एनसेलद्धारा डाटा र भ्वाइसको रोमिङ्ग शुल्कमा व्यापक कटौती
काठमाडौं, २१ साउन । एनसेलले आफु एक्जियटा गुर्प बर्हाद अन्तर्गत आए पछि उक्त ग्रुपको नेटवर्क भित्र पर्ने देशहरुमा रोमिङ् योजना मार्फत रोमिङ्गको शुल्क घटाई सकेको छ । रोमिङ शुल्क घटाइएका देशहरुमा ग्रुपको नेटवर्क अन्तर्गत पर्ने मलेसिया, श्रीलंका, बाङ्लादेश र क्याम्बोडिया रहेका छन् । केही समय अगाडी एनसेलले यस गुर्प नेटवर्क भित्रका देशहरुमा भ्रमण गर्ने आफ्ना ग्राकहहरुको सहजतालाई विशेष प्याकपनि सार्वजनिक गरेको छ । तिनको सुविधा तथा सहजतालाई दृष्टिगत गर्दै कम्पनीले आकर्षक दैनिक अनलिमिटेड डाटा रोमिङ् प्याक सार्वजनिक गरेको थियो । यस योजना अन्र्तगत कम्पनीका उपभोक्ताले कर सहित जम्मा १ हजार ५ सय रुपैयाँमा प्याक खरिद गरी भ्रमणको समयमा दैनिक अनलिमिटेक डाटा सेवा उपयोग गरी फाइदा लिन सक्छन् । कम्पनी अहिले रोमिङ शुल्कमा कटौती ल्याउनका लागि छलफलको क्रममा रहेको एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले बताएका छन् । तीन हप्ता पहिले आईडियासँग यस बारेमा छलफलका लागि कम्पनीको एक समुह पुगेको थियो । छलफललाई नतिजाको अझ नजिक लाने सोचका साथ सो समुह पूणः छलफलका लागि जाने तयारीमा रहेको उनले बताए । “भारत र मलेसिया जस्ता देशहरुका लागि अहिले जे जति भएको छ त्यो भन्दापनि बढि गर्न चाहन्छौं,” उनले भने “हाम्रा ग्राहकहरुले एनसेलको सिम बोकेर ती देशहरु जाउन् र लोकल कल झैं सुलभ दरमा नेपालमा कल गर्न पाउन् भन्ने हाम्रो चाहना हो ।” ठूलो संख्यामा नेपालीहरु विषेशगरी वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका छन् । अहिले मलेसिया भ्रमणमा रहेका बेलामा एनसेलका ग्राहकले रु १५ प्रति मिनेटमा रोमिङ्गको योजना अन्र्तगत नेपालमा कल गर्न वा आगमन कल उठाउन सक्छन् । त्यसै गरी एसएमएस प्रेशित गर्दा प्रति सन्देश रु १५ पर्छ । आगमन एसएमएस सुविधा भने निःशुल्क रहेको छ । ईण्डिया रोमिङ्गको योजना अन्र्तगत अहिले ग्राहकले त्यहाँ रहेको बेलामा रु २५ प्रति मिनेटमा नेपालमा फोन गर्न सक्छन् र प्रति एसएमएसको १० रुपैयाँ पर्छ । पर्किन्स देश बाहिर बस्ने सम्पुर्ण नेपालीहरुका लागि योजनाहरु हुनु पर्ने पक्षमा रहेका देखिन्छन् । मध्यपुर्व, कतार, कुवेत अनि साउदी अरेविया जस्ता देशमा पनि थुप्रै नेपालीहरु रहेका छन् । एनसेलको एक टोली केही अगाडी कतार गएको थियो र त्यहाँका सेवा प्रदायकहरुसँग भेटेर कसरी त्यहाँ रहेका नेपालीहरुलाई सस्तोमा नेपालमा कुरा गर्न सकिने अवस्थाको सिर्जना गर्न सकिन्छ भन्ने बारेमा छलफल गरेका थिए । पर्किन्सका अनुसार एनसेलको योजना, कतारको सेवाप्रदायकहरुले के भन्छन् त्यसमा निर्भर रहने छ । एनसेलले रोमिङ्ग शुल्कका साथै यहाँबाट बाहिर जाने कलको शुल्कपनि घटाउने जनाएको छ । यसै अनुरुप एनलेसले गत हप्ता भारतकालागि ‘ईण्डिया कलिङ्ग’ योजना ल्याएको थियो । यो योजनाअनुसार ग्राहकले कर बाहेक प्रतिमिनेट जम्मा रु १ रुपैया ९९ पैसामा भारतको कुनै पनि नम्बरमा कल गर्न सक्छन् । “विदेशबाट आउने कलमात्र होईन यहाँबाट उता रहेका आफ्ना परिवार र आफन्तहरुसँग सस्तोमा कल गर्न सक्ने वातावरण बनाउनु हाम्रो उदेश्य हो ” पर्किन्सले भने ।
एमए दोस्रो वर्षको परीक्षाफल प्रकाशित
काठमाडौं, २१ साउन । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७१) को (सोधपत्र बाहेक) राजनीतिशास्त्र र संस्कृति विषयको केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ । त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद ६६ को २६८ अनुसार परीक्षाको मर्यादा विपरीत कार्य गरेकाले १४०१६७ क्रमाङ्कका परीक्षार्थीलाई त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी २०७२ सालको परीक्षासम्म दुई वर्षका लागि निष्काशन गरिएको छ । रासस
दिनेश दुरालाई दियो एनसेलले बाइक
काठमाडौं, २० साउन । देशको अग्रणी मोबाईल सेवा प्रदायक एनसेलले आफ्नो ‘च्यानल लोयल्टि’ योजना अन्तर्गत मित्रनगर, नयाँ बसपार्कमा (काठमाडौं) रहेको लमजुङ्ग कम्युनिकेशनका संचालक दिनेश दुरालाई मोटर साईकल उपहार प्रदान गरेको छ । लमजुङ्ग कम्युनिकेशन एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्य प्रोडक्टहरु ग्राहक सम्म पुर्याउने १० हजार आधिकारिक रिटेलरहरु मध्य एक हो । एनसेलले सन् २०१४ मा रिटेलरहरुलाई आफ्नो सेवा तथा सुविधाहरुको प्रवद्र्धन गर्न प्रोत्साहन गर्ने हेतुले ‘च्यानल लोयल्टि’ योजना शुरु गरेको हो । रिटेलरहरुले उनीहरुले गरेको बिक्रीका आधारमा उपहार पाउँछन् । यो योजना अन्तर्गत मोटर साईकल उपहार पाउन योग्य हुने दुरा पहिलो रिटेलर हुन् । उनलाई एनसेलको बागमति सेल्स टिमले एक कार्यक्रम माझ सो उपहार प्रदान गरेको थियो ।