चमेलियाको सुरुङ निर्माण सम्पन्न, दशैअघि ३० मेगावाट जलविद्युत उत्पादन हुने

बैतडी । दार्चुलाको शिखर गाविस बलाँचमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको सुरुङको सबै काम सम्पन्न भएको छ । चमेलिया जलविद्युत् आयोजनाको कुल ४.६ किलोमिटर सुरुङमध्ये आठ सय ४३ मिटर साँघुरिएको थियो । जसमध्ये ६ सय ११ मिटर काम सम्पन्न भइसकेको थियो । साँघुरिएको दुई सय ३२ मिटर सुरुङ खोल्न सन् २०१६ सेप्टेम्बर २८ देखि सुरु भएको र शनिबार सम्पन्न भएको आयोजनाका प्रमुख अजय दाहालले जानकारी दिए । “साँघुरिएको सुरुङ खोल्ने काम सम्पन्न भइसकेको छ”, उनले भने, “अब रक ट्र्याक खोल्ने काम सुरु भएको छ ।” सन् २०१७ को सेप्टेम्बरमा परीक्षण उत्पादन गर्ने र सन् २०१७ को डिसेम्बरसम्म परीक्षण गरी विद्युत् सञ्चालन गरिने लक्ष्यका साथ आयोजनाको अन्य काम द्रुत गतिमा भइरहेको पनि उनले बताए ।  आयोजनाको एक सय ३२ किलोभोल्टको प्रसारण लाइन दार्चुलादेखि अत्तरियासम्मको सबै बनिसकेको बताइएको छ । साँघुरिएको सुरुङ खोल्ने काम सम्पन्न भइसकेको अब रक ट्र्याक खोल्ने काम भइरहेको छ । कुल ६५ मिटर रक ट्र्याकमध्ये १३ मिटर सम्पन्न भइसकेको र अब ५२ मिटर मात्रै बाँकी रहेको बताइएको छ । चमेलियाको जलविद्युत् आयोजना सम्पन्न भए सुदूरपश्चिम विद्युत्भार कटौतीमुक्त हुनेछ । सन् २०१७ को डिसेम्बरमा चमेलिया जलविद्युत् आयोजनाको काम सम्पन्न हुने भएपछि सुदूरपश्चिम विद्युत्भार कटौतीमुक्त हुने भएकाले हर्षित भएका छन् । आयोजनाको १३२ किलोभोल्टको १३१ किलोमिटर प्रसारण लाइन बनिसकेको छ भने ४०० भन्दा बढी टावर पनि खडा भइसकेका छन् । केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहालले आयोजनाको स्थलगत निरीक्षण गरी आयोजनाको काममा ढिलासुस्ती नगर्न र निर्धारित समयमा बिजुली उत्पादन गर्न निर्देशन दिएपछि आयोजनाले यो प्रगति हासिल गरेको हो । त्यस्तै, ऊर्जामन्त्री जर्नादन शर्माले गत माघ २९ गते स्थलगत निरीक्षण गरी चमेलिया जलविद्युत् आयोजनाको काम छिटो सक्न निर्देशन दिएका थिए । रासस

चौधरी ग्रुपद्वारा शाश्वत धाम उद्घाटनको तयारी पुरा, मन्दिरमा प्राणप्रतिष्ठा पूजा प्रारम्भ

नवलपरासी । चौधरी ग्रुपद्वारा नवलपरासीमा स्थापित शाश्वत धाम समुद्घाटनको सम्पूर्ण तयारी पूरा भएको छ । शाश्वत धामको उद्घाटन यही फागुन २४ गते राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा गरिने कार्यक्रम रहेको ग्रुपले जनाएको छ । शाश्वत धाममा शुक्रबारदेखि प्राणप्रतिष्ठाको पूजा प्रारम्भ भएको छ । शाश्वत धामको प्राणप्रतिष्ठा पूजा सनातन हिन्दू धर्मका आराध्यदेव श्री पशुपतिनाथ, काञ्ची कामाकोठी पीठ र आर्ट अफ लिभिङ्ग श्री श्री सेन्टरका विशिष्ट पूरोहितहरुबाट सम्पन्न हुनेछ । यो पूजा प्रारम्भ भएको मितिले ४५ दिनसम्म जारी रहनेछ । समुद्घाटनकै अवसरमा शाश्वत धाममा कुुम्भाविशेकम् सम्पन्न हुनेछ । चौधरी ग्रुपको सामाजिक एवं मानवीय कल्याणकारी निकाय चौधरी फाउण्डेसनले सनातन धर्मप्रति आस्थावान आम समुदायको चाहनालाई सम्मान गर्दै नवलपरासी देवचुली नगरपालिका वडा नं. २ दुम्कौली अवस्थित सिजी इन्डष्ट्रियल पार्क परिसरमा शाश्वतधाम निर्माण गरेको हो । समुद्घाटन समारोहमा आर्ट अफ लिभिङ्ग फाउण्डेसनका संस्थापक श्री श्री रवि शंकरजी, काञ्ची कामाकोठी पीठका शंकराचार्य जगद्गुरु जयेन्द्र सरस्वतीजी तथा यस क्षेत्रका प्रमुख धार्मिक गुरुहरु तथा लब्धप्रतिष्ठित महानुभावहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । “एउटा फरक सपना पुरा हुन लागेकोमा म खुसी छु । १६ बर्ष अघि शंकराचार्य जयेन्द्र सरस्वतीज्यूको आशिर्वचन र श्रद्धेय गुरु श्री श्री रविशंकरज्यूको मार्गदर्शनबाट शाश्वत धामको स्थापना सम्भव भएको हो । अहिले म उहाँहरुको स्वागतका लागि ब्यग्र प्रतीक्षामा छु” अध्यक्ष चौधरीले बताए । यही फागुन २४ गते धामको उद्घाटन र मन्दिरमा प्राणप्रतिष्ठा पश्चात सर्वसाधारणको लागि औपचारिक पुजाआजा, दर्शन तथा अवलोकन खुला गरिने ग्रुपले जनाएको छ ।

यस्ता छन् कोका-कोला मोस्मोत्सव झल्काउने दुई तस्विर

कोका-कोला मोस्मोत्सव अन्तर्गत बिसाल श्रेष्ठ र रबि पेसवान आर.सी.टि क्लबका टिम म्यानेजर अशोक मानन्धर संग मोमो र कोक खादै नेपाल फुटबलको वर्तमान अवस्था र भविष्य बारे गम्भीर छलफल गर्दै । कोका-कोला मो:मोत्सव अन्तर्गत राष्ट्रिय फुटबल खिलाडी अनन्त तामांग र हेमन गुरुङ कोक र मोमो कम्बोको आनन्द लिदै ।