सानिमा बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता ३४१ रुपैयाँ मात्र

काठमाडौं । शुक्रबार सानिमा बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १६ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३४१ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ४३४ रुपैयाँ रहने छ ।

एकैदिन पोखरा फाइनान्सको एफपीओ र लाइफ इन्स्योरेन्सको बोनस नेप्सेमा सूचिकृत

काठमाडौं । शुक्रबार मात्रै पोखरा फाइनान्सको एफपीओ र लाइफ इन्स्योरेन्स करपोरेसन(नेपाल)को बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । सो दिन पोखरा फाइनान्सको ९ लाख ८३ हजार ६८२ कित्ता एफपीओ नेप्सेमा सुचिकृत भएको हो । त्यस्तै, सोही दिन लाइफ इन्स्योरेन्स करपोरेसनको २६ लाख ५२ हजार २४३ कित्ता बोनस सेयर नेपाल स्टक एक्सेञ्जमा सूचिकृत भएको छ ।

ओम डेभलपमेन्ट बैंकको १० बराबर ३ कित्ता हकप्रद सेयर असोज २३ देखि

काठमाडौं । ओम डेभलपमेन्ट बैंकको १० बराबर ३ कित्ता अनुपातको हकप्रद सेयर असोज २३ गतेदेखि आउने भएको छ । बैंकले चुक्ता पुँजी बढाउने उदेश्यसहित १ सय रुपैंयाँ मूल्यमा ४९ लाख ३१ हजार ८ सय ३५ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंककको हकप्रद सेयरका लागि कात्तिक २६ गतेसम्म आवेदन दिन सकिनेछ । एनआईबिएल क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको बैंकले आफ्ना सबै शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको बिराटनगर, इटहरी, बिरगञ्ज, नेपालगञ्ज र धनगढीबाट आवेदन दिन सकिने जनाएको छ ।