नेपाली कामदार लैजान कोरियाले थप्यो ३ क्षेत्र, कुन-कुनमा जान पाइन्छ ?
काठमाडौं । दक्षिण कोरियाले थप तीन वटा क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ । सन् २०२३ सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक र शीप बिल्डिङ्ग क्षेत्रबाट मात्र कामदार लैजाने कोरियाले सन् २०२४ देखि वन, सेवा र रुट इन्डस्ट्री क्षेत्रमा पनि नेपाली कामदार लैजाने भएको हो । इपीएस शाखाले बुधबार सूचना जारी गर्दै कोरिया सरकारले थप ३ क्षेत्रमा नेपाली कामदार लैजाने बताएको हो । ‘एक पटक कोरियन भाषा परीक्षा उत्तीर्ण भएका कामदारहरू दुई वर्षसम्म कामदारको सूचीमा बस्न पाउने छन् । कोरियाको साना तथा मझौला उद्योगलाई आवश्यक पर्ने कामदारको उचाइ, तौल, लिङ्ग, उमेर, कामदारको अवस्था कोरियामा पहिलो पटक जाने कामदार र कोरिया काम गरेर फर्केका कामदार र देश जस्ता विवरण खुलाई कोरिया सरकारको सरकारी निकाय एचआरडी सर्भिस अफ कोरियाले कामदार माग गरेको छ,’ सूचनामा उल्लेख छ । यस्तै, कोरियन भाषा परीक्षा उत्तिर्ण गरी रोस्टरमा रहेका कामदारहरूको विवरण फाइल कम्पनीसमक्ष ईपीएस कोरिया शाखाबाट नपठाएको र कोरिया लैजाने कोटासमेत कटौती भएको भन्ने तथ्यहीन र आधारहीन समाचार फैलाइएकोप्रति वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाको ध्यानार्कष भएको पनि सूचनामा छ ।
भारतीय दुतावासले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?
काठमाडौं । नेपालस्थित भारतीय राजदूतावास (एम्बेसी) ले कर्मचारी माग गरेको छ । दूतावासले दक्ष र अनुभवी नेपाली-अंग्रेजी-नेपाली अनुवादक (ट्रान्सलेटर) पदमा कर्मचारी माग गरेकाे हो । दूतावासले कति संख्या भन्ने खुलाएको छैन । अनुवादक नेपाली–अंग्रेजी–नेपालीमा पोख्त हुनुपर्ने र न्यूतम योग्यता अंग्रेजी-नेपालीमा ग्र्याजुएट गरेको हुनुपर्ने छ । साथै, नेपाली र अंग्रेजी टाइपिङसहित कम्प्युटबारे राम्रो जानकारी भएको हुनुपर्ने छ । दूतावासका अनुसार इच्छुक उम्मेदरवार ३५ वर्ष नकटेको हुनुपर्ने छ । आजकाे तीन साताभित्र दूतावासको ठेगानामा इमेल गर्न सकिने बताइएको छ ।
प्रदेश लोक सेवा आयोगले माग्यो २२१ जना कर्मचारी
काठमाडौं । प्रदेश लोक सेवा आयोगले २२१ जना कर्मचारी मागेको छ । सोमबार सूचना प्रकाशित गर्दै कोशी प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवाअन्तर्गत आधारभूत तहमा वन रक्षक पदमा २२१ जना कर्मचारी मागेको हो । आयोगले खुला तथा समावेशी पद्धतीबाट पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुबाट आवेदन मागेको हो । परीक्षामा शारीरिक परीक्षण, तन्दुरुस्ती परीक्षा, लिखित परीक्षा र अन्तर्वार्ता लिइनेछ । शारीरिक परीक्षण, तन्दुरुस्ती परीक्षा तथा लिखित परीक्षाको परीक्षा केन्द्र आयोगले पछि सूचना प्रकाशन गरे बमोजिम हुनेछ । आयोगले तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले अनलाइन प्रणालीमार्फत दरखास्त दिन सक्ने जनाएको छ । इच्छुक योग्यता पुगेका व्यक्तिहरूले चैत ४ गतेसम्म आवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ ।