पुतलीसडकमा झरीको ताण्डव(फोटोफिचर)

काठमाडौं । मञ्जुश्रीले चोभारमा काट्नु अघि काठमाडौं पोखरी थियो भन्ने इतिहास पाइन्छ । मञ्जुश्रीको इतिहास पढेका राजधानी वासीले अझै पोखरी देख्न पाउछन्, त्यो पनि रानीपोखरी, पानीपोखरी वा अन्य पोखरीमा होइन सडकमै । वर्षा लागेसँगै राजधानीका सडक जलमग्न हुन्छन् झरीले ताण्डव नृत्य देखाउँछ । हेर्नुहोस्, पुतलीसडकमा झरीमै ताण्डव ।

काठमाडौँमा भारी वर्षाः अझै तीन दिन देशभर वर्षा हुने, सजक रहन मौसमविद्काे आग्रह

काठमाडौं । आगामी तीन दिनसम्म देशभरि नै बद्ली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमानबारे विज्ञप्ति जारी देशभर हल्कादेखि मध्यम खालको वर्षा हुने र पूर्वका केही स्थानमा भने भारी वर्षा हुनसक्ने सम्भावना पनि औँल्याएको हो । जलमग्न मध्यपुरथिमि चोक क्षेत्र बिहीबार देशभरि नै बद्ली रही मध्य र पश्चिमका अधिकांश स्थानमा र पूर्वका केही स्थानमा मध्यम खालको वर्षाको सम्भावना छ भने साँझ र राति पनि देशभरि नै बद्ली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बुधबार राति देशको मध्य र पश्चिमी भूभागका केही स्थानमा र पूर्वका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । बालकोटमा सामान सुरक्षित स्थानतर्फ त्यसैगरी असार २९ गते (शुक्रबार) देशभरि नै बद्ली रही देशको मध्य र पश्चिमी भू-भागका अधिकांश स्थानमा र पूर्वका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ । साँझ र राति पनि देशभरि नै बद्ली रही हल्कादेखि मध्यम खालको वर्षा हुने देखिएको र सोही दिन दउँसो र राति देशको मध्य र पश्चिमी भूभागका केही स्थानमा र पूर्वका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको पनि बताइएको छ । अविरल परेको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटका बासिन्दाले सामान सुरक्षित स्थानतर्फ लैजाँदै । असार ३० गते (शनिबार) पनि देशभरि नै बद्ली रही देशको मध्य र पश्चिमी भू-भागका धेरै स्थान र पूर्वका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ भने शनिबार साँझ र राति पनि देशभरि नै बद्ली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने तथा एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विज्ञप्तिमा जनाइएको छ । अविरल परेको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि भक्तपुर मध्यपुरथिमि नगरपालिकाको राधेराधे, भाटभटेनी क्षेत्रका बासिन्दा सुरक्षित स्थलतर्फ जाँदै । मौसमविद् शान्ति कँडेलले अबको तीन दिन देशभरि नै हल्कादेखि मध्यम खालको वर्षा हुने र मध्य र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सजक रहनुपर्ने बताए । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौंमा सबैभन्दा बढी ९३.६ मिलिमिटर वर्षा भएको छ । मौसमविद् कँडेलका अनुसार काठमाडौंमा यो भारी वर्षा हो । यसअघि सन् २००२ जुलाई २३ मा काठमाडौंमा १७७ मिलिमिटर वर्षा भएको थियो । भक्तपुरमा धेरै वर्षा भए पनि महाशाखाले उपत्यकामा काठमाडौंको मात्र वर्षा रेकर्ड राख्ने गरेको छ । अविरल परेको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि भक्तपुर मध्यपुरथिमिका बासिन्दाको उद्दार गरी सुरक्षित स्थलतर्फ लैजाँदै बुधबार रातिदेखिको निरन्तर वर्षाले उपत्यकाका भक्तपुर र काठमाडौंका कतिपय स्थानमा डुबान भएको छ, भक्तपुरमा बढीको प्रभाव छ । मध्यपुरथिमि, सल्लाघारी, सिर्जना नगरलगायतका स्थानमा डुबान भएको छ । बिहीबार ताप्लेजुङमा ३६, ओखलडुङ्गामा २६.२, सिमरामा २८, भैरहवामा १३, दाङमा १२, नेपालगञ्जमा १० र वीरेन्द्रनगरमा १५ मिलिमिटर वर्षा भएको छ । काठमाडौंको अधिकतम ताफक्रम ३०.२ र न्यूनतम तापक्रम २१.२ डिग्री सेल्सियस रहेको छ । रासस

काठमाडाैंमा यसरी देखाइन्छ विश्वकप फुटबल, रंगशालामा नै हेरे जस्ताे हुने

काठमाडौं । विश्वकप फुटबलको रौनकमा राजधानीको दरबारमार्गमा विभिन्न विधाका व्यक्तिहरु एकै स्थानमा भेला भएर विश्वकप फुटबलमा रमाउन थालेका छन् । खेल भैरहेको रंगशालामा नै बसेको अनुभुति दिलाउने शैलीमाकिंग्स लाउञ्जले दर्शकहरुको ध्यान खिचिरहेको छ । २० बाई ११ फिटको एचडि स्क्रिनमा बाक्लो संख्याका दर्शकका बिचमा बसेर विश्वकपका खेल हेर्ने व्यवस्था मिलाइएको छ । चलचित्र, खेलकुद, व्यापार व्यवसाय क्षेत्रका चर्चित अनुहारहरु पनि यो किसिमको अनुभुति बटुल्न लाउञ्ज धाउने गरेका छन् । अतिथिको विशेष स्वागत तथा आतिथ्यताकाबीच खेल मैदानमा पुगेको आभाष गराउन सक्नु नै लाउञ्जको विशेषता हो । जसका कारण अहिले विश्वकपका हरेक फुटबल खेल हुने समयमा दर्शकहरुको भीड बढ्दै गएको छ । विश्वकप फुटबलको उद्घाटन शत्रका दौरानमा लाउञ्जले चलचित्र, खेलकुदका साथै विभिन्न क्षेत्रका राष्ट्रिय व्यक्तित्वहरुलाई एकै स्थानमा जमघट गराएर सम्मान समेत गरेको थियो । अहिले पनिदैनिक रुपमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई उपस्थित गराउँदै लाउञ्जले दर्शकहरुसँग प्रत्यक्ष भेटघाट गराई सँगै विश्वकप खेल हेर्ने व्यवस्था गराएको छ । लाउञ्जले संगीतमा अधिक रुची भएका खेलप्रेमीहरुलाई लक्षित गर्दै २० वाई ११ फिटको एचडी स्क्रिीनमा विश्वकप फुटलका खेलहरु नियमित रुपमा प्रदर्शन गरिरहेको छ । लाउञ्जमा विश्वकप अवधिभरी खेलाडी, कलाकार, आमदर्शक, संगीतप्रमी तथा खानाका पारखीहरुको नियमित रुपमा विशेष जमघट हुनेछ । लाउञ्जले खेल देखाउँदै सेवाग्राहीहरुलाई उत्कृष्ट किसिमको सेवा प्रदान गर्ने जनाएको छ ।