कोरियाली भाषा परीक्षामा शनिबार ४६ हजार सहभागी, आजपनि हुँदै

काठमाडौँ । सन् २०१९ को कोरियाली भाषा परीक्षामा शनिबार पहिलो दिन ४६ हजार युवा सहभागी भएका छन् । काठमाडौँ, ललितपुर र पोखराका विभिन्न ३२ केन्द्रमा एकैसाथ सञ्चालन भएको भाषा परीक्षामा ४६ हजार १९६ जना सहभागी भएको इपिएस कोरिया शाखाले जनाएको छ । शनिबारको परीक्षामा चार हजार ३७ परीक्षार्थी अनुपस्थित भएको शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए । परीक्षामा अमर्यादित गतिविधि गर्ने ४७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई सार्वजनिक अपराध ऐनअनुसार कारवाही हुने प्रहरीले जनाएको छ । परीक्षामा थप कडाइ गरिएकाले विगतको तुलनामा यसपटकको परीक्षा थप मर्यादित ढङ्गबाट चलेको उनले जानकारी दिए । भाषा परीक्षा आइतबार पनि सञ्चालन हुनेछ । सन् २०१९ को प्रथम चरणको भाषा परीक्षामा सहभागी हुन ९२ हजार ३७६ युवाले आवेदन फारम भरेका थिए । उत्पादनमूलक क्षेत्रतर्फ ६३ हजार ४८७ र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार ८८९ जनाले फारम भरेका थिए । भाषा परीक्षाको आवेदन गत चैत ८ देखि १७ गतेसम्म खुला गरिएको थियो । दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेको छ । कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजानेछ । कोरिया सरकारले इपिएसअन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । रासस

मनकामना डोजोको प्रथम अन्तराष्ट्रिय कराँते प्रतियोगितामा नेपाल विजयी

काठमाडौं। शनिबार भएको अन्तराष्ट्रिय कराँते प्रतियोगितामा नेपाल पहिलो स्थान हाँसिल गरेको छ। मनकामना डोजोद्वारा आयोजित प्रथम अन्तराष्ट्रिय कराँते प्रतियोगितामा नेपाल पहिलो स्थान हाँसिल गरेको हो। प्रतियोगितामा छिमेकी राष्ट्र भारत दोस्रो र भुटानले तेस्रो स्थान हाँसिल गरेको छ। यस्तै प्रतियोगितामा बेस्ट प्लेयरको उपाधी अल्बिना नगरकोटी र करण गुरुङले पाएका छन्। प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान र श्रीलंकाका गरी करिब ६ सय बढी महिला तथा पुरुष खेलाडीहरू सहभागीता रहेको थियो। प्रतियोगिताको प्रमुख अतिथीमा एसियन कराँते फेडेरेसनका पुरेन्द्र कुमार लाखेको रहेका थिए।

आजबाट मनकामना डोजोको प्रथम अन्तराष्ट्रिय कराँते प्रतियोगिता

काठमाडौं। मनकामना डोजोद्वारा आयोजित प्रथम अन्तरराष्ट्रिय डोजो प्रतियोगितामा आज देखी सुरु हुने भएको छ। प्रतियोगिताको लागि नेपालबाट २ प्रतियोगी छानिएका छन्। प्रतियोगितामा भारत, भुटान तथा अन्य केही राष्ट्रको पनि सहभागिता रहेको छ। नेपालबाट महिला तर्फ ३५ केजी समुहका गोंगबु डोजोकी पाल्सँग गुरुङ र २५ केजी समुहका सानीश चौधरीले भाग लिदै छन्। प्रतियोगिता २ दिन संचालन हुने कार्यक्रम संचालक छत्र आलेले जानकारी दिएका छन्।