कुलप्याड स्मार्ट फोन नेपाली बजारमा, सर्वाेत्कृष्ट ५ स्मार्टफोन भित्र पर्ने लक्ष्य

काठमाडौं । सन् १९९३ देखि ग्लोबल वायरलेस कम्युनिकेसन बजारमा उत्कृष्ट रुपमा छाइरहेको कुलप्याड अब नेपाल भित्रिएको छ । जयमाँ इन्टरकन्टिनेन्टल प्रा.लि. ले एक मात्र आधिकारिक वितरक र बजार प्रवद्धकको रुपमा  कुलप्याड स्मार्टफोन्स नेपाली बजारमा भित्र्याएको छ । सोमबार हायात रेजेन्सी होटलमा आयोजित विशेष कार्यक्रममा कुलप्याड ग्लोबलका सीइओ जेम्स डु, जयमाँ इन्टरकन्टिनेन्टलका अध्यक्ष गणेशबहादुर श्रेष्ठले सामूहिक रुपमा कुलप्याड स्मार्टफोन नेपाली बजारमा प्रवेश गरेको घोषणा गरे । सोही अवसरमा कुलप्याड स्मार्टफोनको प्रमुख र विशेष कुलवान फोन पनि सार्वजनिक गरिएको छ । कुलवान नेपाली बजारका लागि १३+१३ मेगापिक्सल ड्युल रियल क्यामेरा भएको पहिलो फोन हो । एफ/२.० अपाचर र ड्युल टोन एलडीडी फ्यालसहित १३ मेगापिस्सेल जोडी सेन्सर क्यामेरा हुनु नै यसको मुख्य र नौलो विशेषता हो । पहिलो पहिलो क्यामेरा सेन्सरले कलर सन्तुलन मिलाउँछ भने दोश्रो सेन्सरले डेप्थ, डिटेइल र ब्राइटनेशको सन्तुलन मिलाउने कम्पनीले जनाएको छ । यस मोवाइलको फ्रन्ट क्यामेर ८ मेगापिक्सेल छ । नयाँ सार्वजनिक गरिएको कुलवानको मूल्य मात्र ३० हजार ९९६ रुपैयाँ तोकिएको छ । नेपालमा कुल प्याड लन्च गर्दै ग्लोबलका सीइओ जेम्स डुले बजारमा नयाँ टेक्नोलोजी ल्याउन कुलप्याड हरदम आतुर रहेको बताए । प्रयोग गर्न सरल तर उत्कृष्ट टेक्नोलोजी प्रदान गर्नु नै कुलप्याडको विशेषता भएको उनले बताए । जयमाँ इन्टर कन्टिनेन्टलसँगको हाम्रो यस साझेदारीले नेपाली बजारमा उत्कृष्ट सेवा प्रदान गर्ने उनको भनाई छ । यो कम्पनी लक्ष्मी ग्रुपले प्रवद्र्धन गरेको कम्पनी हो । जयमाँ इन्टरकन्टिनेन्टलका अध्यक्ष गणेश बहादुर श्रेष्ठले कुलम्याड स्मार्टफोन मार्पmत जयमाँ इन्टरकन्टिनेन्टलले ग्राहकहरुलाई उत्कृष्ट सेवा र अनुभव प्रदान गर्ने प्रचिवद्धता व्यक्त गरे । उनले भने “विश्वभरमा नै प्रख्यात कुलप्याड स्मार्टफोन प्राविधिक रुपमा उत्कृष्ट रहेको र चलाउनको लागि निकै सजिलो छ ।’’ विश्वभरनै चर्चित रहन सफल कुलप्याड  सन् १९९३ मा स्थापना भएको मोबाइल ब्राण्ड हो ।  यस ब्राण्डले आफ्नो उल्लेखनिय आर एण्ड डी  र म्यानुफ्याक्चरिङ मार्पmत बजारमा आफ्नो पहिचान बनाएको छ । कम्पनीको ड्युल मोड र ड्युल स्टाण्डबाई टेक्नोलोजिका साथैे साथै १०,००० भन्दा बढी पेटेन्ट रहेको छ । यस ब्राण्डलाई चीनमा विज्ञान तथा प्रविधिको उत्कृष्ट अवार्ड पनि प्रदान गरिएको थियो । कम्पनीले वार्षिक ३४ लाख वटा फोन उत्पादन गर्छ भने वार्षिक ३ अर्ब डलरको आम्दानी गर्छ । यो फोन विश्वका विभिन्न ६ वटा स्थानमा उत्पादन हुने र तीन हजार भन्दा बढीले यस कम्पनीको काम गर्ने जनाईएको छ ।

हिमालय एअरलाईन्सले शुरु गर्यो काठमाडौं-क्वालालम्पुर-काठमाडौं नयाँ उडान, हप्तामा ५ दिन सञ्चालन हुने

काठमाडौं । नेपाल-चीनको सँयुक्त लगानीमा सच्चालित हिमालय एअरलाईन्सले आफ्नो तेस्रो गन्तव्य काठमाडौं-क्वालालम्पुर-काठमाडौं मार्गको नयाँ उडान शुरु गरेको छ । शुरुवातसँगै एअरलाईन्स शुक्रबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दोहा र कोलम्बो पछिको गन्तव्य क्बालालम्पुर प्रस्थान गरेको हो । सँस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका मन्त्री जीवनबहादुर शाही, सह-सचिव बुद्धिसागर लामिछाने, नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीद्वारा उडान सेवाको उद्घाटन गरिएको थियो । मलेसियन दुतावासको चार्ज दि एफिअर अहमद फादिल पनि क्वालालम्पुर उडानमा सहभागी थिए । उद्घाटन उडानबारे टिप्पणी गर्दै प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले भने, “हिमालय एअरलाईन्सले निरन्तर यसको गन्तव्य बढाउदै छ । हामीलाई विश्वास छ, क्वालालम्पुरको प्रारम्भिक उडानमै शतप्रतिशत भरिभराउ र अग्रिम बुकिङ्गले हामीलाई यस उडान मार्गले सफलता पाउने रुपमा आत्मविश्वास दिलाएको छ ।” हप्ताको पाँच दिन उडान गर्ने एअरलाईन्सले काठमाडौं-क्वालालम्पुर-काठमाडौंको लागी शुरुवाती टिकटदर २५ हजार ३७५ (राउण्ड ट्रिप)कायम गरेको छ । उक्त दरमा सरकारी कर समावेश गरिएको छैन । “यीदुई शहरहरु जोडिएकोमा हामीगर्व गर्छाै र विश्व समुदायमा यो मार्गलाई सक्षम बनाउन सकेसम्म तप्पर रहने छौ ।” कम्पनीका उपाध्यक्षले बताए । एअरलाईन्सले कार्निभल ट्राभल एसडिएन बिएचडिलाई मलेसियाको लागी जेनरल सेल्स एजेन्ट छनोट गरेको छ । जेनरल सेल्स एजेन्टका रुपमा यसले एअरलाईन्सको बजार विस्तार, रिजर्भेसन र टिकट सेवाको प्रतिनिधित्व गर्नेछ । काठमाडौं–क्वालालाम्पुरः उडान समयतालिका –(माघ २८ देखि लागू)

नेपाल एसबिआईको २९ प्रतिशत लाभांश पारित, ४० प्रतिशत हकप्रद निष्कासन गर्ने

काठमाडौं । नेपाल एसबिआई बैंकको प्रस्तावित २९ दशमब ५३ प्रतिशत लाभांश पारित भएको छ । उक्त बैंकको प्रस्तावलाई बिहीबार सम्पन्न कम्पनीको २३औँ वार्षिक साधारणसभाले पारित गरेको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २८ प्रतिशत बोनस र १.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव राखेको थियो । साथै, सभाबाट पारित भए बमोजिम बैंकले १० बराबर ४ को अनुपात (४० प्रतिशत) मा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । जुन रकमका आधारमा एक अर्ब ९९ करोड १९ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ । सो मात्राको सेयर जारी पश्चात संस्थापक सेयरधनीको सेयर स्वामित्व ७० र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ३० कायम हुने बैंकले जनाएको छ । साथै, उक्त सभाले बैंकको आ.व. २०७२/७३ को संचालक समितिको प्रतिवेदन, नाफा नोक्सान बाँडफाँड हिसाव लगायतका वार्षिक आर्थिक विवरण पारित पनि पारित गरेको छ । सोही अवधिमा बैंकले २४१ करोड ६१ लाख रुपैयाँ संचालन मुनाफा र १३३ करोड १९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७२/०७३ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । त्यस्तै, उक्त सधारणसभाले आ.ब. २०७३/७४ को बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिएल श्रेष्ठ एण्ड कं., चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक निर्धारण गरेको छ ।