खानीखोलामा ट्रकको ठक्करबाट बालकको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्द

काठमाडौं । धादिङको खानीखोलमा ट्रकले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको छ । ६ वर्षीय बालक राजमार्गमा बाटो काट्दै गरेको अवस्थामा ना ६ ख ४९४७ नम्बरको ट्रकले ठक्कर दिएर उनको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले बताएको छ । अहिले ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन् । स्थानीयले त्यसको बिरोधमा राजमार्ग नै अवरुद्द गरेका छन् । साँझ ४ बजेदेखि बन्द रहेको राजमार्ग अहिलेसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

निधारको चोट

निधारलाई छोपेको कपाललाई पन्छ्याउँदै बैनीको देब्रे हातले मेरो तालु थिच्छे । दाहिने हातको साँहिली औलाले केशरी लगाउँदै गर्दा बिचैमा टक्क रोकेर बैनी सोध्छे । “निधारमा त खत पौ रैत त ! केको चोट हो दाई ?” उसको प्रश्न भुईमा झर्न नपाउँदै मैले जवाफ दिएँ । त्यो कुरा पछि गरौंला । पहिले साईतको टिका त लगाऊँ । टिका लगाई सकेपछि बैनीले सोधिन । ‘दाई निधारमा कसरी चोट लागेको ?’ हुँ ! म अनकनिदै थिएँ । मलिन अनुहार पार्दै फेरी भनिन् । “भन्नु न के । नभन्ने भए म त रोहिदिन्छु ।” बैनी घुर्काउन थाल्छे । राती अँध्यारोमा ढाेकामा ठाेकिएर काटेको । मैले जवाफ दिएँ । टिकाको थाली वर तानेर बैनीलाई लगाईदिँदै गर्दा उस्ले मेरो मुखमा फुर्लुक्क हेरी । म मुसुक्क हाँसे । मेरो हात च्याप्प समेतेर उसको टाउकोमा राखीन । “तपाईले मसंग झुट बोले जस्तो छ । यो भन्दा अगाडी त मैले निधारमा खत देखेको थिईन । सानो कमिलाले टोकेको कुरा त शेयर गर्ने मान्छेले यति ठूलो चोट लाग्दा समेत मलाई केही भने जस्तो त लागेन । मेरो कसम खाएर भन्नु त यो खत कसरी बस्यो ?” मैले भने पहिला टिका लगाई दिन त दे । अनि सबै कुरा भनौला । सप्तरंङ्गी टिका, सयपत्री र मखमलीको माला लगाई दिएँ । तिहारको भाई मसला, सानो उपहार र दक्षिणा दिँदै उसको खुट्टामा ढोगें । अनौठो मान्दै उनले भनिन् । ‘यसपाली त अचम्म भयो लौ ! दशैं टिका लगाउँदा समेत बुबा ममीको पाऊमा समेत शिर नझुकाउने मेरो दाई, आज घुँडा टेकेर मेरो खुट्टामा ढोग्दै छ त ?’ ००००० सिस्टम र सिष्टता एउटै आमाबाबुको सन्तान नभएता पनि सम्बन्ध भने निकै नै घनिष्टता थियो । सिष्टताले रक्षा बन्धनका दिन सिस्टमका हातमा राखी बाँधेर पवित्र सम्बन्धलाई जोडेकी थिईन । सिस्टम, सिष्टताको लागि अभिभावक मात्र हैन, सल्लाहकार पनि हो । आफ्नी बैनी संधै राम्रो काम गरोस, कसैले उसलाई औला उठाएर बोल्न नपरोस र सबैबाट प्रशंसा पाओस भन्ने सिष्टमको चाहाना थियोे । सिष्टताले पनि हरेक कुरामा सिष्टमसंग राय लिने गर्थिन । एकले अर्कालाई खुब माया गर्थे उनीहरु । छिनमै रिसाउने छिन भरमै खुशी हुने उनीहरु दुबैको आदत थियो । जिन्दगीका सबै कुराहरु शेयर हुन्थ्यो । एउटालाई चोट पर्दा दुवै संगै रुने गर्थे । कहिले काहीँ झै भगडा गरेता पनि एकले अर्काको पिडालाई बुज्थे उनीहरु । तिहार नजिकिँदै थियो । भाइटिकाको दिनका लागि भनेर सिष्टमले बैनीका लागि केही कपडा किनिदिन्छ । सिष्टताले पनि दाजुका लागि केही कपडाहरु किनिदिन खोज्छिन, तर उसले इकार गर्छ । सिष्टताले ढाकाको टोपी देखाउँदै भन्छे । यो त किन्न सक्छु नि ? उसले मुन्टो हल्लाउँदै अँ, हुन्छ । टोपीका चुच्चाहरु मिलाउँदै सिष्टताले दाजुको शिरमा लगाई दिन्छे । बैनी रोजेको टोपी सिष्टमलाई ठिक्क भएको थियो । चिटिक्क सुहाएको पनि थियो । “आहा कति राम्रो !” पसल्नी साउनी पनि स्वर मिलाउँदै थिई । हिरो छ नि मेरो दाजु भन्दै सिष्टता दाजुका टाउको सुम्सुम्याउँदै थिईन । ‘दाई यस्पाली तिहारमा त तपाईको कपाल हाईलाईट गर्नु पर्छ है ? मेहेन्दी किनौ म लागाई दिन्छु ।’ फुलेको एउटा कपाल तान्दै सिष्टताले भनिन । “अलिअलि कपाल फुलेर के भो त, नहाल्ने मेहेन्दी सेहेन्दी ।” सिष्टमको यस्तो जवाफका कारण चित्त दुखाउँछिन । ‘मैले भनेको त के नै मान्नु हुन्छ र ?’ उमेरले ३० औं बसन्तको यात्रा गरिरहँदा सिष्टमको कपाल फुलेर सेताम्मे थियो । सिष्टतालाई दाजुको सेतो कपाललाई रंग्याउने रहर थियो । यही कुरामा उनीहरु बीच सामान्य वादविवाद भयो । दाजुबैनीको वादविवादलाई यहाँ चित्रण नगरौं । उनीहरु त्यहाँबाट फर्किए । बेलुका घर आएपछि सिष्टताले दिउसोको घटनासंग मेल खाने एउटा पोष्ट फेशबुकमा शेयर गरिन् । जुन पोष्टले सिष्टमलाई बैनीले उसैलाई भनेको जस्तो आभाष हुन्छ । उसले पनि त्यस्तै खालको कमेन्ट गर्छ । सिष्टतालाई दाजुको पछिल्ला ब्यवहारले निकै चित्त दुख्छ । तिहारको केही दिन अघि सिष्टताको मामाले फोन गर्छन र भन्छन । ‘भान्जी यस्पाली तिहारमा म पनि तिम्रो गाँउ जाने हो ममीलाई भन्नु मामा उतै आउनु हुन्छ भनेर । म लक्ष्मीपूजाको दिन यहाँबाट बिहान चिया खाएर आँउछु । तिमी त्यहाँ खाना बनाई राख । देउरालीको मिलन मामा पनि आउनु हुन्छ । त्यहीँ खाना खाएर संगै गाऊँ जाऔला । गाउँ नगएको धेरै भयो । यस्पाली धेरै रमाईलो गर्नु पर्छ ।’ मामा भान्जीको सल्लाह अनुसार लक्ष्मी पूजा दिन बिहानै सिष्टता मामासंगै गाँऊ जान्छिन । गाउँमा देउसी भैलो कार्यक्रमको आयोजना गरिएको हुन्छ । भाइटिकाको दिन विहान अबेरसम्म देउसीभैलो खेल्ने कार्यक्रम थियो । भाइलाई टिका लगाएर मामासंगै फर्किएर दाजुलाई पनि टिका लगाउने उसको सोच थियो । सोचे जस्तो वातावरण मिलेन । उनी त्यस दिन फर्किन सकिनन् । ००००० बैनीले धेरै कर गरेपछि सिष्टमले आफ्नो निधारको चोटको बारेमा बताउन थाल्छ । कुरा पोहोर साल तिहारको हो । भाइटिकाको दिन बिहानै फोन गर्दा तिमीले भनेकी थियौं । दाइ म आउँदिन है । मैले सोधेँ । किन ? कहाँ त्यसो भनेर हुन्छ त ? जस्तोसुकै भए पनि आऊनु भनेर कर गरे । त्यसपछि तिमीले भन्यौं । यसपाली टिका लगाऊन नमिल्ने भयो के, त्यही भएर । नाटक नगर खुरुक्क आउने भन्दा तिमीले हैरान गर्याै । ह्या तपाईं पनि लेडिज प्रोब्लम हो के बुज्नु न । तिमी नआउने बहाना बनाउँदै थियौं । मलाई राम्रोसंग याद थियो । दशैंको बेलामा ‘प्रियिड’ भएकै कारण तिमीले मेरो हातको टिका गुमाएकी थियौं । त्यति बेला भावुक हुँदै भनेकी थियौ, दाईको हातबाट दशैंको टिका लगाउन नपाएता पनि तिहारमा दाजुबैनी भएर खुब रमाईलो गर्नु पर्छ । तिमी आउँदिनौ भन्ने कुरामा मलाई अलिकति पनि विश्वास थिएन । घरमा सार्थकलाई टिका लगाएर आउँदा अलि ढिलै होला भन्ने मेरो अनुमान थियो । तिमी आँउछेऊ भन्नेमा पूर्ण विश्वस्त थिएँ त्यती बेला । त्यसैले टिकाको सबै सरसार्दम, खानेकुरा सबै ठिक पारेर तयारी अवस्थामा बैनीको प्रतिक्षामा बसेको थिएँ । दिन ढल्किदै गयो । साँझसम्म पनि तिमी नआएपछि मेरो मन छट्पटिन थाल्यो । आँखाहरू दोबाटोतिर टोलाऊन थाले । तिमीलाई फोन गरे । फोन उठेन । केही पछि दोहोर्याएर कल गरे । मोबाइल स्विच अफ थियो । आईपुग्नै लागेको भएर मलाई सरप्राइज दिन खोजेको होला भन्ने सोचेर कोठा भित्र छिरे । दियो बत्ती बालेर टिका लगाउने ठाउँ फेरी एकपटक सफा गरे । कोठा टिलिक्क पारेर सजाएको थिएँ । हुनत दिनभरी मेरो अरू काम नै के थियो र । त्यही बेला मोबाइलको घन्टी बज्यो । त्यो तिम्रो कल थियो । हत्तपत्त फोन उठाएर सोधें । कहाँ आईपुगेको ? तिमीले भन्यौं । “म त घरमै छु ।” नजिस्कन म कुरिरहेको छु । यति भन्न नपाउँदै तिम्रो जवाफ आयो । अरे पागल झन मैले बिहानै भनेको हैन त म आउँदिन भनेर । फोन काटियो र लगतै म्यासेन्जरमा भिडियो कल आयो । वास्तवमै तिमी घरमै रहिछौ । ए हस् भनेर फोन काटेँ । एक्कासी मन भक्कानिन थाल्यो । छाती डुम्म फुल्यो । एक छिन अक्क न बक्क परे । सुत्ने बिचार गरेर बाहिर ढोका लगाऊन निस्केको थिएँ । त्यतीबेलासम्म पनि तिम्रो झझल्को छाडेको थिएन । ढोका चुकुल लगाएँ । जुन ढोका तिमी आउने आशा खुल्ला गरेको थिएँ, त्यही ढोका निराश हुँदै बन्द गर्न बिवस थिएँ म । एक्लोपनको महशुष भयो मलाई । त्यही बेला आफ्नो भाग्य धिक्कार्दै ढोकामा टाउको बजार्न पुगेछु । त्यही चोटको हो यो । जति बेला मेरो निधार खाली थियो । ०००००

महानगरले रोक्न निर्देशन दिए पनि खुलामञ्चमा खाना खुवाउने कामलाई निरन्तरता

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (मंसिर २ गते) देखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भनेपनि हाम्रो टीम नेपालले खाना खुवाएको छ । कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गरी खुलामञ्चमा खाना नखुवाउने भनिएपनि मानिसहरु लामबद्ध भएर बसेपछि खाना खुवाउन बाध्य भएको हाम्रोटीम नेपालका अध्यक्ष विमल पन्तले बताए । महानगरपालिकाले मंसिर २ गते देखि खुलामञ्चमा भेला गराएर नभई कुनैपनि ठाउँमा व्यवस्थित गरी खाना खुवाउन हाम्रो टीम नेपाललाई आग्रह गरेको थियो । सोही अनुसार आजदेखि खुलामञ्चमा खाना नखुवाउने सम्झौता पनि भएको थियो । तर खाना खुवाउनको लागि उचित ठाउँको व्यवस्था गर्न नसकिएकाले फेरीपनि खुलामञ्चमा नै खाना खुवाउन आफुहरु बाध्य भएको पन्तले बताए । आफुहरुले प्याकेटमा खाना वितरण गर्न खोजेको भएपनि मानिसहरु खुलामञ्चमा नै लामबद्ध भएर बसेपछि पुरानै तरिकाले खाना वितरण गर्न बाध्य भएको पनि उनले बताए । खाना खान आउने मानिसहरु भने खुला मञ्चमा खाना वितरण गर्ने कार्यलाई महानगरपालिकाले रोक्न लागेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरुले की काम देउ होइन भने खान देउ भन्दै खाना खुवाउने कार्यक्रमलाई नरोक्न माग गरेका छन् । कोरोना महामारीका कारण काम नपाएर भोकै बस्नुपर्ने बाध्यता भएपछि खुलामञ्च आई निःशुल्क वितरण गरिएको खाना खान बाध्य भएको बताएका छन् । सडकमा बसेर खाना खान आफुहरुको रहर नभई बाध्यता भएको पनि उनीहरुले बताए । हाम्रो टीम नेपालले गत चैत ११ गते देखि लकडाउन भएपछि खान खान नपाएर समस्यामा परका व्यक्तिहरुलाई चैत १४ गते देखि खाना खुवाउँदै आएको छ । सुरुमा उपत्यकाका विभिन्न ठाउँमा खाना वितरण गर्दै आएको यो समूहले पछिल्लो समय खुलामञ्चमा निःशुल्क खाना खुवाउने काम गर्दै आएको छ । तर काठमाडौं महानगरपालिकाले अव्यवस्थित रुपमा खाना खुवाउँदा संक्रमण फैलने डर भएको भन्दै खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न आग्रह गरेको छ । व्यवस्थित ठाउँमा खाना खुवाउने भए आफूले पनि सक्दो सहायोग गर्ने महानगरपालिकाले बताउँदै आएको छ ।