जग्गा प्लटिङका नाममा यसरी ताछिदैछ काठमाडौं (फोटोफिचर)
काठमाडौंको बुढानिलकण्ठको चिसेनी हाइट । काठमाडौं । काठमाडौं उपत्यकाको काँठ क्षेत्र हेर्दा अहिले भत्किएको मात्र देख्न सकिन्छ । बढ्दो शहरीकरणको मार उपत्यकाको काँठ क्षेत्रलाई परेको छ । काँठ क्षेत्र उपत्यकाको जलाधार क्षेत्र पनि हो । यसरी अवैज्ञानिक ढंगले जग्गा प्लटिङ गर्दै जाँदा पानीका मुहानहरु सुक्न थालेका छन् । काँठ क्षेत्रको बस्ती उपत्यकाको इतिहाँस र सभ्यता सँग गाँसिएको छ । उपत्यकाको रैथाने वस्ति अनि यसले जोगाएको संस्कृति बिस्तारै जग्गा प्लटिङसँगै खण्डित हुदैछ । सम्पन्न शहरको नाममा काठमाडौं उपत्यकाको कान्ला भित्ता ताछिएका छन् । अनाधिकृत रुपमा, इञ्जिनियरिङ अध्ययन विना भइरहेका यस्ता बस्ती विस्तारले पहिराको जोखिम बढाएको छ । तस्वीरः न्यूज एजेन्सी नेपाल बुढानिलकण्ठ चिसनी हाइट । सूर्यविनायक डोकाथली गाँउ । भक्तपुरको गुण्डु अनन्तलिंगेश्वरस्थित दरिकोट गाँउ । गोदावरीको न्यापाने गाँउ । ललितपुरको चापागाँउस्थित टाहाखेल शेरा फाँट । ललितपुरको झरुवाराशी फाँट । ललितपुरको ढुंगे साँघु । ललितपुरको बज्रवाराही जंगल नजिकै । ललितपुरको विशंखु नारायण नजिकैको भीर ।
सिलौटामा पोखिएको सीप, कतिमा किन्न पाइएला ? (फोटोफिचर)
काठमाडौं । चावहिलस्थित सडक छेउमा बसेर लामो समयबाट व्यापारीहरु घरायसी प्रयोजनमा प्रयोग हुने ढुङ्गाको सिलौटो बनाउँदै आएका छन् । उनीहरु दिनहुँ ढुङ्गाको आर्कषक सामानहरु बनाउँछन् । तराईबाट ल्याएको ढुङ्गालाई कुदेर जातो, सिलौटा निमार्ण गर्दै आएको व्यापारीहरु बताउँछन् । मसलाजन्य सामग्री पिस्नका लागि मिक्सर लगायतका उपकरण आए पनि परम्परागत ढुङ्गाका लोहोरो र सिलौटो प्रयोग अहिले पनि उस्तै रहेको छ । हरेकदिन चावहिलको सडकको छेउमा बसेर उनीहरु आफ्नै सुरमा ढुङ्गा कुँदिरहेका हुन्छन् । धुलाम्मे सडकको छेउमा बसेर यसैगरी एकोहोरो घन र छिनो चलाउँदै उनीहरुले धेरै वर्ष कटाइसकेका छन् । ‘घन र छिनो मेरो सानैदेखिको साथी हो, सिलौटो बनाएर बेच्ने हाम्रो पुर्ख्यौली पेशा नै हो,’ व्यापारी राम यादव भन्छन् । यसरी ढुङ्गालाई कुँदेर उनीहरु दिनमा १ हजारदेखि ५ हजार रुपैयाँसम्म आम्दानी गर्ने बताउँछन् । यसरी बनेका सिलौटाको मूल्य १ हजार रुपैयाँदेखि माथि पर्ने व्यापारीहरु बताउँछन् ।
कोलाहल मात्र होइन शान्ति पनि छ रत्नपार्कमा (फोटोफिचर)
तस्विर: नकुल भारती