सिटी एक्सप्रेसले मानव सेवा आश्रमलाई दियो १ लाख

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो १३औं बार्षिकोत्सवको उपलक्ष्यमा ‘मानव सेवाआश्रम’लाई १ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत स्थापित सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवाआश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डनलाई १ लाख हस्तान्तरण गरिएको हो । साथै उक्त संस्थालाई सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले आगामी दिनहरुमा पनि सहयोग र साथ प्रदान गर्ने घोषणा गरे ।

नेपालगञ्जका नौ पसलबाट लाखौंका धनमाल चोरी

राँझा । अबिरल वर्षा परिरहेको मौका छोपी गए राति नेपालगञ्जको व्यस्त सुर्खेतरोडका नौ पसलबाट लाखौँको धनमाल चोरी भएको छ । प्रमोद किराना पसल, भोलेबाबा फर्निचर, क्रियटिभ आल्मुनियम, शाह इलेक्ट्रोनिक्स, डेको फर्निचर, उषा टे«डर्स, प्रभा किराना पसल, कुञ्ज टे«डर्स र शोभा टे«डर्समा चोरी भएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिएका छन् । उनका अनुसार, तीन किराना पसलबाट झण्डै रु एक लाख नगद र मोबाइल रिचार्जकार्ड चोरी भएको खुल्न आएको छ । “के कति चोरी भएको छ भन्ने यकिन भइसकेको छैन, मुचुल्का उठाउने काम भइरहेको छ”, उनले भने, “चोरले नगद मात्र उठाएको छ, जहाँ नगद भेटिएको छैन, त्यहाँबाट अन्य कुनै सामान नलगेको पाइएको छ ।” दुई÷दुई वटासम्म बलिया ताल्चा लगाएको सटरसमेत फोडेको भेटिएको छ । जिल्ला र वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख फेरबदल भएको बेला नेपालगञ्जमा चोरीका घटना बढेका छन् । शहरमा चोरीका घटना बढेपछि शनिबार साँझ मात्र नेपालगञ्जका इलेक्ट्रोनिक्स व्यवसायी सुरक्षा माग गर्दै जिल्ला प्रहरी कायालय बाँके पुगेका थिए । गए राति एकैपटक नौ पसलमा चोरी भएपछि व्यवसायी त्रसित बनेको नेपालगञ्जका इलेक्ट्रोनिक्स एशोसिएसनका अध्यक्ष चिरञ्जीवी वलीले बताए । एशोसिएशनले नेपालगञ्जको धम्बोझी, पुष्पलालचोक, त्रिभुवनचोक, सेतुविक, विपीचोकजस्ता मुख्य ठाउँमा रहेका प्रहरीलाई सक्रिय बनाउन र अन्य क्षेत्रमा नियमित गस्ती गर्न माग गरेको छ । सिसीटिभी क्यामेरा जडान गरिए पनि काम नगरेको भन्दै व्यवसायीले त्यसलाई सुधार गर्न माग गरेका छन् । रासस

मलेसिया विरुद्धको टि २० सिरिजमा नेपालको क्लिन स्विप

काठमाडौं । टि २० मा नेपालले मलेसियालाई पुनः पराजित गरेको छ । मलेसियाको घरेलु मैदानमा भएको दोश्रो खेलमा १७४ रनको लक्ष्य पछ्याएको मलेसिया ७ विवेकको क्षतिमा १६७ रनमै समेटिएको हो । नेपालले मलेसियालाई ६ रनले पराजित गरेको हो । नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो । शनिबारको पहिलो खेलमा पनि नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो । टि २० सिरिजमा नेपालले मलेसिया विरुद्धका दुबै खेल जितेर क्लिन स्विप गरेको हो ।