यसरी आयो कलङ्कीको अण्डरपास सञ्चालनमा हेर्नुहोस् (फोटोसहित)

काठमाडौं । नेपालको पहिलो एवम् बहु प्रतीक्षित कलङ्की अण्डरपास सञ्चालनमा आएको छ । अण्डरपास सञ्चालनमा आएसँगै उपत्यका बाहिरिने र भित्रिने प्रमुख नाका कलङ्कीमा कम जाम हुने विश्वास गरिएको छ । चार लेनको अण्डरपासमध्ये आजदेखि दुई लेन खुला गरिएको चक्रपथ सुधार आयोजना प्रमुख प्रकाश भण्डारीले जानकारी दिए । “दुई लेनमा निर्माण सामग्री राखिएकाले पञ्छाउन एक महिना लाग्छ, एक महिनापछि अण्डरपास चार लेनमै चल्छ, अण्डरपासमा सवारी चालकलाई बानी पार्न एक हप्ता लाग्ने विश्वास गरिएको छ,” उनले भने । चीन सरकारको आर्थिक सहयोगमा कोटेश्वर–कलङ्की सडक विस्तारअन्तर्गत अण्डरपास निर्माण भएको हो । साउन पहिलो सातामै खोल्ने भनिए पनि निर्माण सम्पन्न नभएकाले अण्डरपास खोल्न समय लागेको थियो । फोटो प्रकाश देवकोटा अण्डरपास सञ्चालनमा ल्याउँदा सडक विभागले कुनै औपचारिक कार्यक्रम भने गरेन । परीक्षणका रुपमा सडक खोलिएकाले पछि औपचारिक कार्यक्रम गर्ने आयोजना प्रमुख भण्डारीले बताए ।

भारतीय टम्बो मोबाइल सेट नेपालमा, ३६५ दिनको फिर्ता वारेन्टी

काठमाडौं । भारतमा बनेको टम्बो ब्राण्डको नयाँ मोवाइल सेट नेपाली बजारमा आएको छ । टम्बो ब्राण्डको मोवाइल सेट भारतको अगस्टन र चीनको ओईएम कम्पनीको संयुक्त लगानीमा तयार पारिएको हो । शंकराचार्य मोवाइल प्राइभेट लिमिटेडले टम्बो ब्राण्डको मोवाइल नेपालमा भित्राएको हो । सन् २०१८ को अप्रिलदेखि भारतमा टम्बो ब्राण्डका विभिन्न मोवाइल सेट सार्वजनिक गरेको थियो । कम्पनीले पहिलो चरणमा सीमित मोडलका सुपर र फीचर मोवाइल सेट बजारमा ल्याएको छ । कम्पनीले हाल ६ मोडलका बार फोनहरु र २ मोडलका सुपरफोनहरु सार्वजनिक गरेको छ । टम्बो सुपरफोन टिए ३ नामका फोन सार्वजनिक गरेको छ, जुन सस्तो मुल्यमा आउने कम्पनीले बताएको छ । टम्बो ब्राण्डका फीचर फोनहरु १ हजार रुपैयाँबाट बजारमा उपलब्ध हुनेछ । टम्बो मोबाइलको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको सबै मोडलका फोनहरुमा २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टी र ३६५ दिनको स्क्रीन रिप्लेसमेन्ट दिईने कम्पनीले बताएको छ । टम्बोका नेपालमा उपलब्ध हुने सबै सुपरफोनहरुमा प्रिमियम स्मार्टफोनहरुमा हुने फेस रिकोग्निसन, फिंगरप्रिन्ट सेन्सरलगायतका फीचरहरु राखिएका छन् । यी फोनहरुमा फोरजी भिओएलटिई सपोर्ट हुनसका साथै वाईफाई, ब्लूटूथ, जीपीएस, हेडफोन ज्याकलगायतका फीचर छन् । कम्पनीले भारतमा रहेको ग्रेटर नोइडाको कारखाना छ ।