसको चापसँगै गाडीको चाप, गाडीबाट निस्कने धुलोधुवाँको चाप, घरबाट निस्कने फोहोर र अस्पतालका फोहोरले वाताबरणलाई दिनदिनै दुषित बनाउँदै लगिरहेको छ। २०६८ को जनगणना अनुसार सबैभन्दा बढी जनसंख्या बृद्धि काठमाडौंमा भएको छ । १० वर्षमा काठमाडौं जिल्लामा ६१.२३ प्रतिशत जनसंख्या बढेको छ । ०५८ को जनगणना अनुसार काठमाडौंको जनसंख्या १० लाख ८१ हजार ८ सय ४५ थियो । ०६८ मा यो संख्या १७ लाख ४४ हजार २ सय ४० पुगेको छ । १० वर्षमा काठमाडौंमा ६ लाख ६२ हजार ३ सय ९५ जना थपिएका छन् । तपाईँले खाएर बढी भएका वा तरकारी केलाउँदा निस्कने फोहोरलाई एकठाउँमा व्यवस्थित राख्ने हो भने त्यो राम्रो मल हुन्छ । तर, जथाभावी फाल्यौँ भने वाताबरण प्रदुषण गरेको भएन र ? सरकारको वाताबरणप्रति दुरदृष्‍टि नभएको कारणपनि हामी नेपालीहरु हरेक दिन प्रदुषित हावापानीमा सास फेरिरहन वाध्य छौं । विकासको नाममा बिना कुनै अध्ययन जथाभावी बाटोहरु खनेर बनाउन महिनौँ दिन लगाउने, जथाभावी खोलाबाट बालुवा निकालेर बेचबिखन गर्ने कार्यहरुले बिस्तारै प्रकृतिलाई कुरुप बनाउँदै लगिरहेको छ । वाताबरणले मानिसले जस्तो तत्काल प्रतिक्रिया देखाउँदैन, विस्तारै यसले मानिसलाई नै सखाप पार्ने गरी आफ्नो प्रतिक्रिया जनाउँछ । त्यसकारण वाताबरण संरक्षण गर्न सकिएन भने बिस्तारै मानव अस्थित्व नै संकटमा पर्नेछ । वाताबरण संरक्षणका लागि मानिसहरुमा कत्तिको ज्ञान छ त ? धेरै मानिसहरुलाई फोहोर जथाभावी गर्नु हुदैन भन्ने ज्ञान छ तर उनीहरु फोहोर जथाभावी फाल्दा वाताबरणमा कस्तो असर पर्छ भन्ने कुरामा अनभिज्ञ छन् । ज्ञान भएका मानिसहरु थाहा पाएर पनि यो मेरो काम होइन । सरकारको, नगरपालिकाको र सरसफाई कर्मचारीको काम भनेर पछि सर्छन् । फोहोर उठाउनेलाई यहाँ हेपिन्छ, तर त्यही फोहोर गर्नेलाई भने नमस्कार ठोकिन्छ । मलाई अझै पानी याद छ, म घरघर फोहोर माग्न जाँदा धेरै जना छक्क परे, धेरैले नपत्याएर चन्दा माग्न आएको भन्दै ढोका बन्द गरे । यहाँ गरीब मानिसहरुले मात्र फोहोर उठाउँछ भन्ने सोच छ र उनीहरु यही फोहोरमा लाखौं पैसा छ भन्ने कुरामा बेखबर छन्। वाताबरण संरक्षणमा सरकारी प्रयास कत्तिको प्रभावकारी छ त ? सरकार कुरा धेरै गर्छ र काम कम । वातवारणको क्षेत्रमा बजेट बढाउँदै लैजानु पर्ने क्रममा सरकारले यसबर्ष अझै बजेट घटाएको छ । बजेट घटाएपनि सही तरिकाले बजेटलाई उपयोग गर्ने हो भने कामहरु राम्रै हुन्छन्, तर यहाँ न काम भएको छ न कसैलाई वाताबरणप्रति चासो र चिन्ता नै छ । फोहोर फाल्ने डस्टबिनको व्यवस्था राम्रो हुन सकेको छैन । यदी हामीले सुन्तला खाँदैछौं भने त्यसको फोहोर कता फाल्ने भन्ने अलमल हुन्छ । ल हामीले त फोहोर झोलामा राखौंला, तर झोला नबोक्ने मानिसहरु, बालबालिकाहरुले फोहोर कहाँ राख्ने ? भएका डस्टबिनहरु भरिएर फोहोर बाहिर निस्किरहँदा पनि उचित व्यवस्थापन भइरहेको पाइदैन । वाताबरणबिद्हरु धेरै कुराको सिस्टम भएन भनेर कराएको कराएकै छन्, पत्रकारहरु लेख्या लेख्यै छन् तर केही पनि छैन। फोहोर उठाउनेलाई यहाँ हेपिन्छ, तर त्यही फोहोर गर्नेलाई भने नमस्कार ठोकिन्छ । २०६८ सालमा जथाभावी फोहोरमैला गर्नेलाई कारवाही गर्ने भनेर कानून बनाईयो, तर ती केही समयको लागि मात्र लागु भए । आक्कल झुक्कल मानिसहरु कारबाहीमा परे । त्यसैले नीति नियम बनाउने जतीपनि निकायहरु छन्, उनीहरुले नियम बनाएपछि कार्यान्वयन गर्नु पर्छ । वाताबरण संरक्षणमा एउटा व्यक्तिको के भूमिका हुन्छ ? एक व्यक्ति भनेको परिवार हो । एउटा परिवारमा बालकपनि हुनसक्छ, बुढोपनि हुनसक्छ र युवापनि हुनसक्छ । यसमा प्रत्येक व्यक्तिको उत्तिकै भूमिका रहेको हुन्छ, वाताबरण प्रदुषण गर्नमा । जस्तै एउटा बालकलाई हामीले बच्चाबेला देखी नै फोहोर व्यवस्थापन सिकाउनु पर्छ । उसलाई चकलेट खाएपछी त्यसको खोल कहाँ राख्नु पर्छ भन्ने सिकाउनु पर्छ। त्यस्तै महिलाहरु घरको रेखदेख गर्ने प्रमुख व्यक्ति हुन्, उनिहरुले भान्साको फोहोर कसरी व्यवस्थापन पर्ने भन्ने कुरामा ध्यान दिनु पर्छ । तपाईँले खाएर बढी भएका वा तरकारी केलाउँदा निस्कने फोहोरलाई एकठाउँमा व्यवस्थित राख्ने हो भने त्यो राम्रो मल हुन्छ । तर, जथाभावी फाल्यौँ भने वाताबरण प्रदुषण गरेको भएन र ? तपाईँ वाताबरण संरक्षणको लागि लामो समय काम गर्नु भएको अभियन्ता पनि हुनुहुन्छ, अब भन्नुस् सरकारले चाँही के गर्नु जरुरी छ ? सबैभन्दा पहिला सरकार नै बलियो हुनुपर्‍यो। स्थानीय तहले बढी जिम्मेवारी पूरा गर्नु पर्यो । कडा कानून बनाउनु पर्यो । पुराना गाडीहरुलाई अब बाटोमा चल्न भएन, त्यसलेपनि एकदमै धेरै प्रदुषण बढाइरहेका छन् । ध्वनी प्रदुषणलाई नियन्त्रणमा लिनका लागि सरकारले जसरी प्रयास गरेको छ, त्यसरी नै अब जथाभावी फोहोर फाल्ने र पुराना गाडीहरुलाई चल्न नदिने व्यवस्था गर्नु पर्छ ।

सनराइज बैंकका ग्राहकलाई भारतका अस्पतालमा ५० प्रतिशतसम्म छुट, हेल्थ केयर कार्ड शुभारम्भ

काठमाडौँ । उपचारको सिलसिलामा भारतको विभिन्न अस्पतालहरुमा जाने नेपाली ग्राहकहरुको सुबिधालाई ध्यानमा राख्दै सनराइज बैकले हेल्थ केयर कार्डको शुभारम्भ गरेको छ । उक्त डेविट कार्डको प्रयोगबाट सेवाग्राहीले भारतका विभिन्न अस्पतालहरुमा पिओएसबाट भुक्तानी गर्दा सामान्य डेविट कार्डको भन्दा बढी रकमको भुक्तानिको सुबिधा प्रयोग गर्न सक्नेछन् । साथै सनराइज हेल्थ केयर कार्ड प्रयोग गरी भुक्तानी गर्दा भारतका विभिन्न अस्पतालहरुमा ५ प्रतिशत देखि ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । हेल्थ केयर कार्ड लिनको निम्ति उपचारको लागि जान चाहेको भारतको अस्पताको बिवरण र डाक्टरको सिफारिस वा अन्य जानकारीको कागजपत्र बैंकमा पेश गनु पर्नेछ । साथै सनराइज बैंकले दिँदै आएको स्वास्थ्य योजना अनुसार बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भइ स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्चको बढीमा १ लाख रmपैँया वा बचत खातामा रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशतभन्दा नबढ्ने गरी नगद दाबी गर्न सक्ने छन् । बिगतका योजना अनुसार बर्षमा एक चोटी बिमा दाबी गर्न सकिन्थ्यो, तर २०७५ चैत्र १ गतेदेखि ग्राहकको सुविधालाई मध्यनजर गर्दै बर्षमा ३ पटकसम्म बीमा दाबी गर्न सक्ने योजना अगाडि ल्याएको जनाएको छ । सनराइज बैंकका बचतकर्ताहरुले ५ लाखसम्मको दुर्घटना बीमा र १०० भन्दा बढी अस्पतालहरुमा २० प्रतिशतसम्म छुट पाउँदै आएको जनाइएको छ ।

‘गलबन्दी’की लाजालु अन्जलीको अर्काे स्वरुप “अलि अलि काली अलि अलि गोरी” मा

काठमाडौं । गायिका इशा कार्कीको सुमधुर स्वरमा रहेको गीत “अलि अलि काली अलि अलि गोरी” सार्वजनिक भएको छ । इशा कार्कीको शव्द संगीत र संयोजनमा रहेको उक्त गीतमा पछिल्लो समय सबैलृ रुचाएका ‘गलबन्दी’ की अन्जली अधिकारी अभिनयमा अर्काे स्वरुपका साथ प्रस्तुत भएकी छिन् । उक्त भिडियोमा अन्जली अधिकारी , रबिन बिष्टको अभिनय रहेको छ । प्रकाश सपुतको शब्द, सङीतमा बनेको यो गीतमा धेरैले अन्जली अधिकारिको अभिनयको तारिफ गरेका थिए। यस गीतमा भने अन्जली अधिकारी फरक अनि बोल्ड रुपमा प्रस्तुत भएकी छिन्। ज्ञानेन्द्र शर्माले छायाँकन गरेको म्युजिक भिडियोको निर्देशन मनोज बिष्टले गरेका छन् भने सन्तोष राजबाहकले कोरियोग्राफ गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन। सो गीतकाे भिडियाे एमडी सृर्जनामार्फत युट्युव च्यानल सार्वजनिक भएको हाे । भिडियो हेर्न क्लिक गर्नुहोस् ।