समाज लघुवित्तको आईपीओ आजै बाँडफाँड हुन सक्ने
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) आजै बाँडफाँड हुन सक्ने भएको छ । भोलि भदौ १३ गते शनिबार बाँडफाँड हुने भनिएको सेयर आज शुक्रबार नै बाँडफाँड हुन सक्ने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । ‘निषेधाज्ञाको कारण भोलि शनिबार हिँडडुल गर्न अफ्ठ्यारो हुने भएकाले आजै बाँडफाँड गर्न सकिन्छ कि भनेर नेपाल धितोपत्र बोर्डसँग कुरा भइरहेको छ । हेरौं अब केहि बेरमा थाहाँ हुन्छ ।’- सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत धुर्व तिमल्सिनाले विकासन्युजसँग भने । संस्थाले गत भदौ ४ गतेदेखि भदाै ८ गतेसम्म ८३ हजार कित्ता अर्थात ८३ लाख रुपैयाँ बराबरको सेयर निष्काशन खुल्ला गरेको थियो । जसमध्ये जारी पुँजीको ०.५० प्रतिशत अर्थात एक हजार सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । त्यस्तै, कूल साधारण सेयर मध्येको ५ प्रतिशत अर्थात ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहने ८० हजार ७ सय कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरेकाे छ । जसमा सर्वसाधारणको ५ लाख ६४ हजार एक सय ३८ जना आवेदकबाट एक करोड १९ लाख ८९ हजार ८० कित्ता सेयरको लागि आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएकाे छ । जुन संस्थाले सर्वसाधारणमा माग गरेको तुलनामा १४८.५६ गुणा बढी आवेदन परेको थियो । उक्त सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेकाे थियाे ।
समाज लघुवित्तको आईपीओ शनिबार बाँडफाँड हुने
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर(आईपीओ) आगामी शनिबार हुने भएको छ । भदौ ८ गते निष्काशन बन्द भएको कम्पनीको आईपीओ भदौ १३ गते बाँडफाँड गर्ने तयारी गरेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । संस्थाले गत भदौ ४ गतेदेखि ८३ हजार कित्ता अर्थात ८३ लाख रुपैयाँ बराबरको सेयर निष्काशन खुल्ला गरेको थियो । जसमध्ये जारी पुँजीको ०.५० प्रतिशत अर्थात एक हजार सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । त्यस्तै, कूल साधारण सेयर मध्येको ५ प्रतिशत अर्थात ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहने ८० हजार ७ सय कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरेकाे छ जसमा सर्वसाधारणको ५ लाख ६४ हजार एक सय ३८ जना आवेदकबाट एक करोड १९ लाख ८९ हजार ८० कित्ता सेयरको लागि आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएकाे छ । जुन संस्थाले सर्वसाधारणमा माग गरेको तुलनामा १४८.५६ गुणा बढी आवेदन परेको थियो । उक्त सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेकाे थियाे ।
उन्नति सहकार्य लघुवित्तको साधारण सेयर सूचीकृत
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको १४ लाख ९५ हजार ३ सय ६६ कित्ता साधारण सेयर सूचीकृत भएको छ । उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिए पश्चात बनेको उन्नति सहकार्य लघुवित्तको बिहीबार मात्रै सो मात्राको साधारण सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो । यी दुई संस्था १ बराबर ०.७५ को अनुपातमा एक आपसमा गाभिएका हुन् । त्यसपश्चात प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रुपैयाँ दरको १४ लाख ९५ हजार ३ सय ६६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै संस्थाको आगामी आइतबारदेखि दोश्रो बजारमा सेयर किनबेच हुने छ ।