नेशनल माइक्रोफाइनान्सले घोषणा गर्यो ४५ प्रतिशत लाभांश, बोनस कति ?

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ४५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । मंसिर १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत वर्षको नाफाबाट सो मात्राको लाभांश वितरण गर्ने घोषणा गरेको हो । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ४० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कूल ४५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा १८ प्रतिशत बढी हो । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २७ प्रतिशत (२१ प्रतिशत बोनस र ६ प्रतिशत नगद) लाभांश वितरण गरेको थियो । हाल संस्थाको चुक्ता पुँजी ४१ करोड ९० लाख रुपैयाँ छ । ४० प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ५८ करोड ६६ लाख रुपैयाँ नाघ्ने छ ।

छिमेक लघुवित्तले बढायो लाभांशदर, बोनस मात्रै २७ प्रतिशत, नगद कति ?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको २७ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा बढी हो । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २९ प्रतिशत(२२ प्रतिशत बोनस र ७ प्रतिशत नगद) लाभांश वितरण गरेको थियो । हाल संस्थाको चुक्ता पुँजी एक अर्ब ८३ करोड रुपैयाँ रहेको छ । २७ प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी २ अर्ब ३२ करोड रुपैयाँ नाघ्ने छ ।

प्रभु क्यापिटल बन्यो खानीखोला हाइड्रोको सेयर रजिष्ट्रार

काठमाडौं । खानीखोला हाइड्रोपावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । हाइड्रोको सञ्चालक समितिको बैठकले क्यापिटललाई सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै, खानीखोलाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं सेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।