लुम्बिनीमा मोदी (फोटोफिचर)
लुम्बिनी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा नेपाल आइपुगेका छन् । भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी नेपाल आइपुगेका हुन् ।
प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्म : कुन नेताले कुन ठाउँबाट गरे मतदान ? (फोटोफिचर)
डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रूवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्दै प्रधानमन्त्री देउवा । काठमाडौं । आज देशभर स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनमा मतदानका लागि राजनीतिक दलका शिर्ष नेताहरु आफ्नो गृह जिल्लाको मतदान केन्द्रमा गएर मतदान गरिरहेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायकस्थित महेन्द्रशान्ति विद्यालयमा मतदान गर्दै । गृहमन्त्री बालकृष्ण खाँण रुपन्देहीको तिलोत्तमा — ८ स्थित ज्योति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल स्थानीय तह निर्वाचनका उम्मेदरवारलाई ललितपुर महानगरपालिका वडा नं २ को रामन्दिरस्थित राजतीर्थ ‘ख’ मतदान केन्द्रमा मतदान गर्दै । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रौतहटको गौरको रामजनकी कन्या विद्यालयबाट मतदान गर्दै । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भरतपुर महानगरपालिका– १४ मा रहेको नेपाल पुलिस स्कुल मतदान केन्द्रमा स्थानीय तह निर्वाचनको उम्मेदवारलाई मतदान गर्दै । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५, सेरीगाउँस्थित यमुनानन्द नमुना माविको ‘क’ मतदान केन्द्रमा मतदान गर्दै अर्थमन्त्री जनार्दन शर्मा । राप्ती नगरपालिका –५, भण्डारा अस्पतालको मतदान केन्द्रबाट मतदान गर्दै नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डे । काठमाडौं महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंह काठमाडौं महानगरपालिका–१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ महानगरपालिका–१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापाको गृहनगर मेचीनगर नगरपालिकास्थित कविशिरोमणि मावि मतदान केन्द्रमा मतदान गर्दै। महाकाली नगरपालिका –५ को अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयको मतदान केन्द्रमा मतदान गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू । स्थानीय तह निर्वाचनका लागि शुक्रबार तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । नेकपा एमालेका उपाध्यक्ष बिष्णुप्रसाद पौडेल स्थानीय तहको निर्वाचन २०७९ का लागि शुक्रबार बुटवल उपमहानगरपालिका वार्ड नं ८ स्थित मतदान केन्द्रमा मतदान पश्चात मतपेटिकामा मतपत्र खसाल्दै । एमालेबाट काठमाडौंको मेयरमा उम्मेदार बनेका केशव स्थापित काठमाडौंको पद्मकन्या क्याम्पसमा मतदान गर्दै । ललितपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जन ललितपुर महानगरपालिका–३ स्थित मोडल आइडल विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै ।
निर्वाचनको कारण सुनसान काठमाडौं (फोटो फिचर)
काठमाडौं । शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनका कारण धेरैले काठमाडौं उपत्यका छोड्नु र यहाँ रहेकाहरूले पनि पसल नखोल्दा काठमाडौंका मुख्य बजार र मेन रोड सुनसान छन् । आफ्नो मताधिकारका लागि लाखौंले काठमाडौं छाड्दा यहाँका मतदाताहरू पनि आफ्नो मतदान केन्द्रमा केन्द्रित हुन थालेका छन् । त्यसैले व्यावसायिक रुपमा चल्ने अधिकांश पसल होटल तथा शोरुमहरू बन्द छन् भने खुलेका पसलमा पनि ग्राहक न्यून छन् । आइतबार ५६ हजार ८७२ जना, सोमबार ५५ हजार ७४६ र मंगलबार ५९ हजार ८१ जना नागरिकहरू काठमाडौंबाट बाहिरिए । बुधबारमात्रै ८३ हजार नागरिकले काठमाडौंबाट उपत्यका छाडिसकेका प्रहरीले जनाएको छ । यही २१ देखि २८ गतेसम्म ५ लाख ५० हजार बढी यात्रुले उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बालनरसिंह रानाले जानकारी दिए । आज राति १२ बजदेखि सवारीसाधन सञ्चालन गर्न नपाउने भएकाले पनि यसअघि जान नपाएका मतदाता आज साँझसम्म फर्किने तरखरमा रहेका छन् । यसपालि निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएका छन् । मुलुकका ७५३ स्थानीय तहको निर्वाचनमा कूल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको छ । सरकारले दुई हजार ९४६ अतिसंवेदनशील, चार हजार ४२३ संवेदनशील र तीन हजार ३८७ मतदानस्थल कम संवेदनशील भनेर वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाएको छ । मङ्गलबार राति १२ बजेदेखि लागू हुनेगरी मौन अवधि सुरु भइसकेको छ भने अन्तर्राष्ट्रिय सीमा नाकासमेत बन्द गरिएको छ । मुलुकभर प्रचारप्रसारसहित मतदाता प्रभावित पार्ने गतिविधिमा रोक लगाइएको छ । उपत्यका भित्रिने सवारी प्राय छैन भने बाहिरिने सवारी साधनको चाप अझै देखिएको छ । मतदाताहरु काठमाडौंको कलङ्की, बालाजु, कोटेश्वर, बल्खु, गौशालालगायत विभिन्न नाकाबाट गाउँ फर्किने क्रम जारी रहेको छ । आज मात्रै सवारी चल्ने भएकाले पनि यसअघि जान नपाएका यात्रु आज राति अबेरसम्म भए पनि गाउँ फर्किने तयारीमा छन् । उपत्यकाभित्र पनि न्यून मात्रामा सवारीसाधन सञ्चालन छ । अघिपछि जाम हुने थापाथली, सिंहदरबार, त्रिपुरेश्वर, माइतीघर, कोटेश्वर, गौशाला, कलङ्कीलगायतका चोक प्रायः खुलाजस्तै छ । यातायातका साधन कुनै पनि चोकको जाममा पर्नुपर्ने अवस्था नरहेको सवारी चालकहरुले बताएका छन् । सडकमा ट्राफिक प्रहरी न्यून मात्रामा परिचालन भएका छन् । विभिन्न क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाईसमेत निर्वाचनमा परिचालन गरिएकाले सडकमा सुरक्षाकर्मीको उपस्थिति कम छ । थप तस्बिरहरू हेर्नुस् :- तस्बिर :विवश कुलुङ