स्मार्टफोनमा प्याट्रन लक वा पिन नंबर भुल्नुभयो, यी तरिकाहरु अपनाउनुस् प्याट्रन र लक खुल्छ

काठमाडौं। गल्तिले कहिलेकाहिँ तपाइको मोवाइलको लक वा प्याट्रन लक भयो भने  धेरै समयसम्म हैरान र दिमाग खराव हुन्छ। यो समस्या यस्ता व्यक्तिहरुलाई पर्छ जसले चाँडोचाँडो मोवाइलको प्याट्रन वा लक परिवर्तन गरिरहेका हुन्छन् र उनीहरुलाई त्यो सम्झिन गाह्रो पर्दछ। स्मार्टफोन प्रयोगकर्ताहरु बिच अझैसम्म पनि फिङगर प्रिन्ट पासवर्ड लोकप्रिय भइसकेको छैन। स्मार्टफोनमा प्रयोग हुने फ्रि सफ्टवेयरहरुले पनि डेटाहरुलाई सुरक्षित राख्न सकिरहेका हुँदैनन्। यदि तपाईको स्मार्टफोनको पिन वा पासवर्ड लक वा भुल्नुभयो भने तपाइसंग एउटा स्मार्ट विकल्प रहेको हुन्छ फ्याक्ट्रि रिसेट गर्ने। तपाइलाई डेटाको भन्दा स्मार्टफोनको धेरै मायाँ लाग्छ भने तपाईले फ्याक्ट्रि रिसेटको गर्न सक्नुहुन्छ। तर यो समस्याको कमाधान गर्नका लागि अरु पनि उपायहरु रहेका छन्। पासवर्ड भुलेको खण्डमा एन्ड्रोइडको डिभाइस मेनेजरमा तपाइको काम लाग्छ। स्मार्टफोनमा तपाइले गुगल एकाउन्ट लगअन गर्नुभएको छ भने त्यसको मद्दतले तपाइले एन्ड्रोइड डिभाइसलाई म्यानेज गर्न सक्नुहुन्छ। त्यसपछि तपाइले स्कृनमा रहेको लक बटनलाई क्लिक गर्नुहोस त्यसपछि उसले तपाइलाई नयाँ पासवर्ड राख्नका लागि विकल्प दिन्छ। पाँच मिनेटपछि पासवर्ड परिवर्तन हुन्छ। तपाई प्याट्रन लकको प्रयोग गर्नुहुन्छ भने  एन्ड्रोइड डिभाइमा फिङ्गरप्रिन्ट प्यार्टनका लागि एक विकल्प हुन्छ। तपाइले पाँचपटक गलत प्याट्रन लगाउनुभयो भने स्किृनमा ३० मिनेटमा पुन प्रयास गनुहोस भनेर देखाउँछ। यसपछि तल फरगेट प्याट्रन भनेर लेखिएको हुन्छ। त्यसमा क्लिक गर्नुहोस र त्यसपछि गुगलको एकाउन्टको डिटेल भर्नुहोस त्यहाँ तपाइलाई गुललले तपाइलाई एमेल गर्दैन। सेफ मोडमा पनि तपाइले स्मार्टफोनलाई बुट गर्न सक्नुहुन्छ। यो तरिकावाट पनि तपाइले स्क्रिन लकको हल निकाल्न सक्नुहुन्छ। तर यसका लागि तपाइले पहिले नै स्क्रिन लकका लागि एप डाउनलोड गरेको हुनुपर्दछ। अझ तपाइलाई कुनैपनि डेटा चाहिँदैन भने तपाइले एन्ड्रोइड फोनको होम बटन, पावर वटन र भोल्युम अप कि एकैचोटि थिच्नुहोस तपाइको कुनै पनि पासवडै वा फिङ्गरप्रिन्ट बाँकि रहदैन। त्यसपछि तपाइले यसलाई फेरी प्रयोग गर्न सक्नुहुनेछ। एजेन्सीको सहयोगमा  

क्रोम बाउजरले ल्यापटपको ब्याट्री विगार्ने दाबी,माइक्रोसफ्ट एजले ९० प्रतिशत टिकाउँछ ब्याट्री

काठमाडौं, १५ साउन। यदि तपाई ल्यापटपमा गुगल क्रोम प्रयोग गर्दै हुनुहुन्छ भने सावधान हुनुहोस्। गुगल क्रोमले ल्यापटपको ब्याट्रीलाई नकारात्मक असर पार्ने माइक्रोसफ्टले दाबी गरेको छ । माइक्रोसफ्टले क्रोम, फायरफक्स र ओपेराबीच ब्याट्री परीक्षण गरेको थियो । एउटै एचडी भिडियोलाई घण्टौंसम्म ती ब्राउजरहरु मार्फत स्ट्रिमिङ गरिएको थियो। उक्त परिक्षण अनुसार ब्याट्रीको नतिजा यस्तो देखियो : (घण्टा, मिनेट र सेकेण्डमा) क्रोम: ४:१९:५० फायरफक्स: ५:०९:३० ओपेरा: ६:१८:३३ माइक्रोसफ्ट एज: ७:२२:०७ नतिजा अनुसार माइक्रोसफ्ट एज क्रोमको तुलनामा ९० प्रतिशतले टिकाउ रहेको पाइयो । भिडियो बाहेकका कामका लागि पनि यो ब्राउजर अन्यको तुलनामा ३६ देखि ५३ प्रतिशतसम्म टिक्ने कम्पनीले दाबी गरेको छ। माइक्रोसफ्ट एजको सामर्थ्यलाई अझ प्रस्तुत गर्न कम्पनीले लाखौं विण्डोज १० बाट लिइएका तथ्यांकहरु प्रस्तुत गरेको थियो। कम्पनीले आफ्नो ब्लगस्पटमा लेखेको छ ‘कुनै विशेष ब्याट्री सेभिङ मोड या सेटिङ बाहेक हामीले माइक्रोसफ्ट एजलाई ब्याट्रीको क्षमतालाई ध्यानमा राखेर डिजाइन गरेका छौं।’   माइक्रोसफ्टले सम्पूर्ण प्रयास एज ब्राउजरमार्फत प्रयोगकर्ताको मन जित्न गरिरहेको स्पष्ट छ। यधपी ब्राउजरमाथी एक्स्टेन्सनको लागि सपोर्ट नभएको ठुलो आरोप छ। कम्पनीको भर्खरै सार्वजनिक भएको विण्डोज १० ले एक्स्टेन्सनको लागि सपोर्टको विकास गरेको छ। जुलाईमा हुनलागेको वार्षिकोत्सवमा फुल फ्लेजको सपोर्ट आउने आशा गरिएको छ ।   अबका अपडेटहरुमा अरिपनि ब्याट्री जोगाउने फिचरहरु ल्याउने कम्पनीले वाचा गरेको छ।नेट एप्लिकेसन्सको भर्खरको तथ्यांक अनुसार क्रोम विश्वको सबैभन्दा लोकप्रिय ब्राउजर हो । यस ब्राउजरको बजारमा ४५ प्रतिशत सेयर रहेको छ। अध्ययन अनुसार सबैभन्दा ठुलो घाटामा गएको ब्राउजर माइक्रोसफ्टको इन्टरनेट एक्सप्लोर रहेको छ। यसको सेयर मे महिना भरमा ४१.३७ बाट घटेर ३८.६ प्रतिशत पुगेको छ। नवभारत टाइम्सवाट साभार

एसएलसी पूरक परीक्षा आजदेखि सुरु, २१ गतेसम्म सञ्चालन हुने

भक्तपुर, १४ साउन । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले देशभरका १९२ वटा परीक्षा केन्द्रमार्फत आजबाट प्रवेशिका (एसएलसी) पूरक अर्थात ग्रेड वृद्धि परीक्षा सुरु गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले आजदेखि सुरु भएको परीक्षामा नियमित तर्फ एक लाख आठ हजार ३२६ जना र एक्जाम्टेड तर्फ ३९ हजार २५७ जना गरी कुल एक लाख ४७ हजार पाँचसय ८३ जना सहभागी भएको जानकारी दिए। एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डि’ र ‘इ’ ग्रेड ल्याउने परीक्षार्थीले पूरक अर्थात ग्रेड वृद्धिपरीक्षा दिन पाउने कार्यालयले व्यवस्था गरेको थियो । परीक्षा २१ गतेसम्म सञ्चालन हुनेछ । रासस