बलिउड अभिनेता सलमान खान अभिनित ‘राधे’ क्लियर टिभीको मुभी अन डिमाण्डमा
काठमाडाैं । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेटले क्लियर टिभीको मुभी अन डिमाण्डमार्फत सलमान खान अभिनित फिल्म ‘राधे’ प्रसारण गरेको छ । प्रभुदेवा निर्देशित उक्त फिल्म विश्वव्यापी रुपमै बहुप्रतिक्षित फिल्मको रुपमा लिइएको छ । बिद्यमान परिस्थितिमा सबैजना घरमै रहेको अवस्थामा यसले केही हदसम्म ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्ने कम्पनीले विश्वास लिएकाे जनाएकाे छ । मे १३ मा विश्व भर औपचारिक रुपमा प्रसारण हुने उक्त फिल्म क्लियर टिभीको च्यानल नं १११(एच डि) र ११२ (एस डि) मुभी अन डिमाण्डमा प्रसारण हुनेछ । ग्राहकवर्गहरुले फिल्म हेर्नका लागि आफनो नजिकको क्लियर टिभी सेवा प्रदायकमा सम्पर्क गर्न सक्नु हुनेछ वा यस लिंक बाट फिल्म सम्बन्धी थप जानकारी लिन सक्नेछन् ।
सलमान खानको ‘राधे’ हेर्न खल्तीबाटै शुल्क तिर्न सकिने
काठमाडौं । बलिउडका चर्चित अभिनेता सलमान खानकाे नयाँ फिल्म रिलिज हुनासाथ नेपाली पेमेन्ट गेटवेबाट शुल्क तिरेर हेर्न सकिने भएकाे छ । डिजिटल पेमेन्ट गेट वे खल्तीबाट शुल्क तिरेर अभिनेता खानकाे रिलिज हुन लागेकाे फिल्म राधे हेर्न सकिने भएकाे हाे । खल्तीले राधे फिल्मका वितरक ए. एट फिल्मिस् प्रा. लि. का श्री निरज पौडेल सँग राधे फिल्मकाे पे पर भिउजको आधारमा चलचित्र हेर्नको लागि आधिकारिक पेमेन्ट पार्टनरका रूपमा सेवा दिने सम्झाैता गरेकाे छ । प्रयाेगकर्ताहरूले खल्तीबाट शुल्क भुक्तानी गरेर नेट टिभीलगायतका अनलाइन प्लेटफर्ममा राधे फिल्म हेर्न पाउने छन् । फिल्म हेर्नका लागि प्रयोगकर्ताहरूले खल्तीबाट भाउचर खरीद गर्न सक्दछन् । खल्तीमा रहेको यूटिलिटी सेक्सन भित्र पी पी भी मुभिजमा भाउचर कोड किन्न सक्नेछन् । एक पटक भाउचर कोड ओटीटी प्लेटफर्ममा रिडिम भएपछि, दर्शकहरूले २४ घण्टाभित्र फिल्म हेर्न सक्दछन् । खल्ती डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो, जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो । ‘खल्ती’ वालेटको प्रयोग गरी ६० प्लस बैंक तथा वित्तीय संस्थामा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ-कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक-शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’का १७ लाख भन्दा बढि प्रयोगकर्ताहरु छन् ।
गायक प्रेमध्वज प्रधानको निधन
काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहिबार बसुन्धरास्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई बिहान अस्पताल पुर्याइएको थियो । श्रेष्ठले कोरोना रिपोर्ट भने नेगेटिभ आएकाे अस्पताल श्राेतले जानकारी दिएकाे छ ।