प्रभु इन्स्योरेन्सको विशेष साधारणसभा जेठ १० गते, कहिले देखि बुक क्लोज?

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी आगामी जेठ १० गते कम्पनीको विशेष साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि वैशाख २८ गतेदेखि जेठ १० गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ । उक्त निर्णय कम्पनीको ३६०औँ सञ्चालक समितिको बैठकले गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ६८ करोड ८४ लाख रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७७८ रुपैयाँ रहेको छ ।

रैराङ हाइड्रोपावरको आईपीओ बैशाख ३१ देखि, ४ हजार २०० कित्तासम्म आवेदन दिन पाइने

काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले बैशाख ३१ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्नेभएको छ । कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित दरका ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा जेठ ३ गते र ढिलोमा जेठ २९ गतेसम्म हुने निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । न्युनतम ५० र अधिकतम् ४ हजार २०० कित्ता खरिदका लागि आवेदन दिन पाउने एनआईबीएलले जनाएको छ । कुल निष्कासन मध्ये ३३ हजार ६०० कित्ता कर्मचारी र ४२ हजार कित्ता सामुहिक लगानी कोषलार्य सुरक्षित गरिएको छ । कम्पनीको स्वामित्वमा धादिङमा ५०० किलोवाटको रैराङ साना जलविद्युत आयोजना २०६१ सालदेखि सञ्चालनमा छ । कम्पनीले हाल ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजना आउदो जेठ १ गते सम्पन्न हुने कम्पनीले जनाएको छ । आयोजना बनाउन १ अर्ब ६० करोड रुपैयाँ लागेको छ । आयोजनाको प्रतिमेगावाट लागत १६ करोड १६ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ । यसअघि आयोजना प्रभावित पाँचथर र ताप्लेजुङका स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ५ करोड ६० लाख रुपैयाँ बराबरको ५ लाख ६० हजार कित्ता गत भदौमा निष्कासन गरी बाँडफाँड पनि भइसकेको छ । कम्पनीको जारीपुँजी ५६ करोड रुपैयाँ रहेको छ । जसमध्ये २५ प्रतिशत सर्वसाधारण र बाँकी ४२ करोड रुपैयाँ संस्थापक लगानी हुने गरी सेयर संरचना तयार पारिएको छ । आयोजनाबाट बिजुली उत्पादन भइनसकेकाले प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ ४४ पैसा छ । धितोपत्र बोर्डले बैशाख ९ गते चुक्तापुँजीको १५ प्रतिशत अर्थात ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

प्रभु बैंकको वार्षिक साधारणसभा जेठ १०मा, वैशाख २८ गतेदेखि बुक क्लोज

काठमाडौं । प्रभु बैंक लिमिटेड आगामी जेठ १० गते कम्पनीको १६औँ वार्षिक साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि कम्पनीले यही वैशाख २८ गतेदेखि जेठ १०गतेसम्म कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ । वैशाख १९ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।