हनुमानढोकामा भयो सरस्वती पूजा, सहभागी भए मन्त्री (फोटो फिचर)

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा सोमबार बिहान नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने उनले बताए । वसन्त श्रवणको सबै तयारी पूरा भएको कार्यालयले जनाएको छ ।

रित्तो गाग्री लिएर हर्क साम्पाङ पुगे सिंहदरबार (फोटो फिचर)

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरानवासीको पानीको समस्या समाधान गर्न माग गर्दै खानेपानीमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका छन् । मंगलबार बिहान उनी रित्तो गाग्री बोकेर सिंहदरबार प्रवेश गर्न लाग्दा रित्तो गाग्री भने प्रहरीले खोसेको छ । साथै सिंहदरबार दक्षिण प्रवेश द्वारमा प्रहरीको निगरानी बढाइएको छ । मेयर साम्पाङले धरानवासीको खानेपानीको समस्या दीर्घकालीन समाधान गर्न माग गरेका छन् ।

नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु (तस्बिरहरू)

काठमाडौं । नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौँ संस्करण सुरु भएको छ । मिडिया स्पेस सोलुसन्स फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्ट्स र इटीएसआइपीएलको संयुक्त आयोजनामा उक्त प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको हो । १० औँ संस्करणको नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरे । मिडिया स्पेस सोलुसन्सका प्रवन्ध निर्देशक र्सिजल भट्टराईले मेलामा फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूको अन्तर्राष्ट्रिय प्रदर्शनी भएकाले नेपालभरबाट अवलोकनकर्ता आउने अपेक्षा गरिएको बताए । उनले प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्राण्डहरूका १०० भन्दा बढी स्टल रहेको बताए । फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूको उल्लेखनीय सहभागिता भएको जानकारी दिए । प्रदर्शनीमा फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनीका डिलर, सब डिलर र विक्रेताहरूले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरू र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधि को बारेमा जानकारी दिने व्यवस्था गरिएको जानकारी दिए । प्रदर्शनीमा जानकारीमुलक सेमिनारहरू, अन्तरक्रियात्मक कार्यशालाहरू र प्रत्यक्ष प्रश्तुतिकरणहरू हुने बताए । प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ, फर्निचर र होम टेक्सटायल क्षेत्रको विकास तथा आधुनिकीकरण मा टेवा पुर्याउने लक्ष्य लिएको जानकारी दिए ।