शिक्षक सेवा आयोगले खुलायो शिक्षक लाइसेन्स, शिक्षाशास्त्र नपढेकाहरुलाई समेत खुला

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक, निम्न माध्यामिक र माध्यामिक तहका लागि शिक्षक लाइसेन्स खुला गरेको छ । आयोगले प्राथमिक, निम्न माध्यामिक तथा माध्यामिक तहका लागि स्थायी अनुमतिपत्र तथा माध्यामिक तहमा लागि अस्थायी अनुमतिपत्र समेतका लागि त्यस्तो लाइसेन्स खुला गरेको हो । स्थायी अनुमतिपत्रका लागि आयोगले प्राथमिक तह र निम्न माध्यामिक तहका लागि लागि सम्बन्धित विषयमा प्रवीणता प्रमाणपत्र तह उर्तीण भई कम्तीमा १० महिना शिक्षा विषयमा तालिम लिएको हुनुपर्ने व्यवस्था गरेको छ । माध्यामिक तहको स्थायी अध्यपन अनुमतिपत्रका लागि पनि स्नातक तह उर्तीण भई १० महिनाको तालिमको ब्यवस्था गरिएको छ । अस्थायी अनुमतिपत्रका हकमा भने शैक्षिक योग्यता नै पर्याप्त हुनेछ । उक्त अनुमतिपत्र परीक्षाको पाठ्यक्रम आयोगको वेभसाइटमा रहेको समेत जनाइएको छ । उक्त परीक्षाको फर्म भर्ने अवधि असार २२ गतेसम्म तोकिएको छ, परीक्षाको तालिका भने पछि सार्वजनिक गरिने आयोगले जनाएको छ । फाराम अनलाइनमार्फत् भर्न सकिन्छ ।

एनसीसी बैंकले माग्यो ११ जना कर्मचारी, डेपुटी चिफ एक्जुकेटिभ देखि म्यानेजमेन्ट ट्रेनीसम्म

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि(एनसीसी बैंक) ले विभिन्न पदका १४ जना कर्मचारी माग गरेको छ । डेपुटी चिफ एक्जुकेटिभ १ जना, डेपुटी जेनेरल म्यानेजर १ जना, असिस्टेन्ट म्यानेजर २ जना र म्यानेजमेन्ट ट्रेनी १० जना गरी १४ जना कर्मचारी माग गरेको हो । सम्बन्धित पदमा योग्यता पुगेका पुगेका व्यक्तिले जुन २६ तारिक(असार ११ गते)सम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

एनआइसी एसियामा ८६ जनालाई जागिर खुल्याे, डेपुटी म्यानेजरदेखि सिनियर असिस्टेण्टसम्म अबसर

काठमाडौँ । एनआइसी एसिया बैंकमा ८६ जनालाई जागिरको अवसर खुलेको छ । बैंकले डेपुटी म्यानेजरदेखि सिनियर असिस्टेण्टसम्मका कर्मचारीको लागि आवदेन माग गरेको हो । डेपुटी म्यानेजर १ जना, असिस्टेन्ट म्यानेजर १ जना, सिनियर अफिसर १ जना, चिफ अफ सब प्रोभेन्सिय अफिस(सिनियर अफिसर) १४ जना, ह्यूमन रिसोर्स अफिसर १ जना, रिलेसनसिप म्यानेजर(जुनियर अफिसर ५० जना), ह्यूमन रिसोर्स(जुनियर अफिसर) ५ जना, इन्टरनल अडिट(जुनियर अफिसर) ५ जना, बिजनेश प्रोसेस( जुनियर अफिसर) ५ जना, कन्जुमर केयर म्यानेजर १ जना र कन्जुमर केयर सुपरभाइजर २ जना गरी ८६ जना कर्मचारी माग भएको हो । माग भएका पदमा योग्यता पुगेका इच्छुक व्यक्तिले जुन २६ तारिख(असार ११ गते) सम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । डेपुटी म्यानेजर, असिस्टेन्ट म्यानेजरका लागि ५ वर्षको बैंकिङ अनुभव भएका, म्यानेजमेन्टमा स्नातकोत्तर उत्तीर्ण र २५ देखि ५० वर्ष भित्रका व्यक्तिले आवेदन दिन सक्नेछन् । त्यसैगरी, सिनियर असिस्टेन्ट, सुपरभाइजर, सिनियर अफिसर, जुनियर अफिसर पदमा म्यानेजमेन्टमा स्नातक उत्तीर्ण, ५ वर्षको बैंकिङ अनुभव भएका व्यक्तिले आवेदन दिन सक्ने जनाइएको छ ।