कृषि विकास बैंकमा ३८४ जनालाई अवसर, वरिष्ठ शाखा प्रमुखदेखि लेखापालसम्मको विज्ञापन

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले ३८४ जना कर्मचारी माग गरेको छ । बैंकको आव २०७५÷०७६ को वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत कर्मचारी दरबन्दीमा रिक्त रहेका कर्मचारी लोक सेवा आयोगको सहमतिमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्न लागेको बैंकले जनाएको छ । बैंकले नवौँ तह वरिष्ठ शाखा प्रमुख ८ जना, सातौँ तह वरिष्ठ लेखा अधिकृत २२ जना, वरिष्ट इञ्जिनियर(आइटी) २० जना, पाँचौ तह व्यवसाय सहायक १०७ जना, एमआइएस सहायक १३ जना, ओभरसियर(सिभिल) ५ जना, चौथो तह लेखापाल(विराटनगर केन्द्र) ६७ जना, लेखापाल(भैरहवा केन्द्र) १०० जना र लेखापाल(सुर्खेत केन्द्र) ४२ जना माग गरेको हो । माग भएका कर्मचारी मध्ये खुल्ला २०९ जना, महिला ५६ जना, आदिवासी जनजाति ५० जना, मधेसी ३७ जना, दलित १७ जना, अपाङ्ग १० जना र पिछडिएको क्षेत्रका लागि ५ जना कोटा विभाजन गरिएको छ । सम्बन्धित पदमा इच्छुक र योग्यता पुगेकाहरुले असार ३१ गतेदेखि साउन २० गतेसम्म अनलाइन मार्फत दरखास्त दिन सक्नेछन् । साउन २१ गतेदेखि २७ गतेसम्म दोब्बर दस्तुर तिरी दरखास्त दिन सकिनेछ । तह ४ र ५ का लागि खुलातर्फ रु.८०० र समावेशीतर्फ प्रत्येक समूहका लागि थप रु.४००, तह ७ र ९ का लागि खुलातर्फ रु.१००० र समावेशीतर्फ प्रत्येक समूहका लागि थप रु.५०० शुल्क बुझाउनु पर्नेछ ।

कोरियामा जाने नेपालीको तलब बढ्यो, मासिक न्यूनतम १७ लाख ४५ हजार वोन

काठमाडौं । सन् २०२० मा कोरिया जाने कामदारको न्यूनतम ज्याला/तबलमा वृद्धि भएको छ । कोरियामा २०२० का लागि सबै मजदुरको न्युनतम ज्याला २.९ प्रतिशतले वृद्धि भई प्रतिघण्टा ८ हजार ५ सय ९० वोन प्रतिघण्टा निर्धारण गरिएको छ । न्युनतम ज्याला समितिमा भएका मतदानपछि बहुमतको आधार उक्त ज्यालादर तोकिएको हो । न्युनतम ज्याला समितिको बैंठकमा १३ घण्टा लामो छलफल पछि सरकार पक्षले राखेको प्रस्ताव ८ हजार ५ सय ९० र मजदुर पक्ष सदस्यले राखेको ८ हजार ८ सय ८० वोनबीच मतदान गरिएको थियो । मतदान गर्दा सरकार पक्षले गरेको प्रस्ताव ८ हजार ५ सय ९० वोनको पक्षमा १५ मत खसेको थियो । त्यस्तै, मजदुर पक्षले प्रस्ताव गरेको ८ हजार ८ सय ८० वोन ११ मत परेको थियो । कोरियामा सामान्यतया हप्तामा ४० घण्टा तथा महिनामा २०९ घण्टामा काम गर्ने अभ्यास छ । महिनामा २०९ घण्टा काम गर्ने कामदारले कम्तिमा १७ लाख ९५ हजार ३ सय १० वोन प्राप्त गर्ने इपिएस नेपाल कोरियाले जनाएको छ । हप्तामा ४० घण्टा भनेको दैनिक ६ घण्टा भन्दा पनि कम हो । कोरियामा जाने नेपालीले दैनिक १२ घण्टाभन्दा बढी काम गर्ने भएकोले उनीहरुको कमाई ३५ लाख वोनभन्दा बढी हुनेछ । दक्ष जनशक्तिले त्यो भन्दा बढी ज्याला पाउनेछन् । कोरियाली मुद्रा १०० वोन बराबर नेपालीमा ९ रुपैयाँ ३६ पैसा हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । कोरियामामा सन् २०१९ को लागि कामदारको ज्याला प्रतिघण्टा ८ हजार ३५० वोन तोकिएको थियो । त्यस्तै, सन् २०१८ मा नेपाली कामदारले प्रतिघण्टा ५ हजार ५३० वोन नेपाली कामदारले प्राप्त गर्ने गरेका थिए । सन् २०१७ र २०१८ मा कोरियामा ज्यालादर घटेको थियो । सन् २०१७ मा प्रतिघण्टा ६ हजार ४ सय ७० वोन रहेको थियो । त्यस्तै २०१६ मा दक्षिण कोरिया जाने नेपाली कामदारले प्रतिघण्टा ६ हजार ३० वोन पारिश्रमिक प्राप्त गर्ने गरेको तथ्याङ्ग नेपालका लागि कोरियाली भाषा परीक्षण केन्द्र इपिएस् जानकारी दिएको छ ।

एनआईसी एशिया बैंकले ठूलो संख्यामा माग्यो कर्मचारी

काठमाडौँ । एनआईसी एशिया बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले डेपुटी म्यानेजरदेखि चार्टर्ड एकान्टेण्टसम्म माग गरेको हो । बैंकले हेड अफ इन्स्टिच्यूशन(डेपुटी म्यानेजर) १ जना, डेपुटी हेड (ट्रेजरी) १ जना, डेपुटी हेड अफ सीएएसए १ जना, डेपुटी हेड (रेमिट्यान्स) १ जना, डेपुटी हेड (ब्राण्डिङ, कर्पोरेट कम्युनिकेश एण्ड सीएसआर) १ जना, डेपुटी हेड (कम्प्लायन्स डिपार्टमेन्ट) १ जना माग गरेको हो । त्यसैगरी ब्राञ्च म्यानेजर केही, रिलेशनसीप म्यानेजर केही, सर्भिस म्याजेजर केही, क्रेडिट अफिसर केही, सेन्ट्रल सर्पोट अफिसर केही, इन्फरमेशन टेक्नोलोजी अफिसर केही, डिजिटल च्यानल सिनियर अफिसर केही, फाइनान्स अफिसर केही, जेनरल एडमिनिस्ट्रशन अफिसर केही, ट्रेजरी अफिसर केही, कम्प्लायन्स अफिसर केही र चार्टर्ड एकाउन्टेण्ट केही संख्यामा माग गरेको हो । बैंकले माग गरेको पदमा आवश्यक योग्यता पुगेका इच्छुक व्यक्तिहरुले साउन ८ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।