लाभांश पारित गर्न निफ्राले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आगामी मंसिर २९ गते वार्षिक साधारणसभा आव्हान गरको छ । कम्पनीले सो दिन बिहान ८ बजेदेखि साढे ११ बजेसम्म काठमाडौंको बत्तिसपुतली अनुपम फुडल्याण्डमा आफ्नो तेश्रो वार्षिक साधारणसभा गर्न लागेको हो । सभाले गत वर्षको लाभांश प्रस्तावलाई पारित गर्दै छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ८ करोड ४२ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी मंसिर ९ गते एकदिन बुक क्लोज गर्ने निर्णय गरेको छ । सम्बन्धित समाचार निफ्राको लाभांश परिमार्जन, अब नगदको सट्टा बोनस सेयर दिने

बम्पर लाभांश घोषणा गरेको एशियन लाइफमा झुम्मिए लगानीकर्ता, बढ्यो सेयर मूल्य

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । कार्त्तिक ३० गते बेलुका बसेको संस्थाको सञ्चालक समितिले सेयरधनीलाई २७ प्रतिशत लाभांश घोषणा गरेको हो । उच्च लाभांश घोषणा गरेसँगै कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको छ । बजारमा कम्पनीको उच्च कारोबार भएको छ । कारोबार खुलेको ३० मिनेटमै कम्पनीको १० करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । त्यस्तै, इन्स्योरेन्सको सेयर मूल्य ५४ रुपैयाँले बढेर प्रतिकित्ता १३४८ रुपैयाँ पुगेको छ । जुन मंगलबारको तुलनामा ४.२१ प्रतिशतले बढी हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस र २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ नाघ्ने छ । प्रस्तावित २७ प्रतिशत लाभांश आर्थिक वर्ष २०७०/७१ यताकै उच्च हो । कम्पनीले आर्थिक वर्ष २०७०।७१ को नाफाबाट सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसयता आर्थिक वर्ष २०७२/७३ को नाफाबाट २१.०५ प्रतिशत र आर्थिक वर्ष २०७३/७४ को नाफाबाट ४.२१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

पिपुल्स हाइड्रोले बोलायो साधारणसभा, आईपीओ जारी गर्नेदेखि सुपरदोर्दीलाई मर्ज गर्ने प्रस्ताव

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले आगामी मंसिर २३ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान साढे १० बजे काठमाडौंको क्वालिटी बेङ्क्वेट बुद्धनगरमा गत आर्थिक वर्षको सभा बोलाएको हो । कम्पनीले सभामा साधारण सेयर (आईपीओ) जारी गर्नेदेखि सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनीलाई मर्जर गर्ने विशेष प्रस्ताव लैजाँदै छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई सेयर जारी गर्ने र आईपीओ जारी बाट प्राप्त हुने रकम उपयोग गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनीलाई मर्जर गर्ने सम्बन्धमा सभाले आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव रहेको छ ।